नेवार समुदायको इन्द्रजात्रा (भिडियोसहित )

विमल खड्का

विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यो पर्वमा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ ।

रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तित्वहरु उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा छ ।

यस अवसरमा लाखे नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ । यसपछि सर्वसाधारणको दर्शनका लागि विभिन्न टोलमा रथ घुमाउने प्रचलन छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखामा पनि मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङगो ठड्याएपछि इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।

इन्द्र जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाख्य का अनुसार स्वर्गको राजा इन्द्र महाराजा र कुमारी पृथ्वीमा सँगै जात्रा देखाईएकाले अहिले सम्म यसको महत्व रहिआएको बताएका छन् ।

लिक्षीब काल र मल्लराजको पाला देखिनै यो जात्रा मनाउदै आएकाले यसको महत्व अझै पनि उस्तै रहेको छ । यसअघि, तान्त्रिक विधिद्वारा पूजा गरी जङगलबाट लिंगो काटेर ल्याउने गरिन्छ । लिच्छवी कालदेखि यो पर्व मनाउन थालिएको हो । यो पर्व असोज १२ गते लिंगो ढलाएर विधिवत रुपमा समापन गर्ने प्रचलन छ ।

Related posts

Leave a Comment