एमाले पार्टीका प्रमुख सचेतक तामाङ सडक दुर्घटनामा घाइते

नेकपा एमाले प्रदेश नम्बर ७ का सांसद तथा पार्टीको प्रमुख सचेतक तारालामा तामाङ सडक दुर्घटनामा घाइते भएका छन् । उनलाई थप उपचारका लागि जहाजबाट काठमाडौं ल्याइएको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित नयाँबजारको बेल्सक्याफे नजिक रिक्सा चढ्ने क्रममा से ५ प ५०९१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङ घाइते भएका हुन्। मोटरसाइकलको ठक्करबाट उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको कैलालीका प्रमुख प्रहरी एसपी विनोद घिमिरेले बताए। उनका अनुसार घटनालगत्तै प्रहरीले मोटरसाइकल चालक २५ वर्षीय शैलेन्द्र कुँवरलाई नियन्त्रणमा लिएको छ।
उनी नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष समेत हुन् ।

Related posts

Leave a Comment