क्यालिफोर्नियाको एक बारमा बन्दूकधारी आक्रमण, १३ जनाको मृत्यु

क्यालिफोर्नियाको हाउजेन्ड ओक्स सहरस्थित एउटा रेष्टुराँमा भएको आक्रमणमा बन्दूकधारीसहित १३ जनाको मृत्यु भएको छ।

बोर्डरलाइन बार एन्ड ग्रिल नामक सो रेष्टुराँमा कलेज विद्यार्थीले पार्टी आयोजना गरिरहँदा घटना भएको हो। सुरक्षा अधिकारीका अनुसार आक्रमणकारी रेष्टुराँभित्रै मृत भेटिएका छन्। रात्री पार्टीमा सहभागी ११ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ। घटनामा बन्दुगधारीको पनि मृत्यु भएको छ ।
मध्य रातमा पार्टी चलिरहँदा बन्दूकधारीले फायरिङ खोलेको थियो। क्यालिफोर्नियाको हाउजेन्ड ओक्स सहरको बारमा घटना भएको हो। यो लस एन्जलसबाट ६५ किमी दूरीमा छ।

सुरुवाती जाँचमा प्रहरीले मृतकको संख्या बढ्न सक्ने बताएको छ। घटना हुँदा रेष्टुराँमा करिब २ सय जना मान्छे थिए।

केही रिपोर्टअनुसार हमला अगाडि स्मोक ग्रिनेडको प्रयोग भएको थियो पछि अन्धाधुन्द गोली वर्षाइयो।

Related posts

Leave a Comment