हुम्लामा पहिरोमा परि दुईको मृत्यु, एक बेपत्ता

हुम्लामा पहिरोमा परि दुईको मृत्यु, एक बेपत्ता

शनिवार दिउँसो झरेको सुक्खा पहिरोमा परि हुम्लाको चंखेली गाउँपालिका–५ नेक्पामा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् ।नेक्पाको पोरी गाउँमा दाउरा संकलन गर्ने र खाबु टिपी रहेको बेला जंगलको माथिबाट एक्कासी सुक्खा पहिरो खसेको थियो । सुक्खा पहिरो खस्दा घटनास्थलमै रहेकी अस्मीता तामाङले कोही दाउरा टिप्दै र कोही खाबु टिप्दै गरेको अवस्थामा ठूलो आवाजसहित पहिरो खसेको सुनेको र त्यसपछि आफू बेहोस भएको उनले बताइन् ।होस खुलेपछि शरिरमा केही चोट लागेको भएपछि तल हेर्दा बसन्तीको शरीर ढलेको अवस्थामा देखेको १५ मिनेट पैदलको दुरीमा रहेको गाँउमा आएर…

Read More

विपरित दिशाबाट आएका बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ४२ जना घाईते

विपरित दिशाबाट आएका बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ४२ जना घाईते

सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो ब्यूरेनीमा शनिवार भएको बस दुर्घटनामा ४२ जना घाइते भएका छन् । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्वरको बस र नेपालगञ्जबाट दैलेख आउँदै गरेको ना ४ ख ७०२४ नम्वरको बस दिउँसो वीरेन्द्रनगरको ठूलो ब्यूरेनी मोडमा ठोक्कीएका हुन् ।घाइतेहरुको स्थानीय नर्सिङ्ग होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ ।

Read More

यात्रुलाई सास्ती दिने सात पक्राउ

यात्रुलाई सास्ती दिने सात पक्राउ

सुर्खेत बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । आफ्नो निश्चित गन्तव्य तय गरी आरामदायी यात्राको सोचका साथ आउने यात्रुलाई असहज वातावरण सिर्जना गर्ने गरेकाले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–१ का २३ वर्षीय अर्जुन मल्ल, सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का १८ वर्षीय महेश सोमैमगर र वीरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीय चक्रबहादुर शाही रहेका छन् । त्यसैगरी, जुम्ला डुग्रीका १९ वर्षीय रमेश शाही र अछामको तुर्मखाँद गाउँपालिका–७ का १८ वर्षीय नमराज न्यौपाने,…

Read More

राजीनामा दिएर विप्लवको पार्टीमा जाने तयारीमा दुई वडाध्यक्ष

राजीनामा दिएर विप्लवको पार्टीमा जाने तयारीमा दुई वडाध्यक्ष

कालिकोटको नरहरीनाथ गाउँपालिकाका दुई जना वडाध्यक्षले पदबाट राजीनामा दिएका छन् । अध्यक्षले मनोमानी ढंगले काम गरेको भन्दै वडा नम्बर ६ का वडा अध्यक्ष तुलाराज विक र वडा नम्बर–७ का अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन् । उनीहरुले गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले गाउँपालिकाका ब्रम्हलुट गरेकाले आफूहरुले पद छाडेको दाबी गरेका छन् । यद्दपी उनीहरु नेत्रविक्रम चन्द विप्लव नेतृवको नेकपामा प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनायो । विष्टले भने वडाअध्यक्षद्वयको राजीनामा आफूले प्राप्त नगरेको टिप्पणी गरे । आफू गाउँमै रहेको तर, विकद्वयले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा राजीनामा छाडेको सुनेको उल्लेख गरे ।…

Read More

अभिभावककै कारण बालबालिकाको भविष्य बर्बाद हुँदै

अभिभावककै कारण बालबालिकाको भविष्य बर्बाद हुँदै

हेमन्त के सी, जाजरकोट कतै बाबुको मृत्यु हुँदा आमाले दोस्रो बिहे, त कतै बाबु पत्ता नलाग्दा यहाँका एक हजार पाँच सय बालबालिका जोखिमपूर्ण जिन्दगी बिताउन बाध्य भएको पाइएको छ । आमा, बाबाको न्यानो माया र शिक्षा अनि संस्कार सिक्ने उमेरमा बेवारिसे बन्दै जिन्दगी नै धरापमा परिरहेको अवस्थाले गर्दा निकै समस्या परेको सरोकारवाला निकायको भनाइ छ । यति मात्र कहाँ हो र कतै आर्थिक अभावका कारण बिरामीको शरीर निको नहुँदा पलपल मृत्युसँग बाँचिरहेका बालबालिकाको सङ्ख्या पनि ठूलो रहेको छ, यहाँ । जोखिममा परेका ती बालबालिका पढाइको साटो गिट्टी कुट्ने, भाँडा माझ्ने,…

Read More

गाउँपालिकाको दास भएर बस्न नसक्ने भन्दै २ वडाध्यक्षले दिए राजीनामा

गाउँपालिकाको दास भएर बस्न नसक्ने भन्दै २ वडाध्यक्षले दिए राजीनामा

कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका-६ र ७ का वडा अध्यक्षले राजीनामा दिएका छन्। २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित गाउँपालिका-६ तुलराज विक र ७ का वडा अध्यक्ष दलबहादुर विकले राजीनामा दिएका हुन्। आफू लामो समयदेखि गाउँकार्यपालिकाको सदस्य भएर काम गरिरहेको भएपनि गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले गाउँपालिकालाई आफ्ना आसेपासेलाई भर्ती केन्द्र बनाएपछि अध्यक्ष भएर बस्न नसक्ने भन्दै अध्यक्षद्वय विकले राजीनामा दिएका हुन्। तुलराज विकले गाउँपालिकाले कम्प्युटर अपरेटरको परीक्षामा घोटाला गरेको आरोप लगाए। उनले भने, ‘गाउँपालिका अध्यक्ष बिष्टले आफ्नो मनोमानी गर्न थाले, कर्मचारीले जे भन्यो त्यही मान्ने गरे, आफैं…

Read More

पहिलेका खच्चड मालिक भए अहिले गाडी मालिक

पहिलेका खच्चड मालिक भए अहिले गाडी मालिक

जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जिप छ । एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गरे । उनकै छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा जिप किनेका छन् । उक्त नगरपालिका– ७ दल्लीबाट वडा नं १३ तल्लुसम्म ट्र्याक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेको उनी बताउछन् । जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि ध्यार र रोका मात्रै होइन उक्त नगरपालिकाका…

Read More

विप्लवको ज्यान जोखिममा, सहयोगका लागि हार-गुहार

विप्लवको ज्यान जोखिममा, सहयोगका लागि हार-गुहार

मुटुमा प्वाल भएका अछाम मंगलसेन– १३ का एक वर्षीय विप्लव धामीको उपचार हुने भएको छ। विंग्स फाउन्डेसन सुर्खेतले ‘विप्लव बचाउ अभियान’ सञ्चालन गर्ने भएपछि उपचार हुने भएको हो। विंग्स फाउन्डेसनकी सामाजिक अभियन्ता नेपाल बाल पोलिक्लिनक सुर्खेतमा कार्यरत अहेब प्रतिमा चपाईँ र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा स्टाफ नर्समा कार्यरत कल्पना बस्नेतको अगुवाइमा ‘विप्लव बचाउ अभियान’ सञ्चालन हुन लागेको हो। विंग्सका क्रियाशील सदस्य अहेब गौतम र स्टाफ नर्स बस्नेतले आफैँले केही र सामाजिक सञ्जालमार्फत सहयोग संकलन गर्ने बताएका छन्। फाउन्डेसनका प्रमुख एवं नेपाल बाल पोलिक्लिनिक सुर्खेतका सञ्चालक तथा बालरोग विषेशज्ञ डा।नवराज केसीले…

Read More

गाउँपालिका प्रमुखले प्रशासकीय अधिकृतलाई हाजिर हुन दिएनन्

गाउँपालिका प्रमुखले प्रशासकीय अधिकृतलाई हाजिर हुन दिएनन्

गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँ शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत रोमाकान्त पाण्डेलाई हाजिर हुन नदिई फिर्ता पठाएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दुई पटकसम्म खटाउँदा पनि गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन नदिएका हुन्। गाउँपालिकामा वडा सचिव आवश्यकता रहेको र मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाएको भन्दै फिर्ता पठाएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताए। मन्त्रालयबाट खटाएका कर्मचारीलाई गाउँपालिकामा हाजिर हुन नदिएपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिकाको खाता रोक्का गरेका छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय गाउँपालिकामा…

Read More

मुख्यमन्त्रीको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही अनुपस्थित

मुख्यमन्त्रीको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही अनुपस्थित

  पोखरामा बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीको भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् । सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् । अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ । यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा परिषदको बैठक बस्दैछ । परिषदको…

Read More