सामुदायिक वन समितिमा पुरै महिला

सामुदायिक वन समितिमा पुरै महिला

महिलाहरू नेतृत्वमा आउन नसकेको भन्ने गुनासो आइरहेका बेला कैलालीका महिलाले उदारहण प्रस्तुत गरेका छन् । घोडाघोडी नगरपालिका ३ जुरपानीमाको एक सामुदायिक वनको नेतृत्व मात्रै होइन पुरै समितिमा नै महिलाले कब्जा जमाएका छन्। महालक्ष्मी सामुदायिक वन उपभोक्ता समितिको नेतृत्व महिलाले सम्हालेका हुन्। १५ सदस्यीय समितिमा एक जना पनि पुरुषको प्रतिनिधित्व छैन । महिलाहरूले चुलो चौक बाहेक नेतृत्व लिन पनि सक्षम छन् भन्ने उदारहण उनीहरुले प्रस्तुत गरेका छन् । यस अघि गठित समितिमा महिला सहभागिता न्यून गरेर पुरुषहरुले मनोमानी ढङ्गबाट काम गर्न थालेपछि आफूहरूले नेतृत्व लिनु परेको सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष…

Read More

शुक्लाफाँटावासीको दिनचर्याः रातभर अनिदो, दिनभर सुत्छन्

शुक्लाफाँटावासीको दिनचर्याः रातभर अनिदो, दिनभर सुत्छन्

एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् । पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ । रातभर अनिदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका छन् । पटाका पड्काउने र आगो देखेर तर्सेर भाग्ने गरेका हात्तीको झुण्ड तर्सनसमेत छाडेको स्थानीय पल्टु डगौराले भने, “धान खाएर आफैँ हात्तीको झुण्ड बिहानीपख शुक्लाफाँटा निकुञ्ज र…

Read More

दशैँमा तलब पाएनन् कर्मचारीले

दशैँमा तलब पाएनन् कर्मचारीले

दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् । दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् । यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाएका छैनन् । दशैँअघि तलब पाउने आश मरिसकेको…

Read More

डिजेल बोकेको ट्याङ्कर दुर्घटना

डिजेल बोकेको ट्याङ्कर दुर्घटना

धनगढी कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा डिजेल बोकेको ट्याङ्कर दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पूर्वबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख १०१४ नम्बरको ट्याङ्कर शनिबार बिहान अनियन्त्रित भई सडकमा पल्टिएको हो । ट्याङ्कर पल्टिँदा सबै डिजेल सडकमा पोखिएको थियो । तिब्र गतिमा रहेको उक्त ट्याङकर अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक किसन सिंह ठकुरीले बताए । दुर्घटनापछि चालक हरिलाल चौधरी फरार छन् भने सह–चालक रामस्वरुप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे…

Read More

मोटरसाइकलको ठक्करबाट सात घाइते

मोटरसाइकलको ठक्करबाट सात घाइते

कृष्णपुर–५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्व–पश्चिम राजमार्गमा गएराति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित ७ जना घाइते भएका छन् । से ४ प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर–२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, २२ वर्षीय भगवानदास चौधरी, २० वर्षीय मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सीता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए । घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मोटरसाइकल चालक…

Read More

छब्बीस वर्षदेखि ओछ्यानमै

छब्बीस वर्षदेखि ओछ्यानमै

जन्मेको छ महिनासम्म तन्दुरुस्त थियो । खुबै खेल्ने गर्दथ्यो । हाँस्थ्यो । हात समातेर आँगनमा हिँड्न खोज्थ्यो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का भक्तबहादुर सुनारले भने, “छ महिनापछि खुट्टा चल्न छाड्यो, शरीर सुक्दै गयो, ओछ्यान प¥यो ।” आठ दशक काट्नै लागेका भक्तबहादुरले २६ वर्षीय छोरा मनोज सुनारबारे दुःखेसो पोख्दै भने, “उपचार गराउन धेरै ठाउँ पुगे पनि रोग नै ठम्याउन सकिएको छैन ।” छोराको उपचारका लागि उनले वैद्यदेखि चिकित्सकसम्म देखाएका छन् । छिमेकीले वैद्य लगाएपछि रोग निको हुन्छ भनेपछि उनले छ महीना वैद्यद्वारा झारफुकसमेत गरे पनि रोग निको भएको छैन । शरीरको…

Read More

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विज्ञान संकायका विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । भ्रमण जाने रकम निकासा नगरेको भन्दै उनीहरुले विभागिय प्रमुखको कुर्सी समेत तोडफोड गरेका छन् । विद्यार्थीहरुलाई भ्रमण लैजाने पक्का पक्की गरिसकेपछि विभागिय प्रमुखले प्रशासनबाट हस्ताक्षर भएको चेक दिन अटेरि गर्दा विद्यार्थीहरु आक्रोसित भएका हुन् । यस अघि भ्रमण लैजान दर्जनौ पटक वार्ता भएको र अन्ततः असोज २५ गते भ्रमण जाने सहमतिमा बजेट निकासा गर्ने कुरा मिलेको भएपनी मंगलबार बसभाडाको लागि अग्रीम भुक्तानी दिन पैसा नपाए पछि विद्यार्थीहरुले तालाबन्दी गरेको विद्यार्थी भोजराज पन्तले बताए । विज्ञान संकायका विभागिय प्रमुख गोविन्द ढुङ्गानाले मनोमानी…

Read More

जिप दुर्घटना हुँदा दुईको मृत्यु ,११ घाइते

जिप दुर्घटना हुँदा दुईको मृत्यु ,११ घाइते

नेपालीहरुको महान् पर्व दशै नजिकिदै गर्दा बझाङको बुङ्गल नगरपालिका ५ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।बझाङको बाग्थलाबाट बुगलको बिजगडा जादै गरेको से १ ज ७२६ नवम्बर जिप दुर्घटना हुँदा एक पुरुष र एक महिलाको मृत्यु भएको छ । भने ८ जना पुरुष ,१ महिला ,२ जना बच्चा सहित गरि ११ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेको उपचार देउरा प्राथमिक स्वास्थ्य चौकीमा भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेको नाम खुल्न सकेको छैन भने दुर्घटना के कारणले भयो भन्ने…

Read More

निर्मला काण्डमा एसपी बिष्टको विवादास्पद बयान

निर्मला काण्डमा एसपी बिष्टको विवादास्पद बयान

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्ड छानबिन समितिसमक्ष तत्कालीन एसपी डिल्लीराज विष्टले आन्दोलन र भीडका कारण निर्मलाको शव फेला परेको स्थानमा आफू साउन १४ गतेसम्म नगएको बयान दिएका छन् । समितिसँगको बयानमा भनेका छन्–वम दिदीबहिनीलाई प्रारम्भिक सोधपुछ गर्दा कुनै प्रमाण नभएकाले हाजिरी जमानीमा छाडिएको हो । मैले जानकारी पाएअनुसार नरेश बमबाहेक अन्य कुनै केटा पनि बम दिदीबहिनीको घरमा गएका छैनन् । अनुसन्धानको टोलीमा प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदिश भट्ट र अनुसन्धान अधिकृतको रुपमा एकिन्द्रबहादुर खड्काको टोली शव भेटिएको स्थानमा गएको थियो । आन्दोलन र भीडको कारण…

Read More

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्द्रमाथि अज्ञात समूहले कुटपिट गरेको छ। गएराती १० बजेपछि सुतिरहेको बेला ढोका फोडेर उनीमाथि आक्रमण भएको प्रहरीले बताएको छ। वडा अध्यक्ष प्रकाश रावलले कुरा गर्न खोजेकाले ढोका खोल्न आग्रह गर्दा सुतिसकेको र भोली कुरा गरौंला भन्दा एकाएक ढोका फोडेर कुटपिट गरिएको चन्द्रले बताए। कुटपिट गर्दा एक जनाको घडी समेत उनको कोठामै खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तीन जनाको संख्यामा आएका अपरिचत व्यक्तिले ढोका फोडेर एकाएक कुटपिट गरेको चन्द्रले बताए। जिल्ला बाहिर जाने कार्यक्रम भएकोले अधिकृतको कोठामा नौ बजेसम्म छलफल भएको जानकारी दिँदै…

Read More