चितवनको माडीमा जंगली हात्ती आतंक

चितवनको माडीमा जंगली हात्ती आतंक

प्रनिश थापा, चितवन दक्षिण चितवनको माडी क्षेत्रमा जंगली हात्तीले आतंक मच्चाउन थालेका छन् । पर्सा निकुञ्जबाट जङ्गली हात्तीको लस्कर आएर आतंक मच्चाउन थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन्। माडी नगरपालिकाका मेयर ठाकुर ढकालले तीन साताअघिबाट माडी क्षेत्रमा पसेको जंगली हात्तीको बथानले स्थानीयवासी त्रसित भएको बताए । हात्तीले गएको शनिबार राति माडी नगरपालिका ७ गौरीनगरमा हात्तीको बथान पसेर धान खेती नष्ट गरेको उनले बताए । हात्ती रातको समयमा बस्तीमा पस्ने र दिनभर वन क्षेत्रमा बस्ने गरेको छ । हात्ती आतंकबारे चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल भन्छन्, ‘हात्ती लखेट्न…

Read More

तेजाव हान्ने व्यक्ति नै पिडितको कुरुवा बनेर जाँदा

तेजाव हान्ने व्यक्ति नै पिडितको कुरुवा बनेर जाँदा

-काठमाण्डौ रौतहटका दुईजना किशोरीलाई तेजाव हानेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनीहरुकै छिमेकी रामबाबु पासवान रहेका छन् । चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दास र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि गत भदौ २६ गते राति करिब १२ बजे सुतिरहेको अवस्थामा तेजाव हानिएको थियो । पक्राउ परेका पासवान पीडितका बुवा जादोलाल दाससँगै किर्तिपुर अस्पतालमा कुरुवा बस्दै आएका थिए । प्रहरीले पासवानलाई पक्राउ गरेकोबारे केही विवरण सार्वजनिक गरेको छैन । तर पीडित किशोरीका बुवा जादेलालले छिमेकी पासवानलाई प्रहरीले पक्राउ गरेको बताएका छन् । उनलाई प्रहरीले सोमवार…

Read More

संगठन व्यवस्थित पार्दै एसपी राठौर, विवादित दुई सय प्रहरीको सरुवा

संगठन व्यवस्थित पार्दै एसपी राठौर, विवादित दुई सय प्रहरीको सरुवा

प्रनिश थापा, चितवन। समाज परिवर्तन गर्नु छ भने सुरुवात आफूबाट गर्नु पर्छ। यो भनार्इ जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरको हो । एसपी राठौरले पहिले आफुमा परिवर्तन ल्याउ , तब मात्रै अपराधीक गतिविधी नियन्त्रणमा लिन सक्छौं भन्दै मातहतका कर्मचारीलाई बारम्बार बिफ्रीङ्गका साथै निर्देशन गर्दै आएका छन् । जेठ २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासबाट चितवन जिल्ला सरुवा भर्इ आएका उनले आफ्ना कर्मचारीलाई सुधार्नु नै पहिलो कर्तव्य अनि दायित्व रहेको बताए । संगठन नै छवि बिगार्न तल्लीन छ भने अरुलाइ सुधार्न सकिदैन एसपी राठौरले भने, मैले…

Read More

न्यायिक समितीको प्रगती : एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो

न्यायिक समितीको प्रगती : एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो

पूर्वी चितवनको खैरहनी नगरपालिकामा गठन भएको न्यायिक समितिले बितेको एक वर्षमा २८ मुद्दाको मेलमिलापबाटै छिनोफानो गरेका छन् । नगरपालिकाका उपमेयर सुनिता थपलियाको नेतृत्वमा रहेको समितिले आर्थिक वर्ष ०७४/७५ मा २८ मुद्दाको मेलमिलापबाटै टुङ्ग्याएको हो । एक वर्षमा ३३ मुद्दा दर्ता भएकोमा २८ मुद्दाको छिनोफानो गरी पाँच मुद्दा नगरस्तरीय मेलमिलाप केन्द्रमा पठाइएको उपमेयर थपलियाले जानकारी दिइन् । न्यायिक समितिमा घरजग्गा मिचेको, घरेलु हिंसा, कुलो, साँध–सिमाना, ग्यारेज सञ्चालन, महिला हिंसा, श्रीमान्–श्रीमतीबिचको कलहजस्ता मुद्दा परेका थिए । सम्बन्ध विच्छेदबाहेक अन्य मुद्दालाई न्यायिक समितिले नै मेलमिलाप गरी टुङ्गो लगाउने गरेको उपमेयर थपलियाले बताइन् ।…

Read More

राष्ट्रिय लाखेनाच प्रतियोगिता असोज ३ मा

राष्ट्रिय लाखेनाच प्रतियोगिता असोज ३ मा

चितवन यही असोज ३ र ४ गते नारायणगढ बसपार्कमा छैठौँ राष्ट्रिय लाखेनाच प्रतियोगिता हुने भएको छ । लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा यस वर्ष ४० समूहले सहभागिता जनाउने भएका छन् । प्रतिष्ठानका अध्यक्ष निर्जललाल श्रेष्ठका अनुसार पूर्वको इलामदेखि सुदुरपश्चिमसम्मका समूहले सहभागिता जनाउने छन् । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने चार समूहले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गर्ने निर्वतमान अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी…

Read More

खोलाले बगाउँदा वृद्धाको मृत्यु

खोलाले बगाउँदा वृद्धाको मृत्यु

सिन्धुली र कटारी नगरपालिका–७ रिस्कुमास्थानीय कालीखोलाले बगाउँदा एक वृद्धाको मृत्यु भएको छ। शुक्रबार बेलुकी खोलाले बगाउँदा रिस्कु दनुवार बस्तीकी ६९ वर्षीया बुद्धिमाया दनुवारको मृत्यु भएको हो। छोरीको घर जान लाग्दा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। घटनास्थल कटारी नगरपालिकाबाट झण्डै १० किलोमिटरको दूरीमा पर्छ। अहिले प्रहरीको टोली घटनास्थल जाँदैछ।

Read More

दश दिनदेखि बेपत्ता तीन किशोरी अझै फेला परेनन्

दश दिनदेखि बेपत्ता तीन किशोरी अझै फेला परेनन्

नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती तामाङ, १७ बर्षीया सम्झना तामाङ र १७ बर्षकै हसिना भन्ने माया तामाङ रहेका छन् ।उनीहरु श्रीकृष्ण जन्माष्टीका दिन रथयात्रा हेर्न भनी खरानीटार गएका थिए ।जात्रा हेरेर साँझ फर्कने भनी घरमा जानकारी गराएर पनि अहिलेसम्म नफर्किएको शर्मिलाका बुवाले शुक्रबार बताए ।

Read More

मन्त्रालयको निर्देशनलाई समेत टेरेनन् मालपोत कार्यालयले

मन्त्रालयको निर्देशनलाई समेत टेरेनन् मालपोत कार्यालयले

प्रनिश थापा । चितवन , २८ भाद्र । सरकारी कार्यालयमा बिचौलीयाहरुको दादागिरी चल्छ भन्ने गुनासो सेवाग्राहीको नौलो होइन । तर, मन्त्रालयले दिएको सामान्य निर्देशनलाई समेत सरकारी कार्यालय टेर्दैनन् भन्दा यो थप अचम्म लाग्ला । तर यस्तै भएको छ चितवनको एक मालपोत कार्यालयमा । सेवाग्राहीको सबैभन्दा बढी भिडभाड हुने मालपोत कार्यालयमा बिचौलीयाले सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिन थालेपछि त्यसको नियमन गर्ने निकाय भुमिसुधार मन्त्रालयले बिचौलिया हटाउन र आवश्यक सुरक्षा प्रबन्ध मिलाउनका लागि गृह मन्त्रालयमार्फत विभिन्न प्रशासन कार्यालयहरुमा पटकपटक परिपत्र समेत गर्दै आएको छ । तर, चितवनमा भने अझै प्रभावकारी रूपमा कार्यान्वयन…

Read More

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ। गल्छीबाट काठमाडौंंतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नं को मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Read More

दर खाएर बिरामी हुनेको सङ्ख्या ३७९ पुग्यो

दर खाएर बिरामी हुनेको सङ्ख्या ३७९ पुग्यो

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको अहिले अस्पताल भर्ना गरी उपचार भइरहेको जनाएको छ । बाँकी उपचार गरी घर फर्किसकेको खड्काले जानकारी दिए । बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ को उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको अस्पतालका डा अनमोल श्रेष्ठले जानकारी दिएका छन् । पाँचखाल नगरपालिका–१२ काँसकोटमा रहेको ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आयोजना गरेको तीज विशेष दर…

Read More