हास्दै स्वदेश फर्किएका राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना

राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर फर्किएको भोलिपल्ट घिमिरे अस्पताल भर्ना भएका हुन् । राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत गएका थिए । मेदान्त अस्पतालमा उपचार गरेर राष्ट्रकवि घिमिरे शनिबार दिउँसो स्वदेश फर्किएका थिए ।

Related posts

Leave a Comment