शनिवार पनि खुल्ला जिल्ला प्रशासन कार्यालय

शनिवार पनि खुल्ला जिल्ला प्रशासन कार्यालय

दाङको जिल्ला प्रशासन कार्यालयले शनिवार पनि सेवा दिन थालेको छ । बिदाको दिन पनि सेवा दिने कार्यको थालनी आजदेखि सुरु भएको छ । बिहान ११ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने गरिएको छ । पहिलो दिन पनि बिभिन्न सेवाग्राहीले सेवा लिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताए । व्यस्त नागरिकहरुलाई मध्यनजर गरी शनिबार पनि सेवा दिन थालिएको र यसबाट बिभिन्न पेशा व्यवसायमा संलग्न नागरिक लाभान्वित भएको उहाँले बताउनुभयो । अरु दिन मानिसहरु आ–आफ्नो पेशा व्यवसायमा व्यस्त हुने भएकाले बिदाको दिन सेवा लिन सजिलो होस् भनेर शनिबार पनि सेवा दिन…

Read More

भारतीय बाँधका कारण गाउँ नै बगाउने खतरा,भगवानको भरोसामा स्थानीय

भारतीय बाँधका कारण गाउँ नै बगाउने खतरा,भगवानको भरोसामा स्थानीय

शम्भु माली, कपिलवस्तु । सीमा क्षेत्रमा भारतीयले निर्माण गरेका बाँधका कारण कपिलवस्तुका विभिन्न क्षेत्र डुबानमा पर्ने भएका छन् ।  भारतले निर्माण गरेको नहर र नहर बाधबाट जिल्लाको क्षेत्र नं. २ यशोधरा गाउँ पालिकाका विभिन्न वडाहरू डुबानमा परेका हुन् । वार्ड नं. ७ सोमडिह र ८ सिहोखोर र महाराजगन्ज नगर पालिकाको वडा नं. १० र ८ हरदौना, कजरहवा वडाको गांउहरुको एक हजार बढी बिगहा जग्गा डुबान हुने स्थानीयले बताएका छन् । भारत उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला शोहरतगढ क्षेत्र अन्तरगत र बलरामपुर जिल्लाको नेपाल सीमाको दश गजा देखी नजिकै शोहरतगढ तहशीलमा पर्ने…

Read More

कैदीबन्दी आन्दोलनमा, २ कैदी घाइते

कैदीबन्दी आन्दोलनमा, २ कैदी घाइते

कारागारका चौकीदार, नाइके, भाई नाइके लगायत चारजनाको सरुवा माग गर्दै जिल्ला कारागार पाल्पाका कैदीबन्दी आन्दोलित भएका छन । कैदीबन्दीले मुल नाइके लक्ष्मण चौधरी, चौकीदार विश्वास गुरुङका साथै देवनारायण ढुंगाना र लोकबहादुर खाँडको सरुवाको माग गरेका हुन् । कारागारका चौकीदारलगायत चार जनाले अन्यलाई हेपेको, दमन गरेको, पाउने रकम नदिएको लगायतका आरोप उनीहरुले लगाएका छन । कैदीबन्दीका अनुसार लामो समयदेखि उनीहरुले कारागारभित्रै लागूऔषध भित्र्याउने गरेका छन् । ब्राउनसुगर, गाँजा, सुईजन्य, डाइजोपम, नर्फिन लगायतसमेत भित्रिने गरेको छ । तर कारागार प्रशासन, त्यहाँ कार्यरत सुरक्षाकर्मीले यस विषयमा कुनै वास्ता नगरेको कैदीबन्दीको आरोप छ ।…

Read More

व्यवस्थापनको चरम लापरवाहीः सरकारी अस्पतालका डाक्टर निजी क्लिनिकमा, ओपीडी कक्षमा ताला(भिडियोसहित)

व्यवस्थापनको चरम लापरवाहीः सरकारी अस्पतालका डाक्टर निजी क्लिनिकमा, ओपीडी कक्षमा ताला(भिडियोसहित)

शम्भु माली, कपिलवस्तु । व्यवस्थापकिय लापरवाहिका कारण तौलिहवा अस्पताल अस्त व्यस्त बनेको छ । कपिलवस्तु सदरमुकाम तौलिहवा स्थित क्षेत्रकै पुरानो अस्पतालमा कार्यरत डाक्टर निजी क्लिनिकमा बिरामी जाँच्न व्यस्त भएपछि अस्पताल अस्त व्यस्त भएको हो । सरकारी अस्पतालका डाक्टर निजीमा व्यस्त भएपछि बिरामी भने मर्कामा परेका छन् । बिहिबार बिहान पौने ११ बजे अस्पतालको ओपिडीमा पुग्दा ओपीडी कक्षमा ताला लागेको थियो भने हात हातमा पुर्जी लिएका बिरामी डाक्टर कुरेर बसेका थिए । अस्पतालमा ओपिडीको ड्युटी डाक्टर कात्यायनी पाण्डेय र डाक्टर किशोर बन्जाडेको रहेको खुल्न आए पनि ११ बजे सम्म दुबै डाक्टर ओपिडीमा…

Read More

घरको मूल ढोकामा नागको चित्र लगाउँदै नाग पञ्चमी मनाइँदै

घरको मूल ढोकामा नागको चित्र लगाउँदै नाग पञ्चमी मनाइँदै

शम्भु माली, कपिलवस्तु । घरको मूल दैलोमा नागको चित्र टाँस्दै पूजा आजा गरी आज नाग पञ्चमी मनाइँदै छ । घरको चारैतिरबाट गाईको गोबरले लिप पोत गरी नागको चित्र लगाउनाले वर्ष भरी नै सर्प बिच्छी लगायतका विषालु जीवले हानी नगर्ने जन विश्वास छ । प्रत्येक वर्ष श्रावण शुक्ल पक्ष पञ्चमीका दिन बिहान सबेरै नुहाइ धुवाई गरी चोखो भई घरमा लिपपोत गरी शुद्ध गरिसकेपछि घरको मूलढोकामाथि नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुबो चढाई पूजा अर्चना गरिने चलन रहेको छ । रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ…

Read More

बोक्सी आरोपमा दुव्र्यवहार गर्ने दुई महिला पक्राउ

बोक्सी आरोपमा दुव्र्यवहार गर्ने दुई महिला पक्राउ

हरी सुवेदी, पाल्पा । ६० वर्षीया ज्येष्ठ नागरिकलाई बोक्सी आरोपमा दुव्र्यवहार गर्ने दसई महिला पक्राउ परेका छन् । पाल्पा निस्दी गाउँपालिकाकी महिलालाई दुव्र्यवहार गरेको भन्दे नवलपुर बिनय त्रिबेणी गाउँपालिका वडा नम्बर ३ धारादी ३ की १६ वर्षीय तमसरी सिंजाली र मध्यबिन्दु नगरपालीका वडा नम्बर १४ बस्ने १८ बर्षिया गिता कामु लाई पक्राउ गरीएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।यही श्रवाण १२ गते दिउसो बोक्सी लगाएको भन्दै ति ज्येष्ठ नागरीकालार्इ उनीहरुले गाउलेको बिचमा सार्वजनिक रुपमा गालीगलोज गरेका थिए । गालीगलोज र दुब्र्यवहार गरेको भिडियो सामाजिक संजालमा आएपछि घटनामा संलग्न…

Read More

कर्मचारीको मिलेमतोमा कार्यालयबाटै मिटरबक्स गायब

कर्मचारीको मिलेमतोमा कार्यालयबाटै मिटरबक्स गायब

बुटवलस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण कार्यालयबाटै कर्मचारीको मिलेमतोमा मिटरबक्स हराउने गरेको पाइएको छ । कार्यालयबाट हराएका मिटरबक्स ग्राहकबाट मोटो रकम असुल गरी जडान गरेको पाइएको हो । चोरीका मिटरबक्स सेवाग्राहीको घरमा जडान गरिदिने, तर मिटर रिडिङ गर्न नजाने भएपछि रहस्य खुलेको हो ।रुपन्देहीको देवदहलगायत क्षेत्रमा जडान गरिएका विद्युत्का मिटरबक्सबारे विद्युत् कार्यालयमा अभिलेख नभेटिएपछि विद्युत् महसुल उठाउने कार्यसमेत प्रभावित भएको छ । कार्यालयका केही कर्मचारीले मिटरबक्सका लागि तिर्नुपर्नेभन्दा बढी रकम ग्राहकबाट लिएर जडान गरेको, तर ती जडान गरिएका मिटरबक्सको कार्यालयमा इन्ट्री नगरेका कारण ‘मिटर रिडिङ’ नै हुन सकेको थिएन । झन्डै २ वर्षसम्म पनि मिटर रिडिङका…

Read More

मकै पोल्नेलाई दैनिक कर उठाईदै

मकै पोल्नेलाई दैनिक कर उठाईदै

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्नुपर्ने भएको छ । खसी बेच्नेले डेढ सय कर बुझाउनुपर्छ । नगरपालिकाले पशु करलगायत विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ ।

Read More

जिल्लालाई सञ्चारमैत्री बनाउने प्रमुख जिल्ला अधिकारी पोख्रेलको प्रतिवद्दता

जिल्लालाई सञ्चारमैत्री बनाउने प्रमुख जिल्ला अधिकारी पोख्रेलको प्रतिवद्दता

शम्भु माली, कपिलवस्तु । कपिलवस्तु जिल्लामा सरुवा भै आएका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले जिल्लाका सरकारी कार्यालयलाई सञ्चारमैत्री बनाउने प्रतिबद्धता जनाएका छन । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा कर्मचारी मिलन केन्द्रले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरे । सञ्चार माध्यम र सञ्चारकर्मीले शुसासन, जवाफदेहिता र पारदर्शिताका विषयमा बनाउने समाचारमा आफनो पुर्ण साथ र सहयोग रहने उनले विश्वास दिलाए । जिल्लाका सम्पुर्ण सरकारी निकायलाई जवाफदेही र शुसासन युक्त बनाउन कुनै कसर नराखिने बताउदै सबै सरकारी निकायलाई सञ्चारमैत्री बनाउने उनले बताए । कार्यक्रममा सञ्चारकर्मीले राखेको नदीजन्य पदार्थको चोरी…

Read More

सवारी दुर्घटनामा परि २ को ज्यान गयो

सवारी दुर्घटनामा परि २ को ज्यान गयो

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ बेसक्याम्प चोक दुम्किबासमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९७ ५९ नम्बरको बलेरो गाडी र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु २० प ५१७ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।दुर्घटनामा प्युठान जिल्लाको लिवाङ ८ निवासी ३२ वर्षीय जगतबहादुर परियार र मोटरसाइकल पछाडि सवार सोही ठाउँकै १० वर्षीय बालक विवेक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जगतबहादुर र विवेक मामा-भान्जा हुन् ।ठक्कर दिने गाडी र त्यसको चालकलाई…

Read More