चीनमा टाइफुन आँधीका कारण जनजीवन प्रभावित

चीनको ग्वाङडन प्रान्तमा टाइफन नामको ठूलो आँधीले जनजीवन प्रभावित भएको छ ।स्थानीय समय अनुसार आइतबार साँझ ५ बजे ज्याङ्मेन सिटीमा आइपुगेको आँधीको गति १ सय ६२ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको चीनको प्रदेश मौसम विभागले जनाएको छ । आँधीका कारण हजारौं मानिसले ग्वाङगन प्रान्त छाडेका छन् । चिनियाँ अधिकारीहरुले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।हङकङका सरकारी अधिकारीहरुले पनि उच्च सतर्कता अपनाएका छन् । घरभित्रै बसिरहन र बाहिर ननिस्कन उनीहरुले सचेत गराएका छन् । हङकङमा १ सय १७ किलोमिटर प्रतिघण्टाको दरमा आँधी आएको छ ।हङकङका सरकारी अधिकारीहरुले घाइतेको संख्या १ सय ११ जना रहेको बताएका छन् । त्यहाँ पानीको सतह १२ फिटसम्म पुगेको छ । जिउँदो माछाहरु सडकमाथि पौडिरहेको देखिएको छ ।

Related posts

Leave a Comment