मालपोत कार्यालयमा प्रहरी परिचालन

मालपोत कार्यालयमा प्रहरी परिचालन

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा बिचौलीयालाइृ निशेध गर्न मुल गेटमा प्रहरी परिचालन गरिएको छ । कार्यालयको मुलगेटमा बसेका प्रहरीले केरकार गरेर मात्र भित्र छिर्न दिन्छन्। विचौलियालाई रोक्न र कार्यालयमा हुने अनियमितता रोक्न मुलगेट र कार्यालयको मुख्य ढोकामा यसरी प्रहरी परिचालन गरिएको हो। लेखापढी व्यवसायीको नाममा कार्यालयको नियमित कामकाजमा बाधा पु¥याउने गरी मानिस प्रवेश गर्न थालेपछि मुलद्वारमै प्रहरी राखेर आउजाउमा कडाइ गरिएको कार्यालयले जनाउको छ । कर्मचारीहरु पनि परिचयपत्र देखाएर मात्र कार्यालय जाने गर्दछन्। मालपोत कार्यालयप्रति सर्वसाधारणमा नराम्रो छाप बसेकाले कामलाई सहज र सरल बनाउन यस्तो नीति लिएको बताइएको छ। कामकाजलाई…

Read More

खोलाले बगाउदा दुई बालबालिकाको ज्यान गयो

खोलाले बगाउदा दुई बालबालिकाको ज्यान गयो

सल्यानको दार्मा गउँपालिका मलिबाङ मा खोलाले बगाउदा दुई बालबालिकाको मृत्यु भएको छ । खोलाले बगाउँदा आमा पूर्णा केसीसँगै खोला तर्ने क्रममा दुई वर्षको छोरा मोहन केसी र छ वर्षीया रेखा केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्रहरी विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।बालबालिकाको शव केही तल भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा इलका प्रहारी कार्यालय फारुलाको टोली पुगेको छ भने जिल्ला प्रहरीको टोली पुग्न थालेको प्रहरी प्रमुख विरेन्द्रबहादुरशाहीले जानकारी दिए ।

Read More

राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली छन् । अस्पतालको २० वटा विशेषज्ञ चिकित्सकको दरबन्दीमध्ये ११ वटा दरबन्दी रिक्त रहेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जनार्दन पन्थीले बताउनुभयो । अठार जनाको मेडिकल अधिकृतको दरबन्दीमध्ये १२ को दरबन्दी रिक्त छ । छ जना दरबन्दी पूर्ति भएको राप्ती उपक्षेत्रीय अस्पतालमा अहिले दुई जनामात्रै कार्यरत छन् भने त्यसमध्ये चार जना बाहिरै रहेको निमित्त मेसु डा पन्थीले जानकारी दिनुभयो ।अस्पतालमा न्युरोलोजिष्ट, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, न्युरोसर्जन, डेन्टल सर्जन, प्याथोलोजिष्ट, मानसिक रोज विशेषज्ञ, मुटुरोग विशेषज्ञ, नेफ्रोलोजिष्ट, न्युरोसर्जन अस्पतालमा छैनन् । यस्तै…

Read More

मुख्यमन्त्रीको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही अनुपस्थित

मुख्यमन्त्रीको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही अनुपस्थित

  पोखरामा बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीको भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् । सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् । अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ । यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा परिषदको बैठक बस्दैछ । परिषदको…

Read More

५ करोड बढी रकम जोखिममा

५ करोड बढी रकम जोखिममा

शम्भु माली, कपिलवस्तु । आय आर्जनकालागि भन्दै नागरिकताका आधारमा दिइएको स्वरोजगार कार्यक्रमको करोडौँ रकम जोखिममा परेको छ । बेरोजगार युवारुलाई रोजगारीमा सहयोग गर्न ५ वर्ष अघि सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रमको लगानी उठ्न नसके पछि ५ करोड बढी रकम जोखिममा परेको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कार्यक्रम अन्र्तगत कृषि विकास बैङ्कले १९ जिल्लाका १ हजार ३५० जनालाई १४ करोड ८२ लाख ६ हजार लगानी गरेको कृषि विकास केन्द्रीय कार्यालयले जनाएको छ । ब्याज मात्र ३ करोड ८८ लाख उठ्न बाकी रहेको कृषि विकास बै.क केन्द्रीय कार्यालयका प्रवक्ता हिमलाल…

Read More

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको लुम्बिनी भ्रमण(फोटो फिचरसहित)

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको लुम्बिनी भ्रमण(फोटो फिचरसहित)

शम्भु माली, कपिलबस्तु । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले बुद्ध जन्मस्थलको लुम्बिनीको भ्रमण गरेका छन् । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका मैत्रीपाला सिरिसेना शनिवार चार्टर विमानबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी पुगेका हुन् । उनी बिहान ११.३० मा लुम्बिनी पुगी माया देबीको मन्दिरमा मार्कर स्टोन अवलोकन गरेका थिए । त्यसपछि माया देबीको मन्दिरको दक्षिण तर्फ रहेको प्रचिन पिपनको रुख मुनि पुर्ब, पश्चिम दुबै तिर पुजा गरेका थिए । त्यस पछि लुम्बिनीका भिच्छुले एक घन्टा लामो पुजा गरेका थिए । पुजा पश्चात उनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिच्छु मैत्तेयले लुम्बिनी विकासकोष गुरु…

Read More

छोराको लागी तिनछठ्ठी पर्व मनाईदैं

छोराको लागी तिनछठ्ठी पर्व मनाईदैं

शम्भू माली , कपिलवस्तु कपिलवस्तुमा आज तिनछठ्ठी पर्व हर्ष उल्लासका साथ मनाईदैं छ । बिहानै देखी कुश र महुवाको रुखको पात लिनका लागी तिलौराकोटमा भीड लागेको थियो । जिल्लाको सदरमुकाम तौलिहवास्थित मुल नहरको छेउमा महिलाहरुले सो ठाउँमा रहेको कुसको पातमा गाँठो पारी पुजा आजा गरी छोराको दिर्घायु र सुस्वास्थ लाभको कामना गरी पुजा गरेका छन् । हिन्दु धर्म अनुसार महिलाहरु नयाँ लुगा लगाई दिन भरी भोकै बसी छोराको जीवन रक्षा तथा लामो आयुका लागी परासको पात, महुवाको पात, महुवा, दही राखी पुजा गर्ने परम्परा रहेका छ । कुसमा ५ वटा…

Read More

बोक्सीको आरोपमा बुहारीद्वारा सासुको हत्या

बोक्सीको आरोपमा बुहारीद्वारा सासुको हत्या

फाइल फोटो बोक्सीको आरोपमा बुहारीले आफ्नै सासुको हत्या गरेकी छिन् । दाङको तुलसीपुर उपमहागनरपालिका ९ र्की ६९ वर्षीय खोपी रावतलाई बुहारी टंकी रावतले हत्या गरेको प्रहरीले जनाएको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यानको कपुरकोट लगेको र पाँच गते फर्किने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको जंगलमा हत्या गरिएको हो ।  धामीझाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भने पछि आफुले हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । बुहारी टंकीलाई प्रहरीले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको छ ।…

Read More

घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु

घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु

सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक घाइते भएका छन् ।मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीया श्रीमती रामकला कामी, उहाँकी ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए…

Read More

अस्पतालको लापरवाहीका कारण बच्चाको मृत्यु

अस्पतालको लापरवाहीका कारण बच्चाको मृत्यु

शम्भु माली, कपिलवस्तु अस्पतालको लापरवाहीका कारण कपिलवस्तुमा एक जना बच्चाको मृत्यु भएको छ । कपिलवस्तु स्थित तौलिहवा अस्पतालको लपरवाहीले ३ महिने बच्चाको मृत्यु भएको मृतकको बुवा बल बहादुर तेलीले बताएका छन । बच्चालाई झाडापखला लग्दा अस्पतालको आकस्मिक कक्षमा ल्याएको १ घण्टा पछि मात्र डाक्टर आएकोले बच्चा मरेको उनले जनाएका छन् । अस्पतालमा कार्यरत डाक्टरहरु आकस्मिक कक्षमा नहुनु बिडम्बना भएको स्थानयिले बताए । अस्पतालको आकस्मिक कक्षमा २ अहेब र १ डाक्टरको डिउटी भएपनि कोही पनि नहुनु अस्पतालको व्यावस्थापनको लपरवाही भएको स्थानियको आरोप छ । यस क्षेत्रकै पुरानो अस्पताल भएपनि अस्पतालमा भएको…

Read More