कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु

दक्षिण कोरियामा आज एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा मृत्युभएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । कोरियाको स्ट्रबेरी फर्ममा काम गर्दै आएका उनी मङ्गलबार राति खाना खाएर सुतेका थिए । उनी पाँच महिनाअघि मात्र भाषा परीक्षा पास गरी कोरिया गएका थिए । मृतक कार्कीको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ । शव परीक्षण प्रतिवेदनपश्चात मात्र मृत्युको कारण खुल्ने काउन्सिलर बास्तोलाले जानकारी दिए । नेपाली युवाका लागि आकर्षक गन्तव्यका रुपमा रहेको दक्षिण कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या…

Read More

इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह, रूसद्वारा विरोध

इन्टरपोलको प्रमुखमा रूसी उम्मेदवारलाई नस्वीकार्न आलोचकको आग्रह, रूसद्वारा विरोध

रूस विरोधी केही आलोचकहरूले बुधबार हुन लागेको इन्टरपोल प्रमुखमा रूसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन् । प्रहरीको अन्तराष्ट्रिय सञ्जाल इन्टरपोलमा रूसी नेतृत्व आएमा मस्कोले राजनीतिक रूपमा आफ्ना प्रतिस्पर्धी मानिएका मुलुकविरुद्ध उक्त संगठनको प्रयोग हुनसक्ने भन्दै अमेरिका, अष्ट्रेलिया, यूरोपेली मुलुकहरू लगायतका कतिपय आलोचकले रूसी नेतृत्वलाई नस्वीकार्न अभियान चलाएको बताइएको छ ।  यता रूसले भने इन्टरपोलमा ‘हस्तक्षेप’ गर्ने हङ्गामा मच्चाएर बुधबार दुबई मा हुन लागेको मतदानलाई रूसी उम्मेदवारविरुद्ध प्रचार गरिएकोप्रति दुःख व्यक्त गरेको छ ।  क्रेमलिनको नजरमा दोषी ठहरिएका कतिपय व्यक्तिलाई इन्टरपोलमार्फत् ‘रेड नोटिस’ अथवा अन्तराष्ट्रिय पक्राउ आदेश जारी गरी संगठनको प्रतिष्ठाविपरित…

Read More

अमिताभ बच्चनले तिरिदिए १४ सय किसानको ऋण

अमिताभ बच्चनले तिरिदिए १४ सय किसानको ऋण

नेपालमा किसानहरुको ऋण चुक्ता गरिदिएका थिए भक्तपुरका शंखधर साख्वाले । उनैले नेपाल सम्वत् प्रचलनमा ल्याए, जसलाई नेपालको मौलिक सम्वत् मानिन्छ ।शंखधर साख्वाले जस्तै पुण्यको काम गरेका छन् बलिउड अभिनेता अमिताभ बच्चनले । उनले किसानहरुको चार करोड भन्दा बढी ऋण चुक्ता गरिदिएका छन् ।मंगलबार अमिताभले आफ्नो ब्लगमार्फत् यो जानकारी दिएका हुन् । ब्लगमा लेखिएअनुसार उनले उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानको ऋण तिरिदिएका छन् ।अमिताभले तिरिदिएको ऋण भारतको एक सरकारी बैंकको थियो । उनले ऋण रकम बैंक अफ इण्डियाबाट एकमुष्ट रुपमा तिरिदिएको ब्लगमा लेखिएको छ । बैंकले ऋण…

Read More

अफगानिस्तानमा धर्मगुरुहरुको भेलामा विस्फोट हुँदा ५० को ज्यान गयो

अफगानिस्तानमा धर्मगुरुहरुको भेलामा विस्फोट हुँदा ५० को ज्यान गयो

अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । विमानस्थल नजिकै रहेको उक्त हलमा विस्फोट भएका बेला कम्तिमा एक हजार मानिस रहेको बताइएको छ । विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको थियो । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । स्लामिक स्टेट र तालिवान लडाकूले यसअघि यस्तै किसिमको आक्रमण गर्दै आएका…

Read More

अमेरिकाको नाईटक्लबको शौचालयमा हिन्दु देवीदेवताको तस्विर

अमेरिकाको नाईटक्लबको शौचालयमा हिन्दु देवीदेवताको तस्विर

अमेरिकाको न्यूयोर्कस्थित हाउस अफ एसु नामक नाइटक्लबमा हिन्दू देवीदेवताका चित्रहरू राखिएको विषय सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ।ती चित्रप्रति अमेरिकाको ओहायो राज्यमा बस्ने भारतीय मूलकी एक अमेरिकी महिला अंकिता मिश्राले आपत्ति जनाएकी हुन्।मिश्राले आफ्नो इन्स्टाग्राम पोस्ट र ब्लगमा यस विषयमा लेखेकी छन्।उनले शौचालयको तस्बिर र भिडियो पनि प्रेषित गरेकी छन्।ती महिलाले ब्राउनगर्ल नामक एउटा साइटमा प्रकाशित ब्लगमा सो विषयबारे विस्तृतमा रूपमा लेखेकी छन्।मिश्राका अनुसार उनी गत महिना सो नाइटक्लबमा गएकी थिइन्।आफ्ना साथीहरूले महँगा खानेकुरा मगाएकाले उनले त्यहाँको भीआईपी बाथरुम प्रयोग गर्ने अवसर पाएकी थिइन्।पहिला शौचालयको भित्ताका भएका चित्रमा आफ्नो ध्यान नपुगेको…

Read More

अध्यक्ष गोसनको पक्राउपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा गिरावट

अध्यक्ष गोसनको पक्राउपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा गिरावट

जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो । अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताब गर्ने बताएका छन् भने रेनल्टले यस बिषयमा चर्चा गर्न मङ्गलबार बैठक बोलाएको जनाएको छ । कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ । जापानी अधिकारीले विश्व विख्यात जापानी…

Read More

ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

ट्रम्पको आदेश कार्यान्वयन नगर्न अदालतको आदेश

एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको शुरुमा राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । मध्य अमेरिकी आप्रवासीहरुको ठूलो समूह मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अघि बढेसँगै राष्ट्रपति ट्रम्पले सीमामा सैनिक परिचालन गर्नुका साथै उक्त आदेश जारी गर्नुभएको थियो । सानफ्रान्सिस्कोमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिनुभएको हो ।…

Read More

ट्रम्पको आदेश रोक्न अदालतको आदेश

ट्रम्पको आदेश रोक्न अदालतको आदेश

एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार आदेश दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले यही महिनाको शुरुमा राष्ट्रिय सुरक्षाको मामिला भन्दै अमेरिका प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई स्वीकार नगर्ने आदेशमा हस्ताक्षर गरेका थिए । मध्य अमेरिकी आप्रवासीहरुको ठूलो समूह मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अघि बढेसँगै राष्ट्रपति ट्रम्पले सीमामा सैनिक परिचालन गर्नुका साथै उक्त आदेश जारी गरेका थिए । सानफ्रान्सिस्कोमा अमेरिकी जिल्ला अदालतका न्यायाधीश जोन टिगारले राष्ट्रपतिको आदेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएका हुन् ।…

Read More

आतङ्कवादी योजना बनाएको अभियोगमा तीन जना पक्राउ

आतङ्कवादी योजना बनाएको अभियोगमा तीन जना पक्राउ

अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबोर्नमा जथाभावी छुरा प्रहार गरी दुई जनाको हत्या भएको दुई साता नबित्दै पछिल्लो घटना सार्वजनिक भएको हो । पक्राउ परेकामा टर्केली मूलका अस्ट्रेलियाली रहेका छन् । मेलबोर्नको भिडभाड इलाकामा आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरु इस्लामिक स्टेट समूहबाट प्रभावित रहेको पाइएको बताएको छ । प्रहरीका प्रमुख आयुक्त ग्राहम एस्टोनले भन्नुभयो, “तर उनीहरु कुन समूहमा आबद्ध छन्…

Read More

बाढी पहिरोमा परी १७ को मृत्यु

बाढी पहिरोमा परी १७ को मृत्यु

भियतनामको मध्यभागमा पर्ने न्हा ट्राङ् शहरमा आएको अविरल वर्षा र ‘टोराजी’ नामक अाँँधीका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको स्थानीय समाचार सञ्चारमाध्यमले मङ्गलबार जानकरी दिएका छन् । उक्त आँधी र त्यसपछिको बाढी र पहिरोमा परी ३१ व्यक्ति घाइते भएका र सयौँ घर ध्वस्त भएको सञ्चारमाध्यमले जानकारी दिएका छन् । भियतनाममा सन् २०१७ मा आएको आँधीको कारण ३ सय ८६ व्यक्तिको मृत्यु हुनुको साथै ६ लाख भन्दा बढी घर क्षतिग्रस्त भएका थिए । उक्त प्रकोपबाट ६० खर्ब भियतनामी डोङ बराबरको नोक्सानी भएको थियो । यस प्रकोपको कारण हराइरेहका व्यक्तिको खोजी कार्यका…

Read More