आफ्नै मिडिया चलाउँदै प्रदेश सरकार

आफ्नै मिडिया चलाउँदै प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालनको तयारी गरेको छ । प्रदेश सरकारको सञ्चार हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेलिभिजन र रेडियो स्थापनाका लागि आवश्यक कानुन निर्माण गर्ने तयारी थालेको हो । चालू आवको बजेटमा प्रादेशिक सञ्चारमाध्यमको पूर्वाधार निर्माण एवं प्रवर्द्धनमा २ करोड, प्रादेशिक टेलिभिजन र रेडियो स्थापनाका लागि ८ करोड बजेट विनियोजन गरिएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले संघीय सरकारकै अभ्यासअनुरुप प्रदेश सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न सञ्चारमाध्यम खोल्न लागेको बताए। हाल सञ्चालित निजीरसामुदायिक सञ्चारमाध्यमहरुसँग सहकार्य जारी राख्ने उनको भनाइ छ। मन्त्री भण्डारीले पहिलो चरणमा टेलिभिजन र…

Read More

नापी कार्यालयमा बम बिस्फोट

नापी कार्यालयमा बम बिस्फोट

कालिकोटको नापी कार्यालयमा बम बिस्फोट भएको छ । खाँडाचक्र नगरपालिका १ कोटदरबारमा रहेको जिल्ला नापी कार्यालय र मालपोत कार्यालय, कालीकोटमा अज्ञात समूहले बम बिस्फोट गराएको हो। दिउँसो २ बजे तीनजनाको संख्यामा आएका अपरिचित ब्यक्तिले सँगै रहेका मालपोत र नापी कार्यालयको भित्तामा बम बिस्फोट गराएर भागेका थिए । बिस्फोट भएको ३० मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो । बिस्फोटले नापी कार्यालयको पछाडि पट्टीको भित्तामा क्षती पुगेको छ । विप्लव नेतृत्को नेकपाले गरेको नेपाल बन्द सफल पार्न कार्यकर्ताले नै बम बिस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेएको छ । यस्तै कर्णाली राजमार्ग अन्तर्गत…

Read More

कर्णालीमा खाद्यान्न अभाव, अझै १८ हजार मेट्रिक टन अपुग

कर्णालीमा खाद्यान्न अभाव, अझै १८ हजार मेट्रिक टन अपुग

गत आर्थिक वर्ष ०७४/७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहरकारी मन्त्रालयले दिएको तथ्याङ्कले गत वर्ष मात्रै कर्णालीलाई १८ हजार ४०७ मेट्रिक टन खाद्यान्न अपुग भएको देखाउँदछ । तथ्याङ्कअनुसार यस प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेक अन्य सात जिल्लामा वार्षिक खाद्यान्न अपुग हुने गरेको मन्त्रालयका प्राविधिक सहायक दीपेन्द्र श्रीवास्तवले जानकारी दिए । ‘आव ०७४र७५ रुकुमले धान गहुँ, मकैलगायतका उत्पादित बाली आफूले खाएर दुई हजार ६६४ मेट्रिक टन सञ्चित गरेको छ भने सुर्खेतले पाँच हजार ४०५ मेट्रिक टन…

Read More

गरीब प्रदेशका खर्चालु मन्त्री ६ महिनामा ६ लाख भ्रमण भत्ता

गरीब प्रदेशका खर्चालु मन्त्री ६ महिनामा ६ लाख भ्रमण भत्ता

कर्णाली प्रदेश सबै प्रदेशभन्दा आर्थिक रुपमा कमजोर भएको स्वयं सरकारले पनि भन्दै आएको छ । प्राकृतिक सुन्दरताले धनी मानिएको प्रदेश गरीब भएको विभिन्न संघ सस्थाले पनि आफ्ना तथ्यांकमा देखाएका छन् । तर यही गरीब भनिएको प्रदेशका मन्त्रीहरुले भने प्रदेश सरकारबाट भ्रमण खर्च बाफत ठुलो रकम लिएका छन् । प्रदेश सरकारका मन्त्रीहरूले नियुक्त भएको ६ महिनामा ६ लाख बढी रकम भ्रमण भत्ताका रूपमा बुझेका छन्। २०७४ फागुन ६ गतेदेखि असार मसान्तसम्म मन्त्रीहरूले ६ लाख २ हजार २ सय रुपैयाँ भ्रमण भत्ता बुझेका हुन्। जसमध्ये सबैभन्दा बढी कृषि मन्त्रीले बुझेकी छन् भने…

Read More

जुम्ला घटनाको छानबिन गर्न कार्यदल गठन

जुम्ला घटनाको छानबिन गर्न कार्यदल गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यही साउन ३ गते भएको घटनाको सत्यतथ्य छानबिन गर्नका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ ।कर्णाली प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कलानिधि पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । गठित कार्यदलमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्की र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृर्षबहादुर शाही सदस्य रहेका छन् ।उक्त कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिइएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका…

Read More

प्रदेश सभाहल नै चुहिन थाल्यो

प्रदेश सभाहल नै चुहिन थाल्यो

सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ । अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ । हल चुहिँदा प्रदेशसभा सदस्यहरु बैठकमा जोगिएर बस्नुपर्दछ । राजधानी सुर्खेतजस्तो ठाउँमा सभा भवन नै चुहिने भएपछि सबैलाई लज्जित बनाएको छ । यसो हुनुमा गुणस्तरहीन भवन, नियमित मर्मत् सम्भार नहुनु र घर पुराना हुँदै जानु हो भन्छन्, कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही । शैक्षिक तालीम केन्द्रमा सभाहल बन्ने कार्य तीव्रगतिमा भइरहेको छ । साउण्ड सिस्टमका लागि कोटेशन गर्न सरकारसँग बजेट माग गरिरहेका छौँ, सभामुख शाहीले…

Read More

सर्पले डसेर एकको मृत्यु

सर्पले डसेर एकको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डसेर मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीय हरिकला उपाध्यायलाई सर्पले डस्दा आज बिहान मृत्यु भएको हो । जामुस्थित बाढीपीडितको शिविरमा पालमुनी बस्दै आएकी हरिकलालाई सर्पले डसेपछि झारफुक गर्दागर्दै मृत्यु भएको हो । बिहान ५ बजेतिर उनलाई सर्पले डसेपछि उपचार गर्नुको सट्टा झारफुकमै बढी ध्यान दिँदा ८ बजे मृत्यु भएको पञ्चपुरी नगरपालिका–१० का वडा सदस्य नैनसिंह विकले जानकारी दिए । उनलाई बिहान शौचालय गएको बेला सर्पले डसेको थियो । उनी स्थानीय जनज्योति आधारभूत विद्यालय जामुमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

Read More

नयाँ शक्ति जुम्लाका संयोजक थापा मृत फेला,दुई जना पक्राउ

नयाँ शक्ति जुम्लाका संयोजक थापा मृत फेला,दुई जना पक्राउ

नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढथापा मृत अवस्थामा भेटिएका छन् । गयराति चन्दननाथ नगरपालिका ५ जुगाडखोला नजिकै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सोही नगरपालिका २ निवासी ४३ वर्षीय बुढथापाको शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको इर्मेजेन्सी कोठामा राखिएको छ। मुचुल्का पछि शवलाई मोष्टमाटम गरिने प्रहरीले बताएको छ । घटनाबारे विस्तुत जानकारी नआई सकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।घटना कसैले घटाएको आंशकामा प्रहरीले सनलाइट होटलका साहु खड्गजित रोकाया, एङ्गल लामालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

Read More

पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु

जाजरकोटको भेरी नगरपालिका अन्तर्गतको ठाँटीबजार नजिकै पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। स्थानीय तीर्थ बोहराको घर भत्किँदा उनको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारकी श्रीमती, दुई छोरा र एक छोरीको मृत्यु भएको हो। लोहारलाई भने जीवितै उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। जिल्ला अस्पतालमा उनको उपचार भइरहेको छ। स्थानीय गोपाल सुनारको घर समेत पहिरोले पुरेको छ। घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ।

Read More

पाँच जना बालबालिका रहेको २ घर पहिरोले पुरियो

पाँच जना बालबालिका रहेको २ घर पहिरोले पुरियो

जाजरकोट जिल्लाको भेरी नगरपालिका– ३ ठाँटीबजारमा पहिरोले दुई वटा घर पुरिएका छन् । आज बिहान ८ बजेतिर पहिरो खसेको हो । घरभित्र ५ जना बालबालिका रहेको जानकारीका आधारमा प्रहरी र स्थानीयले उद्धार सुरु गरेका छन् ।अहिलेसम्म ती बालबालिका बारे एकिन हुन सकेको छैन।

Read More