लाखौँ खर्चेर बनाएको चार्जिङ स्टेसन एक वर्षमा पनि सञ्चालनमा आएन (भिडियो सहित )

विमल खड्का टिभी अन्नपुर्ण काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरण वितरण शाखा रत्नपार्कमा जडान गरिएको विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन अहिले सम्म सञ्चालनमा आउन सकेको छैन । चाइनिज कम्पनी बिवाईडीले एक वर्ष अघि नै चार्जीङ स्टेसन राखेको भए पनि हाल सम्म पनि सञ्चालनमा आएको छैन । लाखौँ खर्चेर स्थापना गरिएको ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन सञ्चालन सम्बन्धी नेपाल विद्धुत प्राधिकरणसँग सम्झौता हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो ।
नेपाल विद्युत् प्राधिकरण विरतण शाखा रत्नपार्कका प्रमुख थिर कुमार खत्रीका अनुसार चाइनिज कम्पनी बिवाईडीकै व्यवास्ताका कारण सञ्चालनमा आएको छैन । उनले भने, प्राधिकरणको पनि प्रचार हुने र कम्पनीका लागि पनि प्रोत्साहन हुने भएकाले स्टेसन स्थापना गर्न दिएका हौँ । तर कम्पनीले नै काममा ढिलाइ गर्‍यो अहिलेसम्म पनि सञ्चालनमा आएन सकेन । उनले प्राधिकरणले नै आफ्नो जग्गामा उक्त चार्जीङ स्टेसन बनाउन दिएको बताए ।
पछिल्लो समय सरकारले पनि विद्धुतिय सवारी साधनलाई प्रोत्साहन गरेकोले यसको आवश्यकता रहेको उनले बताए । स्टेसन स्थापनाको करिब १ वर्ष पुग्नै लाग्दा पनि एक पटक परीक्षण बाहेक सञ्चालनमा नआएको खत्रीले बताए ।
चार्ज स्टेसन सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नभएकाले प्रयोगमा आउन नसकेको हो । कम्पनीका कर्मचारी असारमा मात्रै आएको र प्रक्रिया सुरु गरेकोले प्राधिकरणले उक्त सम्झौता स्वीकृत गरे पछि मात्रै सञ्चालनमा आउने शाखा प्रमुख खत्रीले बताए ।
काठमाडौँमा मात्र नभई देशका अन्य मुख्य सहरमा पनि चार्जीङ स्टेसन राख्ने बारे छलफल र सर्वे भइरहेको छ । वातारणमैत्री र नविकरणीय ऊर्जाको स्रोतबाट सञ्चालन गर्न सकिने चार्जीङ स्टेसनको महत्त्व पछिल्लो समय धेरै देशहरूले प्रयोग गर्दै आएका छन् । नेपाल सरकारले पनि विद्धुतिय सवारी साधन सञ्चालनमा जोड दिएको छ । सरकारी नीति अनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विस्थापित गर्दै विद्धुतिय सवारी साधन सञ्चालनमा जोड दिएको छ ।

Related posts

Leave a Comment