एउटा बिद्यालय, सयौं बिद्यार्थी एचआईभी संक्रमित (भिडियोसहित)

 टिभी अन्नपूर्ण,काठमाण्डौं ।

जटिल तथा निको नहुने रोगमध्ये एक एचआइभी एड्स पनि हो । अहिले सम्म पनि यसको निराकरणका उपायहरु पत्ता लागेका छैनन् तर कतिपय अवस्थामा नियमित औषधि सेवनले मान्छेको आयु भने बढाएको हुन्छ ।

विश्वमा दैनिक हजारौँ नयाँ एचआइभी संक्रमितहरुको जन्म भइरहेको हुन्छ । नेपालमा पनि एचआइभीबाट संक्रमितको धेरै नै छ । तर उनीहरु समाजमा खुलेर हिड्न सकिरहेका हुँदैनन् । किनकी हाम्रो समाजमा एच आइ भी पीडितलाई राम्रो नजरले हेरिंदैन ।

यदि यो रोगबाट संक्रमितहरुलाई आशा, उत्साह र नयाँ सोच विकास गराउने तर्फ ध्यान जाने हो भने उसले पनि आफ्नो बाँच्न पाउने अधिकार उपभोग गर्न पाउँछ । अर्कोतिर समाजमा जनचेतना फैलाएर यसलाई न्युनिकरण गर्न सकिन्छ ।

एचआइभी एक यौन रोग हो । असुरक्षित यौनसम्पर्क एक अर्कोमा सर्ने यो रोग निकै खतरनाक मानिन्छ । त्यस्तै एआइभी संक्रमित व्यक्तिहरुले प्रयोग गरेको सुइ, रगत, र्याल र शरीरका अंगहरू प्रत्यारोपन गर्दा पनि यो रोग सर्ने गर्दछ । संक्रमित आमाले गर्भधारण गर्दा उक्त गर्भमा रहेको बच्चालाई समेत सजिलै एच आइ भी सर्न सक्दछ ।

एच आई भी.एड्स मानिसको रगत, वीर्य र योनी रसमा मात्र पाइने हुनाले कुनैपनि कीरा फट्याङ्ग्राहरुको टोकाईबाट एच आई भी सर्दैन । गाँउ घरतिर एच आईभी एड्सको गाँईगुई सुनेकाहरुले लामखुट्टे उपियाँ उडुस र जुम्राको टोकाईबाट एच.आई.भी.सर्छ भन्ने ठान्छन् ।

जुन पूर्णतः अज्ञानताको उपज हो । रोग लागेर उपचार गराउनु भन्दा कुनै पनि रोग लाग्न नदिनु अति उत्तम हो । एच आई भी एड्सको प्रभाव शारीरिक मानसिक आर्थिक तथा सामाजिक क्षेत्रमा रहेको हुनाले यसको चौतर्फी नियन्त्रणका लागि बौद्धिक समाजका राजनीतिक व्यक्तिहरुको प्रतिवद्धता एवं अन्तराष्ट्र्रिय ऐक्यवद्धताको पनि आवश्यकता पर्दछ । जसले पीडितलाई सकारात्मक उर्जा प्रदान गर्छ ।

कीर्तिपुरको भत्केपाटी अवस्थित सफलता एचआइभी शिक्षा सदनमा २३ जना एच आइ भी संक्रमण बालबालिका अध्यनरत छन् । यस सस्थाले त्यहाँ अध्ययनरत सम्पूर्ण बालबालिकाको लागि पठन पाठन र खान बस्ने सुविधासमेत प्रदान गर्दै आइरहेको छ । यस विद्यालयमा अध्ययनरत अधिकांस बालबालिकाले आमाबुवा गुमाइसकेका छन् ।

केही आमाबुबा भएका बालबालिकाको पनि आर्थिक अवस्था नाजुक छ । तर विद्यार्थीको हेरचारमा खटिएका विद्यालय संचालक तथा शिक्षक शिक्षिकाले भने उनीहरुलाई परिवारको कमी हुन दिएका छैनन् । त्यहाँ अध्यनरत सबै बालबालिकाले आफ्नो लक्ष्यलाई आत्मसात गरेर अगाडी बढिरहेका छन् ।

कोही बालबालिकाले आफ ूभाबिष्यमा गएर इञ्जिनियर बन्ने सपना देखेका छन् । कोही गायन, मोडिलिंग क्षेत्रमा लाग्ने बताउँछन् । जो कोही त्यो विद्यालयमा प्रवेश गर्छ त्यहाँका विद्यार्थीमा भएको अनुशासनबारे प्रशंसा गरेरै निस्कन्छन् ।
केही बर्षदेखि यसै विद्यालयमा अध्ययनगर्दै आइरहेकी १० वर्षिया आरती थापा (नाम परिवर्तन) कक्षा ५ मा आध्ययनरत छिन् । उनी गीतको पारखी मात्रै होइन आफैं गाउँछिन् । उनको गीत सुन्यो भने जो कोही लठ्ठ हुन्छ ।

भाविष्यमा गएर गायिका बन्ने सपना देखेकी आरती पढाइमा पनि निकै अब्बल छिन् । यस्तै कक्षा १० मा अध्ययनरत राम पन्त आफू भविष्यमा गएर मेकानिकल इन्जिनियर बन्ने सुनाउँछन् । उनी कक्षामा प्रथम स्थानमा आउछन् । पढ्न बाहेक उनको रुची फुटबल र क्रिकेट खेल्ने छ । कक्षा ८ मा अध्ययनरत गर्दै रहेकी गीता पराजुलीले भबिष्यमा गएर मोड्लिँग गर्ने सपना साचेकी छिन् । उनी निक्कै राम्रो कविता समेत रचना गर्छिन् ।

यस एचआइभी सदनमा रहेका सबै बालबालिका निर्दोष छन् । आफ्ना बुवाआमाले गरेको गल्तीको सजाय आज यिनीहरुले पाइरहेका छन् । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा एड्सबारे जनचेतना फैलाउन अझै समस्या परेको सफलता एचआइभी शिक्षा सदनका शिक्षक र इन्चार्च रुपमा रहेका दतुराम राई बताउछन् । उनका अनुसार सरकारी निकायले बेला बेला अनुगमन गरेता पनि आर्थिक सहयोग भने प्राप्त भएको छैन । हालसम्म विदेशबाट आएको आर्थिक सहयोगले विद्यालय संचालन भइरहेको राई बताउँछन् । एच आइ भी भाइरस संक्रमण भएका बालबालिकाको स्वाथ्य उपचारमा डाक्टरहरु समेत हिच्किचाउने र बिरामीको बेवास्ता गर्ने गरेको अनुभव कयौँ पटक भोग्न बाध्य भएको उनी बताउँछन् ।

अज्ञानता निरक्षरता गरिबी बेरोजगारी, चेलीबेटी बेचबिखन देहव्यापारको ब्यवसाय खुल्ला सिमाना लगायतका कारणले गर्दा यस्ता रोगीहरु नेपालमा बढेका हुन् । चेतनाको अभाव गरिबीका कारण कैयौं नेपाली चेली मुम्बइका कोठी पुग्छन् । र अन्त्यमा एड्सको सिकार भई स्वदेश फर्कने गर्दछन् । यसरी गरिबी निवारण नै एड्स नियन्त्रणको पहिलो कडी हुनेछ । साथै कामको सिलसिलामा भारतीय सहरमा जाने पुरुषहरुले पनि असुरक्षित यौन सम्पर्कको माध्यमबाट यो संक्रमण ल्याउँछन् । यसरी आएका उनीहरबाट जन्मेका बालबालिका समेत संक्रमित हुन्छन् । जुन उनीहरुले नखाएको विष लागेको जस्तो हो । सकेसम्म एच आइभी संक्रमण हुनै नदिन शिक्षा, चेतना र रोगगारको आवश्यका पर्छ । साथै, संक्रमित भइसकेकालाई पनि जीवनप्रति आशा, विश्वास र भरोसा उत्पन्न गराउँने गरी उनीहरुलाई सकारात्मक व्यवहारको जरुरत पर्छ ।

 

Related posts

Leave a Comment