फ्लोअप: बाटोमै रोकिएको सिंहदरबार कहिले पुग्ला गाउँगाउँमा ? कार्यालय अझै राजधानीमै

फ्लोअप: बाटोमै रोकिएको सिंहदरबार कहिले पुग्ला गाउँगाउँमा ? कार्यालय अझै राजधानीमै

विनोद देवकोटा, टिभी अन्नपूर्ण । सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भन्दै हल्ला गरियो । निर्वाचनमा उम्मेद्वार बनेकाहरु घरघर पुगे । पार्टीका देखि गोरु बेचेकासम्म नाता लगाइए । घर देखि शहरसम्मका आश्वासन बाडिए । केन्द्र र जिल्ला धाउँदा धाउँदा हैरान भएका जनतामा पनि आशाको त्यन्द्रो पलायो । दुई दिन हिँडेर भोकै नाङ्गै भए पनि जनताले मत जाहेर गरे र विजयी गराए । जनतालाई घर आँगनमा सेवा दिन स्थानीय सरकार गठन भए । स्थानीय तहलाई नागरिकले सिंहदरबारजस्तै ठाने । तर, तिनै स्थानीय तहको कार्यालय पुग्न बाटैमा बास बस्नुपर्छ । निर्वाचन भएको वर्ष दिन पुरा भएर महिना…

Read More

प्रहरीकै मिलेमतोमा खेलाइन्छ जुवा-तास

प्रहरीकै मिलेमतोमा खेलाइन्छ जुवा-तास

दशै र तीहार नजिकिदैँ जाँदा समाजमा जुवा र तास खेल्नेहरु सल्बलाउन थालेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकाको मुख्य बौनिया बजारमा खलेआम जुवा खेल्ने र खेलाउनेहरु सक्रिय हुन थालेका छन् । पुर्व पश्चिम महेन्द्र राजमार्गसँग जोडिएका अधिकांस होटेलमा तास खेलाइने गरिएको स्रोतले बताएको छ । होटेलहरुमा शिक्षक, विद्यार्थी, सरकारी कर्मचारी, रानीतिक दलका कार्यकर्तासम्म तास खेल्न पुग्ने गरेको एक होटेल सञ्चालकले बताए । बौनियामा इलाका प्रहरी कार्यालय भए पनि यस क्षेत्रमा खासै प्रभावकारी काम गर्न सकेको छैन । बरु उल्टै प्रहरीले नै जुवा खेलाउनमा सहयोग गरेको स्रोतले बताएको छ । प्रहरीकै मिलेमतोमा…

Read More

तीन नगरपालिकाबाट ७८ जना महिला हराए

तीन नगरपालिकाबाट ७८ जना महिला हराए

कञ्चनपुरका तीन वटा नगरपालिका क्षेत्रबाट आव ०७४\७५ को असार मसान्तसम्म ७८ जना महिला हराएका छन् । बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाका विभिन्न स्थानबाट महिला हराएको भन्दै खोजतलासका लागि निवेदन परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हराएका ७८ महिलामध्ये २४ जना महिलामात्रै फेला परेका छन् । इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “अझै ५४ जना महिला फेला पर्न सकेका छैनन् ।” सबैभन्दा बढी वैदेशिक रोजगारमा गएका व्यक्तिका श्रीमती हराएका छन् । अर्कैसँग भागी विवाह गर्ने तथा रोजगारीको प्रलोभनमा परेर हराउने गरेको पाइएको छ । हराएका महिला बेचबिखनमा परेको…

Read More

पहिरोले एक जनाको मृत्यु, दर्जनौ बस्ती जोखिममा

पहिरोले एक जनाको मृत्यु, दर्जनौ बस्ती जोखिममा

बाजुराको बुढीगंगा नगरपालिका–१ मल्लाकुणीमा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया कला परी रहेको प्रहरीले जनाएको छ । शुक्रबार रातिको वर्षाले घर भत्किएर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । रिला, साउँदवाडालगायतका बिभिन्न बस्तीहरुमा पहिरोले घर भत्किएको प्रहरीले जनाएको छ। पहिरोका कारण बाजुराका दर्जनौ बस्ती जोखिममा परेका छन्। ठाउँठाउँमा पहिरो गएका कारण सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडक एक महिनादेखि अवरुद्ध छ।

Read More

डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

डेढ सय वर्षदेखि खलङ्गामा लाखे नाच

  इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु भएको डेढ सय वर्ष पुगेको छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट लाखे नाच शुरु गराएका थिए । अहिले यो नाच जिल्लाका सबै समुदायको साझा सम्पत्ति जस्तै भएको छ । जाजरकोटका सबै समुदायका मानिसले यसलाई साझा पर्वका रूपमा लिन थालेपछि यो नाच सबैको साझा सम्पत्ति भएको हो । भक्तपुरबाट जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले जिल्ला भित्र्याएका नेवार समुदायका गोविन्दमान भडेलले डेढ सय वर्षअघि शुरु गरेको लाखे नाच जाजरकोटको एउटा मौलिक र सामाजिक एकता दर्शाउने पर्व भएको स्थानीय दिनेश…

Read More

नदीमा पुल नहुँदा स्थानीयलाई समस्या

नदीमा पुल नहुँदा स्थानीयलाई समस्या

अविरल वर्षासँगै नदीमा पानीको बहाव उच्च भएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका ३ खैरेनीमा कुहिरा र काँडा नदीका कारण स्थानीय यो समस्या वर्षौँदेखि भोग्दै आएका छन् । निमार्णाधिन सेती लोकमार्गमा पर्ने रानिकुन्टा नदीमा पुल नहुँदा यहाँका स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको हो । चुरे पहाडबाट बगेर आउने बाढीको पानीले कुहिरा र काँडा नदीमा पानीको बहाव उच्च भएपछि नदी तर्न गाह्रो भएको हो । स्थानीयले वर्र्षौैदेखि यो समस्या भोग्दै आएको भए पनि उक्त नदीमा पुल बनाउन कसैले चासो दिएका छैनन् । उक्त बाटो भएर दैनिक ओहोर दोहोर…

Read More

टीकापुर घटनाको सुनुवाई प्रक्रिया बुधबारदेखि सुरु

टीकापुर घटनाको सुनुवाई प्रक्रिया बुधबारदेखि सुरु

कैलाली जिल्ला अदालतमा बुधबारदेखि टीकापुर घटनाको मुद्दामा सुनुवाई प्रक्रिया सुरु भएको छ । पहिलो पेशीपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईले भदौ २४ गते वादी र प्रतिवादीका साक्षीहरुलाई बुझ्ने आदेश दिएको छ । पूर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तहरुलाई अदालतमा झिकाइएको थियो । एक नाबालक र रेशम चौधरीसहित २६ जना विरुद्ध कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा छ । उनीहरु पूर्पक्षका लागि थुनामा छन् । एक जना नाबालक रहेकाले उनी पोखरास्थित बाल सुधार गृहमा छन् भने रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा राखिएको छ…

Read More

टीकापुर घटनाका अभियुक्त अदालतमा उपस्थित

टीकापुर घटनाका अभियुक्त अदालतमा उपस्थित

टीकापुर घटनाको तीन वर्षपछि अभियुक्तहरुलाई अदालत उपस्थित गराइएको छ ।पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तहरुलाई बुधबार जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । यसअघि साउन २४ मा तोकिएको पेशी जिल्ला न्यायाधीश पर्शुराम भट्टराई अस्वस्थ भएपछि बुधबारका लागि सारिएको थियो ।प्रतिवादीतर्फका कानुन व्यवसायी गंगाराम पाध्यायले बु्धबार नै मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादीतर्फको प्रमाण बुझेर साक्षी बोलाउन आदेश जारी हुन सक्ने बताए । टीकापुरमा भएको थरुहटरथारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालक सहित ७ प्रहरीको मृत्यु भएको थियो । त्यसको भोलिपल्टदेखि…

Read More

बलात्कारको घटनामा प्रहरीले उजुरी नै लिन मानेन

बलात्कारको घटनामा प्रहरीले उजुरी नै लिन मानेन

आफुमाथि बलात्कारको प्रयास भएको भन्दै एक महिलाले प्रहरीमा उजुरी गर्न जादा प्रहरीले घटना दर्ता नै गर्न नमानेको बताएकी छिन् । कैलालीको लम्कीचुहा नगरपालिका ६ पिपरकोटीकी ४० वर्षीया एक महिलाले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेकी हुन् । घटनाको सत्य तथ्य छानविन गरी दोषी माथि कारबाही गर्नुको साटो किटानी जाहेरी दिँदा समेत प्रहरीले विभिन्न बाहाना गर्दैै आलटाल गरिरहेको पीडित महिलाले आरोप लगाएकी छिन् । गाउँकै एक युवाको समूहले साउन २५ गते राति साढे १० बजे तिर फोन गरी अपशब्द बोल्दै गालि गलौज गरेको र केही समयपछि घरमा सुतेको समयमा आफुमाथि बलात्कारको…

Read More

सुचना टास गर्दै प्रदेश सभा बैठक स्थगित

सुचना टास गर्दै प्रदेश सभा बैठक स्थगित

प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ । आजको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक २०७५ टेबुल गर्ने कार्यसूची थियो । बैठक स्थगन हुनुपर्ने कारण भने बुझ्न नसकिएको सचिवालयका सचिव बालाराम शर्माले बताए । प्रदेशसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजेका…

Read More