चितवन राष्ट्रिय निकुञ्जमा जन्मियो अर्नाको पहिलो पटक बच्चा

चितवन राष्ट्रिय निकुञ्जमा जन्मियो अर्नाको पहिलो पटक बच्चा

कोशीटप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको अर्नाले बच्चा पाएको छ । प्रजाति संरक्षणका लागि ल्याइएको अर्नाले पहिलो पटक बच्चा जन्माएको हो । राष्ट्रिय निकुञ्जस्थित ईन्क्लोजरमा राखिएको अर्नाले विहीवार दिउँसो दुई बजे पाडी पाएको हो । संरक्षणसँगै संख्या बढाउनका ल्याइएको अर्नाले बच्चा जन्माउँदा संरक्षणकर्मी खुसी भएका छन् । अर्नाले बच्चा पाएपछि संरक्षणमा ठुलो उपलब्धि मानिएको छ । ‘ नयाँ बच्चा जन्मनु राम्रो संकेत हो’, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘बासस्थान के होला भन्ने लागेका बेला बच्चा पाएपछि हामी सफल भएका छौँ ।’ योसँगै चितवन राष्ट्रिय निकुञ्जमा…

Read More

छ दर्जन घर पहिरोको जोखिममा

छ दर्जन घर पहिरोको जोखिममा

सिन्धुपाल्चोक अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् । भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिनुभयो । करीब ४० मिटर माथिबाट झरेको पहिरो र तलबाट समेत बगेपछि छिमेकी दुई जनाको घरसमेत उच्च जोखिममा परेको छ । मध्यरातमा पहिरो आएको थाहा पाएपछि भूपेन्द्र खड्का र सरोज खड्काको परिवार राति नै भागेर सुरक्षित ठाउँमा बसेका छन् । बाह्रबिसे नगरपालिका–४ ओख्रेनीमा करीब एक हजार मिटर माथिबाट झरेको…

Read More

कारमा ढुङगा हान्ने अध्यक्ष सहित दुई बन्दकर्ता पक्राउ

कारमा ढुङगा हान्ने अध्यक्ष सहित दुई बन्दकर्ता पक्राउ

धादिङ काठमाडौंबाट  धादिङ सदरमुकाम आइरहेको निजी कारलाई जंगलबाट ढुङगा हान्ने दुई जना बन्दकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । उक्त कारलाई मलेखुदेखि सदरमुकाम आउने कालुपाण्डे मार्गको मुक्तिनाथ मन्दिर जंगलबाट ढुंगा प्रहार गरिएको थियो । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका–५ बस्ने १५ वर्षीय रोशन श्रेष्ठ र चितवन घर भएका २२ वर्षीय ईश्वर पाण्डे रहेका छन् । पाण्डे नेपाल बन्द आयोजक विप्लव समूहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष पनि हुन् । काठमाडौंबाट धादिङवेसीतर्फ आउँदै गरेको नीलकण्ठ आयल स्टोर्सका मालिक टंक श्रेष्ठको बा ६ च ४९९५ नम्बरको निजी कारमा मंगलबार दिउसो ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । ढुङगा…

Read More

विप्लव कार्यकर्ता द्वारा स्कुल बसमा आगजनी

विप्लव कार्यकर्ता द्वारा स्कुल बसमा आगजनी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।  मंगलबार बिहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो। भन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको स्कुल बस पूर्ण रुपमा क्षति पुगेको पालुङ प्रहरीले जनाएको छ।  त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ। राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी…

Read More

गोगंबुदेखी गल्कोपाखा रुटमा १७ नयाँ ठुला गाडी चल्ने, दुर्घटना जोखिम बढेको भन्दै स्थानीय त्रसित

गोगंबुदेखी गल्कोपाखा रुटमा १७ नयाँ ठुला गाडी चल्ने, दुर्घटना जोखिम बढेको भन्दै स्थानीय त्रसित

गोंगबुदेखि गल्कोपाखा हुदैं लैनचौर रत्नपार्क रुटमा दिगो यातायातका गाडी चल्ने भएपछि स्थानीय त्रसित बनेका छन । फुटपाथ बिनाको अत्यान्तै साँघुरो बाटोमा सडकको साईजभन्दा फराकिला गाडी चलाउने भएपछि दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीय त्रसित बनेका हुन । यो सँगै एसियाली विकास बैंक (एडिबी)को समेत सहयोगमा सोमबारदेखि १७ वटा अत्याधुनिक बस संचालनमा आएका बसले सिनामंगलसम्म चल्ने छन । एडिबीले काठमाडौं दिगो शहरी यातायात आयोजनाअन्तर्गत रहने गरी सहयोग गरेपछि सञ्चालनमा आएका बस सञ्चालन हुने रुटको सामान्य अवलोकन समेत नगरि सञ्चालनको तयारी गरिनुले यो यात्रा जोखिमपूर्ण हुने देखिएको छ । बस खरिद गर्नका लागि…

Read More

हनुमन्ते खोलामा शव फेला

हनुमन्ते खोलामा शव फेला

कमलविनायकबाट आइतबार हराएका शङ्कर तामाङ आज मृतावस्थामा फेला परेका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ घर भई हाल भक्तपुर नगरपालिका–१० भत्केको पाटी बस्ने ४२ वर्षीय तामाङ हनुमन्ते खोलामा मृत फेला परेका हुन् । हनुमन्ते खोलाले बगाई ल्याउँदै गरेका अवस्थामा प्रहरीले मध्यपुरथिमि–४, शंखधरचोकस्थित चाणक्य कलेजको पछाडिबाट उनको शव निकालेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवती रमण पोखरेलले जानकारी दिए  । शवको परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ । यसैबीच मध्यपुरथिमि–४ स्थित नेपाल कोरिया मैत्री अस्पताल नजीकको विष्णुकुण्डल पोखरीमा आइतबार सिन्धुपाल्चोक बराम्ची–३ घर भई हाल मध्यपुरथिमि– ७ भीमसेनचोक बस्ने १८ वर्षीय विवेक…

Read More

तीन वर्ष टहरामा बसेर बनाएको घर फेरी पहिरोले पुर्यो

तीन वर्ष टहरामा बसेर बनाएको घर फेरी पहिरोले पुर्यो

सिन्धुपाल्चोकमा भूकम्पले घर भत्काएपछि तीन वर्ष अस्थायी टहरोमा बसेर हालै नयाँ घरमा सरेका चौतारा साँगाचोकगढी नगरपालिका-१ रिमलाल विश्वकर्माको त्यो घर पनि पहिरोले पुरियो ।बालबच्चा र आफ्नो ज्यानसमेत बल्लबल्ल बचाए । घरमा भएको केही सामग्री पनि निकाल्न पाएनन् । उनको परिवार फेरि अस्थायी टहरोमा नै बस्न बाध्य भएका छन् ।भोटेकोशी गाउँपालिका-५ का पासाङ नर्बु शेर्पाको भोटेकोशी नदी छेउमै रहेको घर पनि बाढी र पहिरोले बगाएको छ । घर पहिरोले लगेपछि यतिबेला उनी आफन्तको बसिरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-५ का कारसाङ तामाङको पनि भूकम्पपछि भर्खरै निर्माण सम्पन्न भएको पक्की घर पहिरोले…

Read More

डाक्टरले लगाउने पञ्जा पनि बिरामीले किन्नुपर्ने

डाक्टरले लगाउने पञ्जा पनि बिरामीले किन्नुपर्ने

जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि बिरामी आफैँले औषधि खरिद गर्नुपर्ने अवस्था आएको छ । डाक्टरले प्रयोग गर्ने पञ्जा, निःशुल्क वितरण गर्ने औषधि तथा अन्य सामग्री नभएपछि सेवाग्राहीले नै खरिद गरेर जिल्ला अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । जिल्ला अस्पतालमा उपचारका लागि पुगेकी पार्वती लम्सालले यसअघि अस्पतालले नै खरिद गर्ने गरेको आइभि सेट, सूई र डाक्टरले प्रयोग गर्ने पञ्जासमेत बिरामीले खरिद गर्नुपर्ने अवस्था आएको बताए । बिरामी लिएर जिल्ला अस्पताल जाँदा अस्पतालका डाक्टरले आफैँले उपचार सामग्री र औषधि खरिद गर्नुपर्ने बताउने गरेको राजन श्रेष्ठको भनाइ छ ।…

Read More

पौडी खेल्ने क्रममा तादी खोलामा युवक बेपत्ता

पौडी खेल्ने क्रममा तादी खोलामा युवक बेपत्ता

तादी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन्। तादी खोलामा बुधबार पौडी खेल्ने क्रममा दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डितलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। साथीसँग खोलामा पौडी खेल्ने क्रममा खोलाले उनलाई बगाएको प्रहरीले जनाएको छ। बेपत्ता भएका पण्डितको खोजी स्थानीय बासिन्दा, आफन्त तथा प्रहरीले गरिरहेका छन्।

Read More

प्रहरीलाई भ्रममा पार्न छोरा अपहरणमा परेको गलत सूचना दिने पक्राउ

प्रहरीलाई भ्रममा पार्न छोरा अपहरणमा परेको गलत सूचना दिने पक्राउ

छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैतडी पाटन स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले विहिवार नियन्त्रणमा लिएको हो।विष्टले आफ्नो २० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको भनी बुधबार महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको कन्ट्रोल नं १०० मा कल गरी जानकारी गराएका थिए। सो सम्बन्धमा अनुसन्धान गर्ने क्रममा निज राकेश विष्टको खोजतलास गरी महाशाखामा ल्याई सोधपुछ गर्दा अपहरणमा परेको भन्ने गलत सूचना भएकोले प्रहरीलाई भ्रममा पार्न खोजेकाले आवश्यक कानूनी कारवाहीको लागि नियन्त्रणमा लिइएको महाशाखाले…

Read More