माइतीघर मण्डलाका विषयमा संसदमा चर्का चर्की

संसदमा माइतीघर मण्डलाको विषयमा चर्का चर्की भएको छ । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले माइतीघर मण्डलाका विषयमा बोली रहदा नेपाली प्रमुख विपक्षी दलकी सचेतक पुष्पा भुसालले नियम आपत्ति जनाउदै साउण्ड रेकर्ड काट्न माग गरेकी थिइन् । उनले गैरसंसदीय शब्द प्रयोग भएको भन्दै आपत्ति जनाइन् । संसदीय मर्यादा विपरित नाङ्गो शब्द प्रयोग भएको भन्दै उनले रेकर्डबाट हटाउन माग गरेकी छन् । साथै अधिकारीले महिला अस्मितामाथि नै प्रश्न उठाएको भन्दै विरोध गरिन् ।

सांसद अधिकारीले माइती घर मण्डलामा ‘नाङ्गो नाच प्रदर्शन’ भएको टिप्पणी गरेका थिए ।
,
मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले बलात्कारीलाई हैदसम्मको कारबाही गर्नुपर्ने बताए । उनले संविधानमा फाँसीको व्यवस्था गर्न तयार हुनुहुन्छ भनेर प्रमुख विपक्षीलाई प्रश्नसमेत गरेका छन् ।

अधिकारीले प्रश्न गरे, ‘मण्डला जस्तो पावन भूमिमा नाङ्गा प्रदर्शन गर्न हुन्छ कि हुँदैन ? मण्डला भनेको खुरुखुरु उफ्रने ठाउँ हो कि सम्मान गर्ने पावन भूमि हो ?’

 

Related posts

Leave a Comment