कुन क्षेत्रको मौसम आज कस्तो ?

कुन क्षेत्रको मौसम आज कस्तो  ?

देशका धेरै स्थानको मौसम सोमबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै स्थानको मौसम सामान्यतया बदली रही केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविदले बताएका छन् । दिउँसो पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले जानकारी दिए । अहिले नवलपरासीबाट पश्चिम तथा नेपालगञ्जबाट पूर्वको क्षेत्रमा घना बादल लागेको छ । यस्तै दिउँसो देशका अरु केही ठाउँमा पनि ठूलो पानी पर्न सक्छ । दिनभर देशभरको मौसम बदलीको अवस्थामा रहने भएकाले गर्मी केही कम हुने मौसमविद रिमालले बताए । राति देशका धेरै ठाउँको…

Read More

ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु

ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु

जिल्लाको लिखुतामाकोसी गाउँपालिका–४, नागिमा आइतबार ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बा १ क ७७५४ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ५५ वर्षीया सूर्यमाया तामाङको घटनास्थलमै ज्यान गएको हो ।आइतबार साझा सहकारीमा पैसा जम्मा गरेर घर फर्कंदै गर्दा उनलाई ट्रिपरले ठक्कर दिएको थियो ।लिखु तामाकोसी गाउपालिका–५ का वडाध्यक्ष सोम बहादुर तामाङका अनुसार नुवाकोट घर भई लिखु ३ हाइड्रोपावरमा कार्यरत ट्रिपर चालक उमेश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

६० किलो चरेस सहित पाँच जना पक्राउ

६० किलो चरेस सहित पाँच जना पक्राउ

प्रहरीले दाङमा दुई दिनको अवधिमा ६० किलो चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका–९, अमिलियामा लागुऔषधको कारोबार भैरहेको सूचनाका आधारमा छापा मार्दा ६० किलो चरेससहित तीन पुरुष र दुई महिला पक्राउ परेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।पक्राउ पर्नेमा मुसीकोट नगरपालिका–११ रुकुुम पश्चिमका ४५ वर्षीय प्रेमबहादुर घर्ती, दार्माकोट गाउँपालिका–५ सल्यानका ३५ वर्षीय डिल्लीराज चन्द, पुथाउत्तरगंगा गाउँपालिका–१ काल्दुङ रुकुम पूर्व घर भई हाल घोराही उपमहानगरपालिका १५ बस्दै आएकी ३० वर्षीया रुपा घर्ती पुन, भूमे गाउँपालिका–२ रुकुम पूर्वकी २७ वर्षीया सपना पुन मगर र धु्रबजंग बुढा छन् ।उनीहरुले रुकुमबाट चरेस…

Read More

पूर्व राजदुत झा आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा फेला

पूर्व राजदुत झा आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा फेला

फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा घरमा मृत्त अवस्थामा फेला परेका छन् । काठमाण्डौको बबरमहलमा रहेको घरमा घाँटी रेटिएको अवस्थामा फेला परेका झा भेटिएको रुपमा एकथान चक्कु समेत  छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी वसन्त लामाका अनुसार बिहान अबेरसम्म कोठा नखुलेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । परिवारले दिएको सुचनाका आधारमा प्रहरीले ढोका खोल्दा बित्सभ दृश्य देखिएको लामाले बताए । ८० वर्षीय झा आफ्नो पत्नी र सहयोगीसँग बस्दै आएका थिए । घटना कसरी घट्यो भन्नेबारे भने प्रहरीले अहिलेसम्म अनुमान लगाउन सकेको छैन । यसबारे अनुसन्धान भईरहेकाले तत्काल यहि…

Read More

कोरिया जाने कामदारको स्वास्थ्य परिक्षण शुरु भयो

कोरिया जाने कामदारको स्वास्थ्य परिक्षण शुरु भयो

कोरिया जाने कामदारहरुको लागि स्वास्थ्य परिक्षण शुरु भएको छ। सन् २०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण सोमबारबाट शुरु गरिएको हो। स्वास्थ्य परीक्षण काठमाडौं उपत्यकाका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको इपिएस कोरिया शाखाले जनाएको छ। शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा उनिहरुको स्वास्थ्य परीक्षण हुनेछ। स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले यहि भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन्। आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने इपिएस कोरिया शाखाले जनाएको छ। यो वर्ष ७ हजार…

Read More

भिडियो कन्फरेन्स मार्फत अभियूक्तको म्याद थप

भिडियो कन्फरेन्स मार्फत अभियूक्तको म्याद थप

प्रहरीले बारामा पहिलो पटक भिडियो कन्फरेन्स मार्फत अभियूक्तको म्याद थप गरेको छ। ईलाका प्रहरी कार्यालय सिमराले सार्वजनिक अपराध मुद्धाका अभियुक्तहरु जितपुरसिमरा उपमहानगरपालिका –२० बस्ने बर्ष १८ चाँद महमद, वर्ष २० का सलामुद्दिन मिया र २१ बय समशेर अन्सारीलाई आइतबार भिडियो कन्फरेन्सको माध्यमबाट जिल्ला अदालत कलैयाबाट थप अनुसन्धानको लागि म्याद थप गराएको हो। अभियुक्तहरुलाई म्याद गर्न अदालतमा लैजाने क्रममा उत्पन्न हुने समस्याको अन्त्य गर्न जिल्ला प्रहरी कार्यालय बाराको समेत समन्वयमा जिल्लामा पहिलो पटक भिडियो कन्फरेन्समार्फत अदालतबाट म्याद थप गराईएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक शुवाष हमालले बताए। प्रहरी निरीक्षक हमालका…

Read More

पोखराको न्यूरोडमा आगलागी दुई पसल जलेर नष्ट

पोखराको न्यूरोडमा आगलागी दुई पसल जलेर नष्ट

पोखराको न्यूरोडमा आगलागीबाट झण्डै ३० लाख बराबरको क्षति पुगेको छ । आईतबार राती न्युरोडको एक घरमा भएको आगलागीका कारण उक्त घरसँगै रहेका दुई पसलको ३० लाखको धनमाल जलेर नष्ट भएको हो । न्यूरोडको अंकल्स गार्डेनको विपरीत दिशामा रहेको घरमा आगलागी हुँदा नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १५ लाखको क्षति…

Read More

अनुमगन टोलीलाई ब्यापारीले कालीमाटी तरकारी बजार भित्रै थुने

अनुमगन टोलीलाई ब्यापारीले कालीमाटी तरकारी बजार भित्रै थुने

कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीहरुले भित्रै थुनेका छन् ।सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर ब्यापारीले गेटमा धर्ना दिइरहेका छन्।काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि टोलीले नियन्त्रणमा लिएको हो।बाराबाट आएको गाडीसहित चालक नियन्त्रणमै छन् ।ललितपुरबाट आएको गाडी छाडेर चालक भागेका छन्।

Read More

धूम्रपान गर्ने बाबुआमासँग हुर्किएका छोराछोरीमा फोक्सोको क्यान्सर हुने उच्च जोखिम

धूम्रपान गर्ने बाबुआमासँग हुर्किएका छोराछोरीमा फोक्सोको क्यान्सर हुने उच्च जोखिम

एउटा अमेरिकी अनुसन्धानका अनुसार धूम्रपान गर्ने बाबुआमासँग हुर्किएका चुरोट नपिउने छोराछोरी वयस्क अवस्थामा पुगेपछि उनीहरूमा फोक्सोसम्बन्धी गम्भीर रोगका कारण मृत्यु हुने जोखिम उच्च छ।हरेक वर्ष प्रत्येक एक लाखको दरले धूम्रपान नगर्ने वयस्कहरूले ज्यान गुमाइरहेका छन् र बाल्यकालमा हुने प्यासिभ स्मोकिङु अर्थात् चुरोट पिउने मानिसहरूको वरपर रहेर हुर्किएमा त्यसले सो संख्यामा थप सातजनाको मृत्युु पनि थपिदिने अनुसन्धानकर्ताहरू बताउँछन्।अमेरिकी क्यान्सर सोसाइटीले ७० हजार ९०० चुरोट नपिउने पुरुष तथा महिलामा गरिएको अध्ययनको नेतृत्व गरेको थियो।

Read More

बेरोजगारलाई सय दिने रोजगारी

बेरोजगारलाई सय दिने रोजगारी

सरकारले वेरोजगारलाई सय दिने रोजगारी दिने व्यवस्थासहित रोजगार हकसम्बन्धी विधेयक स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा रोजगारीको हक सम्बन्धी विधेयक स्वीकृत गरेको हो।सबै स्थानीय तहमा वेरोजगार केन्द्र खोल्ने योजना समेटिएको विधेयक संघीय संसद्मा पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। विधेयकको प्रस्तावनामा नै प्रत्येक नगारिकलाई रोजगारीको हक सुनिश्चित गर्ने र आफ्नो क्षमता अनुसारको रोजगारीको छनौट गर्ने अवसर प्रदान गरिने व्यवस्था गरिएको छ। प्रस्तावित विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय तह मातहत रही कार्य गर्ने गरी प्रत्येक स्थानीय तहमा एक…

Read More