गुठी संस्थानका कर्मचारी घुससहित पक्राउ

गुठी संस्थान शाखा कार्यालय जलेश्वर महोत्तरीका एक कर्मचारीलाई ३५ हजार घुस लिदैं गर्दा पक्राउपरेका छन् । गुठी संस्थान कार्यालय जलेश्वरका असुली फाँटका ४५ वर्षीय सहायक कर्मचारी जयकुमार शर्मालाई सेवाग्राहीसँग घुस लिदै गरेको अवस्थामा अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनलाई जलेश्वर नगरपालिका–१ स्थित कार्यालयबाटै पक्राउ गरिएको हो ।पीडितले घुस मागेको उजुरी बर्दिवासस्थित अख्यिारको कार्यालयमा गरेका थिए । अख्तियारको टोलीले घुस लिदैं गर्दा कर्मचारी शर्मालाई कार्यालय बाटै पक्राउ गरिएको थियो ।पक्राउ परेका शर्मालाई बर्दिवास ल्याएर अनुसन्धान थालिएको छ ।

Related posts

Leave a Comment