श्रीमतीको घाटी थिचेर हत्या, ४ दिनपछि भेटियो शव

बाकेमा श्रीमानबाट हत्या गरिएकी एक महिलाको शव भेटिएको छ । जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा की साकरुन बेहनाको शव भेटिएको हो । नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनकै बयानका आधारमा शव भेटिएको हो ।

भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनको दुई छोरा छन् । शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल–भारत सीमा स्थित भारतीय जङ्गल नजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

डेढ महिनाअघि विदेशबाट आएका ३० वर्षीय शेषले श्रीमतीको आचरणमाथि शङ्का लागेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । गत मङ्गलवार नै हत्या गरी शेष प्रहरी कार्यालयमा हाजिर भई आत्मसमर्पण गरेका छन् ।

Related posts

Leave a Comment