आइएमई लाइफ र ग्लोबल आइएमई बीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैङ्क लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैङ्क का तर्फबाट कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरेको बैक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता पश्चात् सर्वसाधारण तथा बैङ्कका ग्राहकहरूले ग्लोबल आइएमई बैङ्कको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवन बिमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरू बजारमा ल्याएको छ ।

Related posts

Leave a Comment