नयाँ शैलीबाट गाँजा तस्करीः लागूऔषधसहित एक जना पक्राउ

नयाँ शैलीबाट गाँजा तस्करीः लागूऔषधसहित एक जना पक्राउ

शरीरमा शेटिङ गरी टेप लगाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नपा ५ का ३१ वर्षीय अनिल सापकोटा रहेका छन् । उनलाई लाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीमा क्षेत्रमा कडाई गरिएपछि तस्करहरुले नयाँ तरिका अपनाएका हुन् । उनले शरीरमा सेटिङ गरी टेप लगाएर ५४र५४ गोटा डाइजोल्याब, नोफिन र फेनारगन उनको साथबाट बरामद भयो । विगतमा मालसामानमा वा सवारीसाधनमा लुकाएर तस्करी गर्नेहरू अहिले यो तरिकामा अभ्यस्त भएका छन् । दैनिक जसो यस्ता लागूऔषध तस्कर पक्राउ पर्न थालेका छन् । भारतमा प्रतिबन्धित नगरिएका तर नेपालमा…

Read More

लागुअौषध तस्करी बर्सेनि बढ्दो क्रममा

लागुअौषध तस्करी बर्सेनि बढ्दो क्रममा

त्रिवर्षीय तथ्यांकका आधारमा जिल्लामा हरेक वर्ष अवैध लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता र पक्राउ परेका मानिसको संख्या बढ्ने क्रममा देखिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको आर्थिक वर्ष ०७२⁄०७३, ०७३⁄०७४ र गएको आर्थिक वर्ष ०७४⁄०७५ को तथ्यांकबाट मुद्दा दर्ता हुने र मानिस पक्राउ पर्ने क्रम बढिरहेको देखिएको हो। अवैध लागुऔषध ओसार पसार र प्रयोगमा जति कडाइ गरिए पनि त्यसको प्रयोग र ओसार पसार गर्नेको संख्या भने प्रत्येक वर्ष बढ्दै जानु झन चिन्ताको विषय बनेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए। पर्सा प्रहरीको तथ्यांकले ओसार पसार र प्रयोग गर्नेको…

Read More

लक्ष्यभन्दा बढी माछा बिक्री

लक्ष्यभन्दा बढी माछा बिक्री

अनिल पोखरेल, सप्तरी । सप्तरीको फत्तेपुर स्थित मत्स्य विकास केन्द्रले लक्ष्य भन्दा बढी माछाका भुरा बिक्री गरेको छ । आर्थिक बर्ष ०७४/७५ मा १ करोड ३५ लाख माछाका भुरा बेच्ने लक्ष्य राखेको केन्द्रले विभिन्न प्रजातीका १ करोड ६० लाख ६४ हजार ७ सय ८९ माछाका भुरा बिक्री गरेको मत्स्य विकास केन्द्रका प्रमुख जगेश्वर यादवले जानकारी गराएका छन् । प्रमुख यादवका अनुसार केन्द्रले लक्ष्यभन्दा २५ लाख ८४ हजार ३ सय ३४ रुपैयाँ बढी आम्दानी गरेको बताए । २०२९ सालमा स्थापना भएको मत्स्य विकास केन्द्रले पूर्वका झापा ,मोरङ, सुनसरी ,सप्तरी, उदयपुर, खोटाङ,…

Read More

प्रधानमन्त्री ओली जनकपुरमा : विरोधमा उत्रेका केही युवा पक्राउ

प्रधानमन्त्री ओली जनकपुरमा : विरोधमा उत्रेका केही युवा पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न शनिबार जनकपुर पुगेका छन् । दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर जनकपुर पुगेका ओलीलाई सभामुख र उपसभामुखले फूलमाला लगाइदिएर स्वागत गरे । प्रधानमन्त्रीको स्वागतमा प्रदेश सभा सदस्यहरु पनि उपस्थित थिए । सम्बोध शुरु गर्नुअघि प्रधानमन्त्री ओलीले प्रदेश २ का मुख्यमन्त्री, सभामुख, उपसभामुख र अन्य वरिष्ठ मन्त्रीबीच छलफल भएको थियो । यो छलफल सम्बोधनको विषयमा केन्द्रित रहेको बुझिएको छ । ओली आउने बाटोमा विरोध प्रदर्शन गर्ने युवा जनकपुरमा पक्राउ परेका छन् । विमानस्थलबाट प्रदेशसभा जाने रुटमा पर्ने श्याम चोक…

Read More

प्रधानमन्त्री ओलीको प्रदेश २ सम्बोधनः संघीयता माथि लगाम लगाउने पहिलो प्रयास

प्रधानमन्त्री ओलीको प्रदेश २ सम्बोधनः संघीयता माथि लगाम लगाउने पहिलो प्रयास

प्रदेश २ का सामाजिक व्यवस्था राज्य मन्त्री सुरेश मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको विरोध गरेका छन् । प्रधानमन्त्री ओलीले प्रदेश सभामा आज सम्बोधन गर्नै कार्यक्रम छ । उनले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेको बताएका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन…

Read More

छिमेकीसँग विवाद भएपछि सुनसरीमा गोली चल्यो

छिमेकीसँग विवाद भएपछि सुनसरीमा गोली चल्यो

सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चलेको छ। मध्यहर्षाही १ मा छिमेकीसँगको विवादपश्चात् गोली चलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। छिमेकीसँगको विवादका क्रममा श्रीकान्त शर्माले गोली चलाएको स्थानीयको भनाइ छ। घटनाको सूचनाका आधारमा प्रहरीले शर्मालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले शर्मालाई दुई राउण्ड गोलीसहित पक्राउ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको संयुक्त टोलीले शर्मालाई एक राउण्ड एसएलआर र एक राउण्ड थ्रिनट थ्री राइफलको गोली सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डियसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए। घटनामा गोली चले नचलेको र थप अनुसन्धान जारी रहेको सुनसरी प्रहरीले जनाएको…

Read More

डेटिङ्मै ३० वर्षीया प्रेमीले गरे प्रेमीकाको हत्या

डेटिङ्मै ३० वर्षीया प्रेमीले गरे प्रेमीकाको हत्या

३० वर्षीया एक प्रेमीले प्रेमीकाको घुम्न गएको बेला विभत्स हत्या गरेका छन् । मोरङको विराटनगर महानगरपालिकाबाट ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्राईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको शुक्रवार विहान १० बजे हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दुवैजना घुम्न भनेर शुक्रबार विहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्राईले आफूसँग रहेको धारिलो हतियार दाउ प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा भट्राईलाई स्थानीय बासिन्दाले घेरा…

Read More

पत्र-पत्रिका वर्गीकरण पुनरावलोकन गर्न माग गर्दै ज्ञापन पत्र

पत्र-पत्रिका वर्गीकरण पुनरावलोकन गर्न माग गर्दै ज्ञापन पत्र

अनिल पनेखरेल, सस्तरी । नेपाल पे्रस युनियन सप्तरीले प्रेस काउन्सिलले सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गाीकरण प्रति आपत्ति जनाउदै तत्काल पुनरावलोकनको गर्न माग गरेको छ । युनियनले बिहिवार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल वास्कोटालाई ज्ञापन पत्र पठाएका छन । प्रेश काउन्सिल नेपालले साउन २४ गते सर्वजनिक गरेको पत्रपत्रिकाको वर्गाीकरणको नतिजाप्रति आपत्ति जनाउँदै युनियनले ज्ञापन पत्र पठाएको पेस युनियन सप्तरीका अध्यक्ष ओम प्रकाश साहले जानकारी दिए । नियमित रुपमा प्रकासन भईरहेका पत्रपत्रिकालाई बर्गीकरणमा घटुवा गरी सोहि ठाउँमा कहिलेकाहीं प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको युनियनले आराप लगाएको…

Read More

नापीका अधिकृत घुससहित पक्राउ

नापीका अधिकृत घुससहित पक्राउ

अखिलेश कुमार यादव, रौतहट । नापी कार्यालयका अधिकृत १४ हजार घुससहित पक्राउ परेका छन् । नापी कार्यालय गौरका अधिकृत धिरेन्द्रलाल घुस रकमसहित पक्राउ परेका हुन् । धिरेन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस वापतको रकम लिँदालिँदै कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । अधिकृत लालले बिहिबार गौर नगरपालिका वडा नम्बर ५ का वडासदस्य विश्वनाथ महतोबाट जग्गाको कित्ताकाट गरेवापत उक्त घुस रकम लिएका थिए । अधिकृत लाललाई आवाश्यक कारवाहीका लागि हेटौंडास्थित अख्तियारको क्षेत्रीय कार्यालय पठाइएको अख्तियारका बेनीमाधव पौडेलले जानकारी दिए ।

Read More

सप्तरीमा चार महिनामा सातवटा बहुविवाहको उजुरी

सप्तरीमा चार महिनामा सातवटा बहुविवाहको उजुरी

अनिल पोखरेल , राजविराज सप्तरीमा चार महिनाको अवधिमा सातवटा बहुविवाहको उजुरी दर्ता भई कारबाही प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चार महिनाको अवधिमा बहुविवाहको उजुरी दर्ता भएका ६ वटा मुद्दा अदालतमा बुझाई सकिएको र पछिल्लो एउटा मुद्दामा दुई जना आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । बहुविवाहको आरोपमा साउन १८ गते गिरफ्तार भएका कञ्चनरुप नपा–१० घोघनपुरका २५ वर्षीय दुखी राम र २३ वर्षीया ममताकुमारी उराउविरूद्ध साउन २० गते उजुरी दर्ता भई अनुसन्धान भइरहेको छ । जनही ३५ हजार रुपियाँ धरौटी बुझाउन…

Read More