झाको हत्या आफ्नै भान्साको चक्कु प्रयोगबाट, भूमिगत गिरोहको संलग्नताबारे पनि अनुसन्धान सुरु

प्रहरीले पूर्वराजदूत केशव झाको हत्यामा संलग्नभएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको घरमा सुरक्षा गार्ड तथा भान्सेको काम गर्ने सेतु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो । मालीहरुको नाम खुलाइएको छैन ।नियन्त्रणमा लिइएका तीन जनासँग दिनभरि सोधपुछ गर्दा पनि परिणाम ननिस्केपछि तराईमा क्रियाशिल भूमिगत गिरोहको संलग्नताबारे पनि अनुसन्धान सुरु भएको स्रोतले जनाएको छ ।स्रोतका अनुसार, तर अनुसन्धानको केन्द्रमा भने नियन्त्रणमा रहेकै व्यक्ति छन् ।महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहले भने, शंका धेरैतिरबाट भए पनि थ्रेटको जानकारी परिवारका सदस्यलाई समेत नभएकाले अनुसन्धान चिरपरिचित व्यक्तिमै केन्द्रित छ ।

Related posts

Leave a Comment