बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट

बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट

तिलाठी कोइलाडी गाउँपालिका वडा न ८ तोपाकी एक महिलामाथि स्थानीयहरुले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका छन् । स्थानीय नारायण खंगका ८ वर्षीय छोरा महेशकुमार खंगको केही महिनाअघि मृत्यु भएको र बोक्सीले खाएको भन्दै रिसका कारण तोपाकी ४५ वर्षीया रामबत्तिदेवी खङ्गलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका हुन् । नारायण खङ्ग र उनकी श्रीमती किसनीदेवी खङ्ग, छोरा, छोरी र बुहारीसमेत मिलेर हात खुटा बाँधी निर्घात कुटपिट गरेको पीडित महिलाले बताउनुभयो । उहाँको श्रीमान दुई वर्षदेखि वैदेशिक रोजगारीमा मलेसियामा हुनुहुन्छ । पीडित महिलाले यसअघि पनि उनीहरुले पटक–पटक आफूमाथि बोक्सीको आरोपमा कुटपिट गर्दै आएको…

Read More

सप्तरीमा एक साता नबित्दै पुनः १४ वर्षिया बालिकाको बलात्कार

सप्तरीमा एक साता नबित्दै पुनः १४ वर्षिया बालिकाको बलात्कार

अनिल पोखरेल राजविराज, २७ असोज । ७१ वर्षीया वृद्धा र १४ वर्षीया बलात्कार भएको एक साता नबित्दै सप्तरीमा पुनः एक १४ वर्षीया बालिकाको बलात्कार भएको छ । बिहीबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका २ पातोमा १४ वर्षीया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन् । प्रहरीका अनुसार घरमा एक्लै रहेकी बालिकालाई केही काम छ भन्दै फकाएर कोठामा लगी छिमेकी १७ वर्षीय युवाले बलात्कार गरेको हो । बालिका बलात्कार गर्ने ती युवालाई शुक्रवार बिहान पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।बाललिकालाई जबरजस्ती गरेको सूचना आएपछि पुगेको प्रहरी टोलीले आरोपलाई पक्राउ गरी…

Read More

राजविराजमा ‘ग्याङ् फाइट’ एकजनाको मृत्यु

राजविराजमा ‘ग्याङ् फाइट’ एकजनाको मृत्यु

राजविराज– राजविराज–१ मा‘ग्याङ् फाइट’मा परि घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। सप्तरी सदरमुकाम राजविराज–१ मा गत मंगलबार दुई समूहबीच झडप भएको थियो। सो झडपका क्रममा गम्भीर घाइते भएका राजविराज–१ का भन्नालाल यादवका २१ वर्षीय छोरा प्रेमको ग्याङ् फाइटमा परि मृत्यु भएको पीडित परिवारले जनाएको छ। गाउँमै ग्याङ् फाइटमा परेका प्रेमको टाउकोमाथि काठको चिर्पटले प्रहार गरिएकाले रक्तश्राव बढी भएका कारण उनलाई तत्कालै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्य भएको पीडितका बुबा भन्नालालले बताए। मृतकका पारिवारिक स्रोतका अनुसार १२/१३ जनाको समूहले प्रेममाथि एक्कासी आक्रमण…

Read More

एकै घरका दुई मोटरसाइकल चोरी

एकै घरका दुई मोटरसाइकल चोरी

अनिल पोखरेल, राजविराज सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ विरेन्द्र बजारबाट गत १६ गते राती २ वटा मोटरसाईल चोरी भएको मध्ये एउटा फेला परेको छ । स्थानीय शिवदयाल भगतको छोरा रन्जित भगतको को ३३ प १५४२ नम्बरको २०० सिसिको पल्सर मोटरसाईकल सुनसरीको पकलीमा फेला परेको हो । रातको समयमा टोचन गरेर मोटरसाईकल लैजाँदै गरेको देखेर प्रहरीलाई शंका लागेपछी पछ्याउने क्रममा उक्त मोटरसााईकल छोडर भागेका थिए । गत साउन २० गते कान्छो छोरा संजिव भगतको नाममा रहेको ना५६प ७४८६ चोरी भएको मोटरसाईकल फिरौती तिरेर ल्याएको एक महिना नबित्दै पुनः चोरी भएको…

Read More

वडाध्यक्षसहित परिवारका सदस्य पक्राउ

वडाध्यक्षसहित परिवारका सदस्य पक्राउ

जनकपुरधाम उपमहानगरपालिका –९ का वडा अध्यक्ष पक्राउ परेका छन्। एशियाली विकास बैंकको ऋण सहयोगमा जनकपुरधाम उप–महानगरपालिकामा सञ्चालित एकिकृत सहरी विकास परियोजना अन्तर्गत सडक विस्तारको क्रममा पटक–पटक अवरोध सृजना गरेका अध्यक्ष परमेश्वर साहलाई प्रहरीले पक्राउ गरेको हो। जनकपुरधाम उप–महानगरपालिका – ९ मा बाटो विस्तारको क्रममा आफ्नो घर भत्काउन नमानी जवरजस्ती गर्न खोजेका वडा अध्यक्ष साहसहित उनको परिवारको केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएर घर भत्काएको छ। प्रहरीले वडा अध्यक्ष साहलाई उप–महानगरपालिकाकै आग्रहमा नियन्त्रणमा लिएर भत्काउन लगाईएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए। जनकपुरधामको पिरारी चौक देखि थापा चौक सम्मको घर नभत्काइएको कारणले…

Read More

एक भारतीयसहित तीन जना पक्राउ

एक भारतीयसहित तीन जना पक्राउ

धनुषा नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् । पक्राउपर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम–१४ रजौलका ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनी नेपाली नागरिकता दिने तयारी गरेका थिए । मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाका आधारमा प्रहरीले खानतलाशी गर्दा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको धनुषाका प्रहरी…

Read More

विदेशी ऋण लिएर रेल ल्याईए देशले भार थेग्न सक्दैनः डा.महत

विदेशी ऋण लिएर रेल ल्याईए देशले भार थेग्न सक्दैनः डा.महत

अनिल पोखरेल,राजविराज। नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. रामशरण महतले विना अध्ययन विदेशी ऋण लिएर रेल ल्याईए देशले भार थेग्न नसक्ने बताएका छन् । राजविराजमा विहीबार आयोजित प्रेस युनियन सप्तरीको छैठौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्नुहुँदै उनले यस्तो कुरा बताएका हुन् । व्यापक अध्ययन गरी प्रतिफल आउने वा नआउने हो । यस विषयलाई गम्भीरताकासाथ लिनुुपर्नेमा जोड दिँदै उनले भने ‘बिना अध्ययन विदेशी ऋण लिएर रेल ल्याईए देशले भार थेग्न सक्दैन, यस्तो कार्यलाई तत्काल रोक्नुपर्छ ।’ ऋण लिनुपर्ने नै हो भने रेल ल्याउने नाममा देशमा १५ देखि २० हजार किलोमीटर दुई लेनको पक्की…

Read More

नहरमा भेटियो महिलाको शव

नहरमा भेटियो महिलाको शव

सप्तरीको पूर्वी भेगमा पर्ने कञ्चनरुप नगरपालिका ७ स्थित चन्द्र नहरमा बिहीबार अपरान्ह महिलाको शव भेटिएको छ। मृत अवस्थामा नहरमा बग्दै आएकी महिला सप्तरीको सप्तकोशी नगरपालिका–१ बस्ने रामकुमार परियारकी श्रीमती वर्ष ५५ की सीता परियार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। कञ्चनरुपदेखि उत्तर पूर्व पर्ने सप्तकोशी नगरपालिकाकी मृतक सीताको शव नहरमा कसरी बग्दै आइपुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक महिलाको शवको पोष्टमार्टम सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गरिएको जनाएको छ।

Read More

चाडपर्वलाई लक्षित सप्तरी प्रहरीका योजना यस्ता छन्

चाडपर्वलाई लक्षित सप्तरी प्रहरीका योजना यस्ता छन्

अनिल पोखरेल, राजविराज दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सप्तरी प्रहरीले ११ बुँदे प्रतिवद्धतासहित विशेष सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यालयले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । चाडपर्वको समयमा हुन सक्ने झैंझगडा, चोरी, डकैती, लुटपाट, जुवातास, मादक पदार्थ सेवन लगायतका क्रियाकलापलाई लक्षित गरी जिल्लामा विशेष सुरक्षा योजना लागु गरिएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिएका छन् । बैकिङ्ग कारोबार गर्ने स्थानहरुमा रकम लुटिने र ठगिने घटनालाई मध्यनजर गर्दै आर्थिक काराबार हुने स्थानहरुमा विशेष निगरानी, साइकल र मोटरसाईकल सहितका क्यूआरटी टोली परिचालन, शक्तिपिठहरुमा…

Read More

१४ वर्षीया किशोरी बलात्कार प्रकरण : पाँच जनालाई दश वर्ष जेल

१४ वर्षीया किशोरी बलात्कार प्रकरण : पाँच जनालाई दश वर्ष जेल

उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ ।जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चार जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ । जिल्ला अदालतका नायब सुब्बा कमला निरौला १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष…

Read More