देशभरको मौसमः कहाँ कस्तो ?

पछिल्लो समय देशभरको मौसममा निरन्तर परिवर्तन आइरहेको छ । मनसुन सक्रिय भएसँगै कहाँ कति बेला ठुलो वर्षा हुन्छ र बाढी आउँछ भन्ने पनि थाहा हुदैन ।
शुक्रबार देशको पश्चिम भाग, तराई र चुरे क्षेत्रमा पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावले यी क्षेत्रमा पानी पर्ने मौसम विद् सुवास रिमालले बताए। यी क्षेत्रमा वर्षाको लागि उपयुक्त वातावरण भएकोले साँझ पानी पर्ने संभावना छ। यस्तै पूर्वी पहाडका केही क्षेत्रमा बदली हुन सक्ने मौसम विद्ले अनुमान गरेका छन्।

काठमाडौँमा पनि मौसम बदली भएर साँझ र राती पानी पर्न सक्ने रिमालले बताए। काठमाडौँको न्यूनतम तापक्रम २१ दशमलव ५ डि सेल्सियस र उच्चतम तापक्रम ३२ दशमलव ५ डिग्री रहनेछ।

Related posts

Leave a Comment