यसरी लुट्यो पहिरोले मानबहादुरको खुशी

यसरी लुट्यो पहिरोले मानबहादुरको खुशी

अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्किएकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो । बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए । निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले लुटेपछि अहिले उनको न साथ रह्यो, नत बास नै ।शाही साताअघि मात्र गाईवस्तुसहित घरमाथिको गोठ गएका थिए । घरमा श्रीमती, बुहारी र तीन वर्षीय नाति विनोद शाही थिए । भाग्यले विनोद भने बाँच्न सफल भएका छन् । गोठबाट घर फर्कंदा न घर छ, न…

Read More

चार बालिकामाथि मुख मैथुन गर्ने प्रधानाध्यापक जेल चलान

चार बालिकामाथि मुख मैथुन गर्ने प्रधानाध्यापक जेल चलान

आफैले पढाउने बालिकामाथि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो ।थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । फलेवास नगरपालिका–६ मा रहेको माझीगाउँ प्राविमा अध्ययनरत सातदेखि बाह्र वर्ष उमेरका तीन बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सोही उमेर समूहकी अर्की बालिकालाई पटक–पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते उनलाई पक्राउ गरिएको थियोप्रअ…

Read More

निकुञ्ज भित्रै एकसिङ्गे गैंडा मृत फेला

निकुञ्ज भित्रै एकसिङ्गे गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा अन्दाजी ३०–३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । निकुञ्जको टोली गस्तीमा जाँदा गैंडा मृत भेटिएको थियो । गैंडाको दाह्रासमेत खिइएकाले बूढो भएर मरेको हुनसक्ने अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकहरुले गरेका छन् । चालु आर्थिक वर्षमा गैंडा मरेको यो पहिलो घटना हो ।

Read More

एउटै वडाका २ कार्यालय

एउटै वडाका २ कार्यालय

सेवा प्रवाहमा भौगलिक कठिनाइ भएपछि तनहुँको भानु नगरपालिका ५ को वडा समितिले दुईवटा कार्यालय सञ्चालनमा ल्याएको छ । उच्च भेगका लागि गरमभञ्ज्याङ र बेंसीका लागि सेपा बगैंचामा कार्यालय राखिएको वडाध्यक्ष प्रकाश मल्लले बताए । उनले भने, ‘जोर र बिजोर बारमा मिलाएर दुवै कार्यालयमा जनप्रतिनिधि र कर्मचारी उपस्थित भएर सेवा दिनेछन् । गरमभञ्ज्याङमा भाडाको घरमा कार्यालय छ भने सेपा बगैंचामा सरकारी भवनमै कार्यलय सञ्चालनमा छ । स्थानीय तह पुनर्संरचनासँगै वसन्तुपर, मिर्लुङ, रिस्ती, सतिस्वारा, तनहुासुर, चोकचिसापानी, पुर्कोट र रूपाकोट गाविस पनि गाँभिएपनि एकै स्थानबाट सेवा प्रवाह गर्दा सेवाग्राही समस्यामा परेका थिए ।

Read More

बस र ट्रक ठोक्किँदा १६ घाइते

बस र ट्रक ठोक्किँदा १६ घाइते

बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन्। दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ एक आपसमा ठोक्किएका हुन। दुर्घटनामा गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ्। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

कालीगण्डकीले बगायो धवलागिरी आधारभुत विद्यालय, पहिरोमा सासुबुहारी बेपत्ता

कालीगण्डकीले बगायो धवलागिरी आधारभुत विद्यालय, पहिरोमा सासुबुहारी बेपत्ता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीस्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण कालीगण्डकीले धार परिवर्तन गरेर कटान गर्दा बुधबार बिहान ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए। कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत छन्। नदी कटानका कारण पर्यटकीय जिल्ला मुस्ताङ प्रवेश गर्ने पदमार्गमा रहेको कोप्चेपानीको बस्ती पनि जोखिममा परेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए। कोप्चेपानीमा २६ घरपरिवारको बसोबास छ। कालीगण्डकी बस्तीको करिब पचास मिटर नजिकबाट बग्न थालेको छ। वर्षाका कारण कालीगण्डकीको बहाब उच्च बनेको छ।…

Read More

नवलपरासीमा दुई ट्रकमा आगजनी

नवलपरासीमा दुई ट्रकमा आगजनी

फाईल फोटो पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरिएको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।आगजनीबाट ट्रकमा क्षति पुगेकोे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा आज नेपाल बन्द आव्हान गरिएको छ ।बन्दको पूर्वसन्ध्यामा आगजनी गरेकाले उक्त आगजनी त्यही पार्टीका कार्यकर्ताहरुले गरेको आशंका प्रहरीले गरेको छ ।

Read More

बाग्लुङमा गोठ भत्किदाँ ९ वटा गाई भैसी पुरिए

बाग्लुङमा  गोठ भत्किदाँ ९ वटा गाई भैसी पुरिए

बाग्लुङको निसीखोलाका एक कृषकको गोठ भत्किदाँ पालेका ९ वटा गाईवस्तु पुरिएर  मरेका छन । बिहान ३ बजेको समयमा एक्क्कासी गोठ भत्किएर वस्तुभाऊ पुरिएको देविस्थान वडाअध्यक्ष इन्द्र मल्लले जानकारी दिए । जस्तापाताले छाएको २ तले गोठ निक्कै पुरानो भएकाले भत्किएको अनुमान छ । स्थानीय चुडामणी शर्माका ३ दुहुना भैसी, ४ वटा गोरु एउटा गाई र एउटा बाच्छो पुरिएर मरेका छन । प्रहरीका अनुसार कृषकको झण्डै ५ लाख बढिको क्षति भएको जानकारी दिए ।

Read More

पढ्ने धोको पूरा भएकोमा दंग छन् आमाहरु

पढ्ने धोको पूरा भएकोमा दंग छन् आमाहरु

कमल खत्री बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् । सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको छ । पुन जस्तै पढ्ने रहर अधुरै भएका कतिपय आमाहरुका लागि यो विद्यालय साक्षर बन्ने सपना पूरा गर्ने थलो बनेको छ । कक्षा १ मा भर्ना भएर अध्ययन गरिरहेकी पुन अहिले खुशी…

Read More

जमीन भासिएपछि ३२ घर उच्च जोखिममा

जमीन भासिएपछि ३२ घर उच्च जोखिममा

फाइल फोटो लमजुङको दोर्दीमा जमीन भासिएपछि खिमचोक गाउँका ३२ घर उच्च जोखिममा परेका छन् । निरन्तर परेको वर्षाका कारण एक साताअघि दोर्दी –८ खिञ्चोकस्थित खिञ्चोक–जल्गेनी सडक भासिएको थियो । जिल्ला प्रशासन कार्यालबाट गएको प्राविधिक टोलीले दिएको प्रतिवेदनका अनुसार तत्कालका लागि ती घर स्थानान्तरण गर्नुपर्ने हुन्छ । प्राविधिकको प्रतिवेदनका आधारमा मंगलबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा रहेको बस्तीलाई तत्कालका लागि गाउँ नजिकै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ । सडकसँगै अन्य जमीन पनि भासिन थालेपछि गाउँ नै जोखिममा परेको हो । जोखिममा रहेका स्थानीयवासीलाई तत्कालका लागि अस्थायी स्थानान्तरण…

Read More