५ जना जुवाडे पक्राउ

दाङको तुलसीपुरबाट प्रहरीले ५ जना जुवाडेलाई पक्राउ गरेको छ। ४३ हजार नगदसहित पाँच जुवाडेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निबासी ३३ वर्षीय तारा केसी, तुलसीपुर ८ निबासी ३१ वर्षीय सुरेन्द्र सिंह राठौर, तुलसीपुर २ का २७ वर्षीय शोभाराम वली, सल्यान थारमारे ५ का ३६ बर्षीय दिल बहादुर सुनार, सोही ठाउँका ४१ वर्षीय तेज बहादुर खड्का रहेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अस्वारा स्थित बालकृष्ण डाँगीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।

उनीहरुले जुवा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई रंगेहात पक्राउ गरिएको उनले बताए। उनीहरुलाई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related posts

Leave a Comment