धार्मिक एवं सांस्कृतिक विरासत बोकेको दसैँ पर्व

-विजय ज्ञवाली

दसैँ हाम्रो धार्मिक एवं सांस्कृतिक विरासत बोकेको पर्व मात्र नभएर एउटा राष्ट्रिय पर्व पनि हो। दसैँ अर्थात् विजया दशमी जसलाई आयुध पूजा पनि भन्ने प्रचलन छ। नेपालका अलावा भारत लगायत विश्वका हिन्दु समुदायहरूले विशेष महत्त्वका साथ मनाउने यस पर्वको धार्मिक एवं सांस्कृतिक महत्त्वको बारेमा बुझ्नु अघि यसको संछिप्त परिचयको बारेमा पनि बुझ्नु आवश्यक छ।

पौराणिक मान्यताअनुसार महिषासुर भन्ने राक्षसको वध गरी श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड९मुण्ड तथा शम्भु९निशुम्भलाई वध गरेको खुसीयालीमा यस पर्वलाई मनाउने गरिन्छ। दुर्गा पूजाको अन्तिम दिनको रूपमा विजयादशमीलाई मनाउने गरिन्छ। घटस्थापनाको दिनदेखि सुरु हुने नवरात्र घटस्थापनाको अन्तिम दिन अर्थात् विजयादशमीमा विधिसम्मत तरिकाबाट उल्लासपूर्ण रूपमा मनाउने गरिन्छ। नेपालमा राष्ट्रिय चाड को रूपमा समेत मानिँदै आएको दसैँ हिन्दु धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि नवमी (नवरात्रभर) विभिन्न शक्तिपिठहरुको को आराधना गरी दसौँ दिन विजयादशमीका दिन आफ्ना मान्यजनहरूबाट टीका९प्रसाद र आशीर्वाद ग्रहण गर्दै पूर्णिमा सम्म मनाउने प्रचलन रहिआएको छ। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिअनुसार प्रत्येक दिन फरक-फरक देवी तथा शक्तिहरूको पूजा अर्चना हुन्छ ।

नवरात्रभर कुन कुन शक्तिको पूजा अर्चना गर्ने त?

प्रतिपदादेखि सुरु हुने नवरात्रको प्रथम दिन शैलापुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्र घण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौ दिन कात्सायानी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, नवौँ दिन सिद्धिदात्री को पूजा अर्चना गर्दै सप्तशती९चण्डी० पाठ गरी नव दुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधाना गर्ने गरिन्छ । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो ।धार्मिक वर्णनअनुसार भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिइन्छ । यस कारण, यस दशमीलाई विजया दशमी भनिएको हो। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने तथा खुवाउने, घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफासुघ्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

धार्मिक एवं पौराणिक मान्यता

देवी भागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावणमाथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ। यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी-देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन नमिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि नव रात्रि आरम्भ हुन्छ। क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ ।यस दिन घट अर्थात् कलशको स्थापना गरी देवी९देवतालाई आव्हान गरिन्छ। यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्च माटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँघरमा चलिआएको अन्न छरिन्छ। जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौ वटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ। अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा)र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आज गरिन्छ। ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् स् प्रकृति९पूर्व, चण्डीका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिव प्रिया-ईशान, जगदम्बाका- जल, थल र आकाश। पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसै गरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, काल रात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । षष्ठी तिथिमा विशेष कार्य९स् बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन विशेष कार्य दसैँ घरमा नव पत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा विशेष कार्य-स्कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र (हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा विशेष कार्य-स्नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन बिहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी९देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घट कलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावन तम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर दसौँ दिन बिहान टीका९प्रसाद ग्रहण गरे पछि बचेका अङ्कुरित जमराको रस बनाएर खानाले असाध्यै रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ्र जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसाद स्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अङ्कुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र सङ्ख, डमरु, घण्टी आदि बजाइ दुर्गासप्तशती ९चण्डी०, स्त्रोत्र रत्नवाली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार बलि दुई प्रकारको हुन्छ श्रौतयज्ञानुसारको पशु बलि र शाकाहारीहरूले प्रदान गर्ने नरिवल उखु कुभिन्डो आदि स्मार्तवलि बलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

नवरात्रमा मुख्य गरेर यी दिनलाई विशेष रूपमा हेर्ने गरिन्छ:

सप्तमी

नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चा, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ। वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा विभिन्न रोगहरूबाट मुक्ति मिल्ने विश्वास रहिआएको पनि छ, यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पुजी प्रत्येकको नौका दरले दुर्गा पूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माण्ड, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, सिवा, शोकहारिणी र कार्तिक देवीलाई एक एक गरी आ वाहन गरेर सोह्र सामग्रीले पुजिन्छ ।यसै गरी यस दिनमा इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरा सुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए भन्ने धार्मिक मान्यता रहँदै आएको छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसी दानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फुलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँ साथ हनुमान ढोका दरबारमा भित्र्याइन्छ ।

अष्टमी

नवरात्रिको आठौँ दिनमा महाकाली -भद्रकाली को विशेष पूजा-आज गरिन्छ। यस दिनमा भद्रकाली करोडौं योनि(शक्ति भएकी) देवीको पनि पूजा गर्ने चलन छ। देवीभागवतअनुसार यी भद्रकालीले दक्षप्रजापतिको यज्ञ नाश गर्न यसै दिन उत्पत्ति भएकी भनेर वर्णन पनि गरिन्छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पुजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिन्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ।देवी देवताहरूलाई अर्पण गरेको मांसभक्षण गर्नुलाई दोषी मानिन्न्रअभ्यर्च्य पितृदेवानां खादन्मांसं न दोषभाक् (मनुस्मृति) महाअष्टमी र महानवमी बिचको रातलाई काल रात्रि मानेर रातभरि गुप्त पूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।वैदिककाल साधना, सिद्धि, सामर्थ्य, शक्ति र सौर्य ताको सङ्गम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुली, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध (हतियार) हरू छन् । भगवतीको सम्मान स्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजा मात्र नभएर उठाउन पनि तयार छन् । त्यस्तै देशका विभिन्न दुर्गा मन्दिरहरूमा धूमधाम पुजाआजाका साथै राङ्गा,बोकाको बलि पनि चढाइन्छ । सुदूर-पश्चिमको प्रमुख शक्तिपिठ निङ्गलाशैनी मन्दिरमा लगभग १३०० राँगा र ४०० बोकाको बलि चढाइन्छ ।

नवमी

नवरात्रिको नवौँ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा९आज गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मदन, मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मदन र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटुन्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मदन, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्ति स्वरूप मानवमा कामु कता, क्रोधीपन, लोभी पन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाऊँ अर्थात् त्यागौँ भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा राँगा बलि चढाउने प्रचलन रहेको छ । सुदूर९पश्चिमको प्रमुख शक्तिपिठ मध्ये एक उदयदेव मन्दिरमा पनि लगभग १०० राँगा र ५० बोकाको बलि चढाउँदै आइरहेको छ ।

यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसहितमा भगवान् रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ र वैदिक ज्योतिष अनुसार चान्द्रवर्षमा ३५४दिन हुने कुरा बताइएको छ ्रचान्द्रकलाविज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकी वर्ष भरी कुनै पनि तिथि घट्९बढ् नहुने चन्द्रकला क्षय भयो भने मात्र सो महिनामा चतुर्दशी मात्र टुटी सोही १४औं दिनलाई औंसी मान्ने सिद्धान्त वेदका ज्योतिषको रहेकाले पुराणहरूमा पनि नवरात्रलाई कहीँ पनि तिथि घट्यो भनेर अष्टरात्र र कहीँ पनि तिथि बढ्यो भनेर दशरात्र हुने कुरा मिल्दैन र आजभोलि निरयण अर्वाचीन ज्योतिषका आधारमा गणित गरी वेद९पुराणहरूका सिद्धान्त विपरीत खण्ड तिथि मान्ने सिद्धान्त गणित अघि सारी कहिले आठै दिनमा र कहिले दसौँ दिनको दसैँ पर्व लेख्ने गर्दछन् , तर पनि यदा कदा सामाजिक समस्या आईपर्दछजस्तै दोलखा भीमेश्वरमा बजार समितिले पञ्चांगको निर्णय विपरीत अष्टमी र नवमी एकैदिनमा परेको छ भन्दा हाम्रो संस्कृति अनुरूप दुई दिनको कार्य खप्ट्याउन मिल्दैन भनेर न मानेको कुरा सर्व विदितै छ र षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्ट दल लेखी त्यसका बिचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बिचमा अपराजिता देवी, दाहिनेतिर जय देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फुल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ आवाहनं नजानिमा नजानिमा विर्जसनम्। पूजा चैव नजानिमा क्षम्यतां परमेश्वरी। यसपछि देवीका मूर्तीहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अबिर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।
टीका लगाउँदा दिइने आशिष् यस प्रकार रहेको छस्

 

आयु द्रोण सुते श्री यो दशरथ शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

अर्थात् द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्री सम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवन सुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्य पुत्र कर्णको जस्तो दान वीरता, हल धर बलरामको जस्तो बल, कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । बजिठोको रातो रङमा गाईको दूधको दहीले रङ्गाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

बम्घा – ३ , गुल्मी ,

Related posts

Leave a Comment