दुर्घटना बढेपछि स्थानीयले अवरुद्ध गरे बनेपा–पनौती सडक

चालकले लापरबाहिले गाडि चलाउदा दुर्घटना बढेको भन्दै स्थानीयले काभ्रेको बनेपा–पनौती सडकमा गाडी चल्न नदिँदा समस्या भएको छ । जसको कारण यात्रुलाई आवत जावत गर्न समेत समस्या भएको हो । पनौती सड्क खण्डको खर्पु चोक र आईटी पार्क अगाडि स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।
शनिबार बेलुकी पनौती ५ नैकिन्टारका ३५ बर्षका बालकृष्ण श्रेष्ठको ज्यान गएको थियो । घटनाको विरोध तथा दुर्घटना रोक्न माग गर्दै स्थानीयवासीले सडक अवरुद्ध गरेका हुन् ।

Related posts

Leave a Comment