दशैको टिकट बुकिङ अझै अन्यौल, महासंघले गर्यो यस्तो निर्णय

काटमाडौं । शुक्रवारबाट खुल्ने भनिएको दशैको अग्रिम टिकम बुकिङ नखुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने घोषणा गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको भन्दै महासंघले टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको बताइएको छ ।

यातायात व्यवसायीले मूल्यबृद्धि फिर्ता लिन सरकारलाई ४८ घन्टे अल्टिमेटम दिएको थियो ।
नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।

महासंघका महासचिव सरोज सिटौलाका अनुसार आफूहरुको माग सुनुवाई नगरेकोले भोलिदेखि गर्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय महासंघको बैठकले गरेको छ ।

Related posts

Leave a Comment