मजदुरहरुका लागि ज्योति विकास बैंकले ल्यायो “ज्योति श्रमजिवी बचत खाता”

    वार्षीक ८ प्रतिशत ब्याजदर र निशुल्क बिमाको ब्यवस्था

ज्योति विकास बैङ्क लिमिटेडले कर्मचारी तथा श्रमिकहरूको श्रमको उचित कदर गर्दै उच्च प्रतिफल, थप अत्याधुनिक बैङ्किङ सुविधा सहित नयाँ बचत खाता ज्योति श्रमजीवी बचत खाता सञ्चालनमा ल्याएको छ । वार्षिक ८५ ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको व्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विशेष छुट, भिसा डेविट कार्ड, स्मार्ट मोबाइल बैंकिंङ, एबिबिएस, सी -आस्वा, तक बुकका साथै इन्टरनेट बैङ्किङ जस्ता सेवाहरू निःशुल्क गरेको बैङ्क द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।भने लकर सुविधामा र गुड फर पेइमेन्ट चेक जारी गर्दा पनि विशेष छुट दिइएको छ । साथै स्थायी कर्मचारीहरूका लागि ज्योति प्रोफेसस्नल लोनको पनि व्यवस्था गरेको जनाएको छ ।

हाल बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवाउपलव्ध गराउँदै आएको छ । निकट भविष्यमानै बैंकको केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने लक्ष्य लिएकोे छ । हालसम्म बैंकले करिब २ लाख बढी खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ ।

Related posts

Leave a Comment