काँठेखोला गाउँपालिकाको सबृद्धिको आधार बिहुँकोटका धार्मिक धरोहरबाट

काँठेखोला गाउँपालिकाको सबृद्धिको आधार बिहुँकोटका धार्मिक धरोहरबाट

काँठेखोला गाउँपालिका वडा नं. ६ मा अवस्थित ५२६ वर्ष अघि स्थापित बिहुँकोट मन्दिरको संरक्षण समितिद्धारा चन्दादाताहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष अमर थापाले काँठेखोला गाउँपालिकाको सबृद्धिको आधार यसै बिहुँकोटमा रहेका धार्मिक धरोहरबाटै सम्भव रहेको बताउँदै यिनिहरुको संरक्षणमा जनताहरु लागेको देख्दा गर्वले छाति चौडा भएको बताए। थापाले भने यहाँ रहेका यि मन्दिरहरु धार्मिक तवरले मात्र हैन पुरात्तातिक रुपले पनि धेरै महत्वपुर्ण रहेकाले बाह्य तथा आन्तरिक पर्यटकहरु भित्रायाउने र पर्यटन प्रबद्धन गर्न जरुरी छ । उनले गाउंपालिकाको सानो बजेटले धार्मिक धरोहरहरुको विकास गर्न सम्भव नभएको बताउँदै…

Read More

हिमपहिरोमा परि ४ नेपालीसहित ८ को मृत्यु

हिमपहिरोमा परि ४ नेपालीसहित ८ को मृत्यु

म्याग्दीको गुर्जा हिमालमा शुक्रबार राति पहिरो जाँदा चार नेपालीसहित ८ जनाको मृत्यु भएको छ। बुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र उनीहरूको साथमा रहेका चार नेपाली भरिया हिमपहिरोमा पुरिएर मृत्यु भएको हो।हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि पुगेका सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङका अनुसार शवहरू यत्रतत्र छरिएको भेटिएको छ। घटनास्थल गुर्जा गाउँपालिकामा पर्छ।ट्राफिक प्रहरीका अनुसार घटना शुक्रबार राति करिब १० बजेतिरको हो। हावाहुरीसहित आएको हिमपहिरोले पर्यटहरू बसेको उक्त क्याम्प नै खसेको प्रहरीले जनाएको छ।७१९३ मिटर उचाईको गुर्जा हिमाल धौलागिरी हिमशृंखलामा पर्छ।

Read More

बागलुङमा ६ वर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

बागलुङमा ६ वर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

बागलुङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । गल्कोट नगरपालिका ८ ज्यामिरेका ३२ वर्षिय भीम सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।  ६ वर्षिया छोरीलाई जबरजस्ती करणी गरेको भनि बालिकाकी आमाले विहीवार गल्कोट प्रहरीमा उजुरी दिएपछी निज अभियुक्त सुनारलाई गल्कोट प्रहरीले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको बताएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दिपक रेग्मीले जानकारी दिएका छन् ।

Read More

तीन महिना देखि बन्द बलेवा विमानस्थल पुनः सञ्चालनमा

तीन महिना देखि बन्द बलेवा विमानस्थल पुनः सञ्चालनमा

तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको छ । नेपाल एयरसँग रहेका दुई ट्वीनअटर विमानमा समस्या आएकाले मर्मतमा समय लागेको र तारा एयरका विमान दुर्घटनामा परेका कारण नियमित उडान रोकिएकोमा अब पुनः उडान सञ्चालन हुने बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार असोज २५ गते बिहीबारका…

Read More

बिहुँ काउंलेका पहिरो प्रभावितको पीडा, भन्छन् ‘दशैँ होइन हामीलाई दशा आएको छ

बिहुँ काउंलेका पहिरो प्रभावितको पीडा, भन्छन् ‘दशैँ होइन हामीलाई दशा आएको छ

भरत सापकोटा, बागलुङ ।  बागलुङको काँठे खोला गाउँपालिका वडा ५ बिहुँकोट काँउलेका स्थानीयलाई दसैँ नजिकिँदै गर्दा पनि कुनै उमङ्ग छाएको छैन । गत असार ११र१२गते वर्षासँगैको बाढी र पहिरोले विस्थापित काउँलेका १४ परिवारको अझैसम्म पुनः स्थापना हुन सकेको छैन । पहिरोले बस्दै गरेको घरबारी नै भासिएपछि उनीहरू आफन्तकै घरमा बसेर हालसम्म गुजारा चलाई रहेका छन् । अरूकै घरको पढिीमाा बस्दै आएका भबिराम परियाले गुनासो गर्दै भने हाम्रो लागि त कोही रहेनछ । न कुनै जनप्रतिनिधिले हाम्रो समस्या बुझे न त कुनै सङ्घ संस्थाले । खै कहाँ छन् हाम्रो सरकार रुखै कहाँ छन्…

Read More

मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द

मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द

  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका बासिन्दाले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द गराएका छन् । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम ठप्प बनाएका हुन् । आयोजनासँग वार्ता र लिखित सहमति नहुँदा सम्मका लागि काम रोकिएको क्लबका सदस्य अमित पुनले जानकारी दिएका छन् । नारच्याङ बेँशीगाउँको शिरानमा रहेको डाँडापारि भन्ने ठाउँमा सुरुङको आउटलेटबाट निस्किएको पानी सुरक्षित रुपमा व्यवस्थापन नगरिँदा पहिरो गएर सात घरधुरीको खेतीयोग्य जमीन पुरिएको छ । पाइपमार्फत…

Read More

चङ्गा उडाउने क्रममा करेन्ट लागेर बालकको ज्यान गयो

चङ्गा उडाउने क्रममा करेन्ट लागेर बालकको ज्यान गयो

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं १ टुसेमा शुक्रबार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ ।स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत बलबहादुर पुनका १२ वर्षीय छोरा राकेश पुनको विद्युत् पोलमा अड्किएको चङ्गा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिनुभयो ।चङ्गा उडाएर खेलिरहेका बालक पुन चङ्गा विद्युत्को पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए । पोलमा चढ्ने बित्तिकै उनी नाङ्गो तारमा अड्किएको प्रहरीको भनाइ छ ।गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नाङ्गो…

Read More

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा बागलुङका अदै पक्राउ

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा बागलुङका अदै पक्राउ

टिभी अन्नपूर्ण, ग्रीस पठाई दिन्छु भन्दै टर्कीमा पुराएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका– ११ भण्डारीटोलमा बस्ने बागलुङ ढोरपाटन नगरपालिका –७ बोबाङ्गका ३७ वर्षीय वीरबहादुर अदैलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार अदैले ग्रीसमा राम्रो कमाई हुन्छ भनी विभिन्न व्यक्तिबाट १२ लाख रुपैया रकम लिएर नेपालबाट टर्की पु‍¥याई काम नदिइ ४५ दिनसम्म शारीरिक तथा मानसिक यातना दिएको आधारमा पक्राउ गरेको बताएको छ । पिडितहरुलाई विभिन्न प्रलोभनमा परेर पठाएपनि उनीहरुलाई शारिरिक तथा मानसिक रुपमा यातना दिएको भन्दै पिडितले…

Read More

बडिगाड तुरतुरे ताल खुलाउने विषयमा रक्षा मन्त्री पोखरेलसँग छलफल

बडिगाड तुरतुरे ताल खुलाउने विषयमा रक्षा मन्त्री पोखरेलसँग छलफल

गत भदौ २९ गते शुक्रवार राति बागलुङको बडिगाड र ढोरपाटनको सिमाना तुरतुरेबाट खसेको पहिरो र बनेको तालका विषयमा रक्षा मन्त्री ईश्वर पोखरेलसँग छलफल गरिएको छ । बागलुङ क्षेत्र न.२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले आइतबार बिहान पोखरेलसँग छलफल गरेका छन् । पहिरो सँगै खसेको चट्टानले मध्य पहाडी लोक मार्ग र बडिगाड खोलामा बनेको ताल खुलाउने विषयमा छलफल गरिएको बताइएको छ । छलफलमा रक्षा मन्त्री पोखरेलले सेनाले त्यसको अध्ययन गरी फर्किसकेकाले प्रतिवेदन अनुसार काम हुने बताए । जनताले दुख पाएका छन् त्यसको वैकल्पिक मार्गका लागि जिल्ला तथा स्थानीय सरकारसँग…

Read More

बाग्लुङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

बाग्लुङमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

सामान्य विवादको क्रममा श्रीमानले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए । श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताए । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ ।

Read More