संसदमा गृहमन्त्रीको जवाफः राममनोहर सीके राउतका कार्यकर्ता र कानुनअनुसार नै पत्रकार बस्नेतको गिरफ्तारी

गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राममनोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका छन् । यादवको हत्या भएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको जानकारी दिए ।

यादवको मृत्यु प्रहरी यातनाका कारण नभई रोगका कारण भएको पाइएको उनले बताए । गृहमन्त्री बादलले कानुनअनुसार नै पत्रकार राजु बस्नेत पक्राउ परेका बताएका छन् । यसले प्रेस स्वतन्त्रता हनन नभएको बताए ।

राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उजुरी परेपछि बस्नेतलाई पक्राउ गरिएको बताए । उनले भने, ‘सम्बन्धित निकायले कानुन बमोजिम नै कदम चालेको छ । यसले प्रेस स्वतन्त्रता हनन भयो भन्ने लाग्दैन ।’ पत्रकार बस्नेतलाई नेकपा नेताहरुबारे लेखिएको समाचारलाई लिएर पक्राउ गरिएको हो ।

Related posts

Leave a Comment