पूर्व राजदूत झाको हत्या आरोपमा पक्राउ तीन जनाको पोलीग्राफ गरिने

फ्रान्सका लागि पूर्व राजदूत केशव झाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनाको पोलीग्राफ गरिने भएको छ । मृत्यु शंकास्पद रहेको भन्दै तीनै जनाविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद समेत लिइएको प्रहरीले जनाएको छ। सोमबार विहान आफ्नै निवासमा मृत भेटिएको झाको हत्या नै भएको प्रहरीको अनुमान छ।

अपराध महाशाखाको टोलीले त्यही घरमा काम गर्ने माली, भान्से र गार्डलाई सोमबार नै पक्राउ गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका तीन जनलाई पोलिग्राफ टेष्ट गर्ने तयारी समेत भइरहेको छ। फ्रान्सका लागि पूर्व राजदूत रहेका झाको टाउको र निधारमा चोट लागेको प्रहरीले जनाएको छ।

Related posts

Leave a Comment