‘चार्जिङ स्टेसन’ खोल्ने तयारीमा सरकार, एक वर्ष अघि बनेको स्टेसन अलपत्र (भिडियोसहित)

विद्युतीय सवारी साधनको प्रयोग कही मात्रामा बढेपछि सरकारले आवश्यक चार्जिङ स्टेसन सञ्चालनका लागि नीतिगत व्यवस्था गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिलगायतका मन्त्रालय र विद्युत् प्राधिकरणबीच यो विषयमा छलफल भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सक्रियतापूर्वक यसबारे सम्बन्धित निकायसँग छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘यो नीति बनेर कार्यान्वयनमा आउन केही समय लाग्छ ।’

नेपाल विद्युत् प्राधिकरण वितरण शाखा रत्नपार्कमा जडान गरिएको विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन अहिले सम्म सञ्चालनमा आउन सकेको छैन । चाइनिज कम्पनी बिवाईडीले एक वर्ष अघि नै चार्जीङ स्टेसन राखेको भए पनि हाल सम्म पनि सञ्चालनमा आएको छैन । लाखौँ खर्चेर स्थापना गरिएको ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन सञ्चालन सम्बन्धी नेपाल विद्धुत प्राधिकरणसँग सम्झौता हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो ।

मन्त्रीले गाडी किने तर चलेन चार्जिङ स्टेशन (भिडियो सहित )

चार्जिङ स्टेशन अभावमा ईलेक्ट्रिक सवारी साधनको व्यापार बढेन

 

 

Related posts

Leave a Comment