प्रकाण्ड गिरफ्तारीको विरोधमा उदयपुर बन्द, कटारीमा २ ठाउँमा भेटियो बम

प्रकाण्ड गिरफ्तारीको विरोधमा उदयपुर बन्द, कटारीमा २ ठाउँमा भेटियो बम

अभिमन्यु लामीछाने, उदयपुर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारीको विरोधमा आइतवार जिल्ला बन्दको घोषणा गरेको छ । नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जिल्ला ईन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले शनिबार संयुक्त रुपमा एक प्रेस विज्ञिप्त जारी गर्दै नेकपा नेता कार्यकर्तामाथको धरपकड, दमन र झुठा मुद्दा खारेजी गराउन उदयपुर बन्दको घोषणा गरिएको जनाएका छन् । ‘हाम्रो पार्टीको नेता कार्यकर्तालाई गैरन्यायिक गिरफ्तार गरी यातना दिने र झुठो मुद्दा लगाउने षडयन्त्रका विरुद्धमा भाद्र ३१गते उदयपुर जिल्ला बन्दको आह्वान गरेको छ’ शनिबार जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा…

Read More

गाउँमै दुध अभाव, दर खाने दिनमा समेत पाइएन

गाउँमै दुध अभाव, दर खाने दिनमा समेत पाइएन

तेह्रथुम गाउँमा दूध उत्पादन बढिरहेको छ । तर पनि स्थानीय बजारका उपभोक्ताले भने पैसा तिरेर पनि चाहिए जति दूध किन्न पाइरहेका छैनन् । पैसा तिरेर पनि बजारमा दूध नपाइएको म्याङलुङ बजारका तेजबहादुर खडकाले बताए । किसानले सिधै सहकारीमार्फत तराईमा रहेका डेरी उद्योगलाई बिक्री गर्ने भएकाले स्थानीय बजारमा दुध अभाव भएको हो । सडक पहुंच भएका बसन्तपुर, लसुने, जिरिखिम्ती, म्याङलुङ, शुक्रबारेलगायत बजारका उपभोक्ताले तीजको दरखाने दिन समेत पर्याप्त दूध नपाएको खड्काको गुनासो छ । किसान गाउँघरमै खुलेका सहकारी संस्थामार्फत पूर्वी तराईका डेरी उद्योगका व्यापारीलाई दूध बेच्छन् । बजारमा बेच्नुभन्दा सहकारी संस्थामार्फत दूध बिक्री गर्दा किसानलाई बढी…

Read More

नालीमा डुबेर पुजारीको मृत्यु

नालीमा डुबेर पुजारीको मृत्यु

झापाको गौरीगन्ज गाउँपालिकामा नालिमा डुबेर एक जना पुजारीको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–४ घर भई गौरीगंज गाउँपालिका–२ स्थित बगाह चौरीमा रहेको महाराजथान मन्दिरको कुटीमा बस्दै आएका ६० बर्षीय देवी प्रसाद ताजपुरीयाको नालिमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मन्दिरमा पुजा गरेर कोरोबारीतर्फ जाने क्रममा सडकबाट लडेर नालीमा डुबेको अवस्थामा ताजपुरीयाको शव स्थानीयले फेला पारेका थिए। मृतकको शव पोष्टमार्टमका लागि दमक स्थित आम्दा अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ।

Read More

तीजकै दिन हल्लियो पूर्वी नेपाल, ६.१ रेक्टर स्केलको भुकम्प

तीजकै दिन  हल्लियो पूर्वी नेपाल, ६.१ रेक्टर स्केलको भुकम्प

पूर्वी नेपालमा बुधबार बिहान भुकम्पको धक्का महसुस गरिएको छ। बिहान १० बजेर ३८ बजे भूकम्प गएको हो। ६.१ म्याग्नीच्युडको भुकम्पको धक्का महसुस गरिएको भुकम्प मापन केन्द्रले जनाएको छ । यद्दपी भारतीय मिडियाले भने ५.६ रेक्टर स्केलको धक्का महसुस गरिएको जनाएका छन् । भुकम्पको केन्द्रबिन्दू भारतीय सीमा नजिक भएको जनाइएको छ । भूकम्पका कारण घर, पोलहरू हल्लिएका थिए भने मानिसहरू डरले घरबाट बाहिर निस्किएका थिए। सुनसरी, मोरङ, झापा लगायतका ठाउँमा धक्का महसुस गरिएको थियो। पाँचथरमा पनि भूकम्पको धक्का महसुस भएको विवरण आएको छ। बंगलादेशका केही स्थानमा पनि यो भूकम्पको धक्का महसुस…

Read More

झापामा एक व्यपारीको हत्या

झापामा एक व्यपारीको हत्या

सोमवार अपहरणमा परेका झापाका एक व्यबसायीको हत्या भएको छ । कमल गाँउपालिका वडा नम्बर ६ घर भइ दमक ६ मा कपडा ब्यवसाय गर्दै आएका खेमराज पौडेलको मंगलवार बिहान गौरिगञ्ज गाउपालिका ६ स्थित नालामा शव फेला परेको प्रहरीले जनाको छ । नेपाल भारतको सिमा क्षेत्रमा उनको शव भेटिएको हो । उनको हत्या भएको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार उनी सोमवा देखि हराई रहेका थिए । इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक टेकेन्द्र पौडेलका अनुसार धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको देखिएको छ ।

Read More

चट्याङका कारण विद्धुत ट्रान्सफर्मर पड्कँदा सयौँ परिवार अन्धकारमा

चट्याङका कारण विद्धुत ट्रान्सफर्मर पड्कँदा सयौँ परिवार अन्धकारमा

हावाहुरी वर्षातसँगै परेको चट्याङका कारण विद्युत ट्रान्सफर्मर पड्कँदा इलामको दुई स्थानीय तहका सयौँ परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । वर्षात्सँगै गत बिहीबार परेको चट्याङबाट इलामको सूर्योदय नगरपालिका र माई जोगमाई गाउँपालिका क्षेत्रमा रहेका सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुगेको हो । सात वटा विद्युत् ट्रान्सफर्मरमा क्षति पुग्दा दुई स्थानीय तहका ९०० बढी परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका प्रमुख रविनबाबु घिमिरेका अनुसार पूर्वी इलामको सूर्योदय नगरपालिकाको वडा नम्बर १, २, ३ मा एकरएक वटा ट्रान्सफर्मर चट्याङबाट क्षति पुगेको हो । यस्तै सूर्योदय नगरपालिकाकै…

Read More

जनताबाट असुलेको कर दुरुपयोग गरेको भन्दै अर्धनग्न प्रर्दशन

जनताबाट असुलेको कर दुरुपयोग गरेको भन्दै अर्धनग्न प्रर्दशन

झापाको भद्रपुर नगरपालिकाले जनताबाट उठाएको करबाट नगरका चेलीलाई दर खुवाएको छ। नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायत नगरपालिका र विभिन्न महिला संघसंस्था गरी १५ सय जनाले दर खाएका छन् । तर जनताको करले दर खाएको भन्दै केही युवाले भने विरोध गरेका छन्। सिंहदरबार अगाडि नाङ्गो विरोध प्रदर्शन गरेर चर्चाको पात्र बनेका झापाका बिकेन लिम्बुले शुक्रबार भद्रपुर नगरपालिका अगाडि जनताको करबाट दर खाएको विरोधमा अर्धनग्न प्रदर्शन गरेका हुन्। भद्रपुर नगरपालिकाले जनताको करको बजेटबाट तीजको कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ पृथ्वीनगर निवासी बिकेन लिम्बुसहित दुई दर्जन बढी युवा प्रदर्शनमा सहभागी…

Read More

मुख्यमन्त्रीको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही अनुपस्थित

मुख्यमन्त्रीको भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही अनुपस्थित

  पोखरामा बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीको भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् । सबै मुख्यमन्त्रीहरुले आपसमा हातमा हात मिलाएर बैठकको उदघाटन गरेका छन् । सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् । अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा पोखरामा भइरहेको यो भेलालाई महत्वपूर्ण रुपमा लिइएको छ । यही २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा परिषदको बैठक बस्दैछ । परिषदको…

Read More

चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा

चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा

  सुत्केरीको मृत्यु भएपछि पाँचथरमा मृतकका आफन्तहरु आन्दोलनमा उत्रेका छनु ।याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो ।मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई यही भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ । स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका…

Read More

चट्याङबाट एक महिलाको मृत्यु

चट्याङबाट एक महिलाको मृत्यु

इलाम माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ । चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो । छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो । योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीयवासी टीकामाया योङहाङ र प्रकृति फत्र घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ ।

Read More