च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलानको बराबरी

च्याम्पियन्स लिगमा बार्सिलोना इन्टर मिलानसँग एक एक गोलका बराबरीमा रोकियो ।इन्टरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एक गोलको अग्रता जोगाउन सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । करीव ८० हजार दर्शकमाझ भएको खेलको ८३ औं मिनेटमा माल्कोनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।उनले फिलिप कोउन्टिन्होको पासको सदुपयोग गरेका थिए । टिममा रहेपनि प्लेइङ सेटमा नपरेका मेसी विना मैदानमा उत्रिएको बार्सिलोनाले ८७ औं मिनेटमा गोल खान पुग्यो । अर्जेन्टिनी खेलाडी माउरो इमानुयल इकार्डीले इन्टर मिलानका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए । बराबरीपछि समुह बी मारहेको बार्सलोना १० अंकसहित पहिलो स्थानमा कायमै छ भने इन्टर मिलान दोस्रो स्थानमा छ ।यस्तै अर्को खेलमा टोटनह्यामले पिएसभीलाई दुई एकले हरायो । उसको जितमा दुबै गोल हेरी केनले गरे । उनले खेलको ७८ औं र ८९ औं मिनेटमा गोल गरेका थिए ।यता पेरीस सेन्ट जर्मेन भने नापोलीसँग एक एकको बराबरीमा रोकियो । बराबरीले नापोली समुह सी को शिर्ष स्थानमा पुग्दा पिएसजी तेसो स्थानमा कायमै छ ।

Related posts

Leave a Comment