१८ रुपैयाँमा आउने काउलीलाई १३० रुपैयाँ

१८ रुपैयाँमा आउने काउलीलाई १३० रुपैयाँ

तरकारीमा समेत सिन्डिकेटका कारण धादिङ र मकवानपुरबाट प्रतिकिलो औसत १८ रुपैयाँमा काठमाडौं आउने काउलीलाई उपभोक्ता १३० रुपैयाँसम्म तिर्न बाध्य छन् । उत्पादक किसानबाट उपभोक्तासम्म आइपुग्दा करिब ५ तहमा मूल्य थपिने भएकाले उपभोक्ता चर्को मारमा परेका हुन् ।राजधानीको तरकारी बजारमा ब्याप्त बिचौलियाको सिन्डिकेटले सामान्य मानिसको भान्साको खर्चलाई ह्वात्तै बढाइदिने गरेको छ । उपभोक्ताले तिर्ने पैसाको सानो अंश मात्र किसानसम्म पुग्छ । उत्पादक, स्थानीय मध्यस्थकर्ता, ठूला थोक बिक्रेता, साना थोक बिक्रेता र खुद्रा बिक्रेता गरी पाँच तहमा मूल्य निर्धारण हुने गरेको छ । यी सबै चरणमा मूल्य बढे पनि मध्यस्थकर्तापछि बढ्ने मूल्य किसानले पाउँदैनन् । व्यापारीले करिब १८र२०…

Read More

अब देखि१८ वर्षभन्दा मुनी कैदीबन्दीलाई सुधारगृहमा राखिने

अब देखि१८ वर्षभन्दा मुनी कैदीबन्दीलाई सुधारगृहमा राखिने

सरकारले १८ वर्षभन्दा कम उमेरका कैदीबन्दीलाई अब बाल सुधारगृहमा सार्ने भएको छ । १ भदौबाट लागू नयाँ ऐनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालक मानेपछि उनीहरूलाई सुधारगृहमा सारिने भएको हो ।मुलुकी अपराधसंहिता ऐन, ०७४ को परिभाषा २ को खण्ड ‘ङ’ ले १८ वर्ष उमेर पूरा नगरेकालाई नाबालक मानेको छ । कानुनतः नाबालकलाई अन्य कैदीबन्दीसरह जेलमा राखिनुहुँदैन । उनीहरूलाई छुट्टै सुधार गृहमा राखिनुपर्छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले १८ वर्षभन्दा कम उमेरका कैदीबन्दीलाई सुधार गृहमा राख्न मातहतका निकायमा निर्देशन दिइसकिएको बताए ।उनले भने, ‘नयाँ कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालक मानेको छ । कानुनतः नाबालकलाई अन्य कैदीबन्दीसरह…

Read More

त्रिविको यस्तो लापरबाही पास भएको एक वर्षपछि यसरी गराईयो फेल

त्रिविको यस्तो लापरबाही पास भएको एक वर्षपछि यसरी गराईयो फेल

त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो ।केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ ।परीक्षासम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो । कार्यविधिमा विषयगत रूपमा पास हुन जिपिए २.७, तर औसतमा उपाधि पाउन जिपिए…

Read More

कर्मचारीको उमेरहद ६० वर्ष

कर्मचारीको उमेरहद ६० वर्ष

निजामती कर्मचारीको उमेरहद ६० वर्षको हुने भएको छ। सरकारले निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पुर्याउने अन्तिम तयारी गरेको छ। राजनीतिक पहुँच भएका थुप्रै सचिव एवं सहसचिवहरूले ५८ वर्षे उमेरहदका कारण छोटो समयमै अवकाश पाउन लागेपछि सरकारले फास्ट ट्र्याकबाट निजामती कर्मचारीको अवकाशको उमेर ६० वर्ष पुर्याउने लागेको हो। विभिन्न मन्त्रालयका सचिवहरू पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाएर ६० पुर्याउने ऐन संशोधनको प्रस्ताव अघि बढाएको छ। हाल कानुन मन्त्रालयमा रहेको संघीय निजामती सेवा ऐनको मस्यौदा छलफल टुंगिएर मन्त्रिपरिषद्बाट स्वीकृत…

Read More

प्रधानमन्त्री कार्यालयले थाल्यो र्‍यापिड अपरेसन

प्रधानमन्त्री कार्यालयले थाल्यो र्‍यापिड अपरेसन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगतिरउपलब्धिबारे अनुगमन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई ‘र्‍यापिड अपरेसन’ भनेको छ ।महाशाखाको नेतृत्व गरेका प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले स्वीकृत कार्यक्रम र बजेटअनुसार कुन गतिमा काम अघि बढिरहेको छ भन्ने अनुगमन गरिने बताए ।मन्त्रालयहरूका साथै प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका अन्य निकायको सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ । ‘अबदेखि हरेक दुई–दुई महिनामा अनुगमन गरिनेछ,’ उनले भने ।सेवाग्राहीको बाक्लो उपस्थिति हुने मन्त्रालय र निकायका हकमा भने नियमित रूपमा प्रत्यक्षरअप्रत्यक्ष…

Read More

मलेसियामा नेपाली कामदार पठाउने सम्झौता नजिक

मलेसियामा नेपाली कामदार पठाउने सम्झौता नजिक

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रुपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली पठाउन रोक लगाईरहेको छ । श्रम सम्झौता गर्न दुई देशमा अधिकारबीच चरणबद्ध वार्ता भएका छन्, झन्डै डेढ बर्षदेखि रोकिएको वार्ता पनि सुचारु हुने वातावरण बनिरहेको छ, मलेसियाका लागि कार्यवाहक नेपाली राजदुत कुमार खरेलले भने,दुवै देशका सरकार नया ढंगले अगाडि बढ्ने संकेत देखापरिरहेको छ । हामी आशावादी छौँ । मलेसिया पनि यसमा सकारात्मक देखिएको छ ।

Read More

आजको राशिफलः आजको दिन के कस्तो रहनेछ?

आजको राशिफलः आजको दिन के कस्तो रहनेछ?

वि.सं. २०७५ साल भदौ ४ गते। सोमबार। इश्वी सन् २०१८ अगस्ट २० तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– नवमी, ५:५३ बजेउप्रान्त दशमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) घुमफिर तथा…

Read More

म्याग्दीमा सडक बगेपछि यात्रु भीरमा झुण्डिएर यात्रा गर्न बाध्य

म्याग्दीमा सडक बगेपछि यात्रु भीरमा झुण्डिएर यात्रा गर्न बाध्य

  बेनी जोमसोम खण्डको सडक कालिगण्डकी नदीले बगाएपछि सो सडक हुदैं ओहोर दोहोर गर्ने यात्रु भीरमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, २ भुरुङ्ग तातोपानीमा कालिगण्डकी नदीले सडक बगाएपछि यात्रु यस्तो जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन । एक साता अघि आएको बाढीले कालीगण्डकी नदीको धार परिवर्तन हुँदा बेनी–जोमसोम सडकका आधा दर्जन स्थानमा कटान गरेको छ । कालीगण्डकी नदीले अन्नपूर्ण गाउँपालिका, २ तातोपानीको पोखरी, नागढुङ्गा, मुस्ताङ्गको थासाङ्ग गाउँपालिका ४ घाँसाको कोप्रेभीर, तल्लो घाँसा, थासाङ्ग गाउँपालिका, २ सिर्कुम, मार्फाको स्याउबारी कटान गरेको छ ।

Read More

Breaking News : फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् के मा कति ?

Breaking News : फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, हेर्नुहोस् के मा कति ?

काठमाडाैं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ। आईतवार राती १२ बजेदेखी लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धन (आन्तरिक उडानतर्फ) ४ रुपैयाँ ५० पैसा तथा हवाई इन्धन (वाह्य उडान) मा प्रतिहजार लिटरमा ५० युएस डलर वृद्धि गरेको हो। नयाँ मुल्य अनुसार अव पेट्रोल प्रति लिटर १ सय ११ , डिजल तथा मट्टीतेल ९५, हवाई इन्धन (आन्तरिक उडानतर्फ) १ सय ४ रुपैयांँ ५० पैसा तथा  हवाई इन्धन (वाह्य उडान) तर्फ प्रतिहजार लिटरको मुल्य १ हजार १ सय २५ डलर पुगेको छ।…

Read More

प्रकाण्डलाई तीन दिनको म्याद थप

प्रकाण्डलाई तीन दिनको म्याद थप

प्रहरीले सङ्गठीत अपराधमा संलग्न रहेको आरोपमा पक्राउ गरिएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज तीन दिनको म्याद थप गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। “जिल्ला अदालत काभ्रेपलाञ्चोक धुलिखेलले आजसम्मका लागि म्याद थप गरेको छ,” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले भने, “फेरी भोलिबाट म्याद थप गरी अनुसन्धानका लागि प्रक्रिया अगाडि बढ्नेछ।” जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक खड्काले गत वैशाख १ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लु साइन क्रसर उद्योगमा आगजनी गरेको कार्यमा संलग्न रहेको पाइएको कारण पक्राउ गरिएको…

Read More