कैलालीमा बस दुर्घटना, २ जनाको मृत्यु

कैलालीको लम्कीचुहा नगरपालिका–१, बल्चौरमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार से १ ख ११८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका–१, बस्ने १२ वर्षीय कृष्ण वादी र धनगढी उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय परचुङ तामाङ्गको मृत्यु भएको हो ।

मृतकलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ भने घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा ज्ञानु जोशी, विक्रम बोहरा, अमन तामाङ्ग, किरण बोहरा, शिव खड्का र रामबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए ।

Related posts

Leave a Comment