‘फोहरलाई मोहर’ बनाउन जुटे नगरपालिका

‘फोहरलाई मोहर’ बनाउन जुटे नगरपालिका

फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका लागि एकजुट भएर अघि बढेका हुन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । कुहिने र नकुहिने फोहरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने उनले बताए । कुहिने फोहर, प्लास्टिकजन्य फोहर, कागज र धातुजन्य फोहर गरी चार भागमा वर्गीकरण गरिने भएको हो । कुहिने फोहरबाट बायोग्यास र प्लाष्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ निकालिने…

Read More

हात्तीको आक्रमणबाट युवकको मृत्यु

हात्तीको आक्रमणबाट युवकको मृत्यु

उदयपुरको बेलका नगरपालिका–३ धौरिटप्पुमा जंगली हात्तीको आक्रमणबाट आज बिहान एक युवकको मृत्यु भएको छ । २–३ वटाको समुहमा आएको हात्तीले घरमै सुतिरहेका ३५ बर्षिय रामकुमार सार्कीलाई च्यापेर मारेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक नविनकुमार सिहले बताए। हात्तीले बिहान साढे ४ बजे घरको टाटी फोरेर उनलाई घरबाट करिब ५० मिटर पर लगेको थियो । हात्तीको समूह कोशी टप्पु वन्यजन्तुु आरक्षणबाट आएको प्रहरिले जनाएको छ ।

Read More

नक्कली नोटसहित दुईजना पक्राउ

नक्कली नोटसहित दुईजना पक्राउ

झापा नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई झापा पहरीले पक्राउ गरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ४० वर्षीय सतिश अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेश अग्रवाललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सतिशको साथबाट ३३ हजार र हितेशको साथबाट १७ हजार नेपाली नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रबक्ता जितेन्द्र कुमार बस्नेतले बताए । पक्राउ परेका दुबै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बस्नेतको भनाई छ । यसैबीच प्रहरीले बिर्तामोड नगरपालिका– ५ स्थित बिनोद भट्टराईको डेराको कोठा अगाडी आगनमा पार्किङ गरी राखेको मे. ९…

Read More

विषादी मिसिएको पानी पिउँदा २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

विषादी मिसिएको पानी पिउँदा २७ विद्यार्थी बिरामी, ४ सिकिस्त

विराटनगरमा विषादी मिसिएको पानी पिउँदा मंगलबार मोरङको जाँतेस्थित एक विद्यालयका २७ विद्यार्थी बिरामी परेका छन् । उनीहरूमध्ये ४ जना सिकिस्त छन् । लेटाङ नगरपालिका–९, जाँतेस्थित श्रीमाध्यमिक विद्यालय परिसरमा रहेको ट्यांकीको पानी पिउँदा विद्यार्थी बिरामी भएका हुन् ।ट्यांकीभित्र भेटिएको विषादी तरकारी र अन्नबालीमा लाग्ने कीरा मार्न प्रयोग हुने विज्ञले बताएका छन् । विषादी कसले मिसायो भन्ने खुलेको छैन । पानी पिएका विद्यार्थीलाई रिंगटा लाग्ने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएको छ ।

Read More

विद्यालयको ट्याङ्कीमा बिषः पानी पिउँदा १६ जना बिरामी

विद्यालयको ट्याङ्कीमा बिषः पानी पिउँदा १६ जना बिरामी

फाइल फोटो उत्तरी मोरङको लेटाङ नगरपालिका ९ जाँतेको एक विद्यालयमा विषाक्त पानी खाँदा १६ विद्यार्थी विरामी परेका छन् । जसमा दुई विद्यार्थीको अस्वस्था गम्भीर रहेको छ । लेटाङको श्रीमाविमा विषादी मिसिएको ट्यांकीको पानी खाँदा गम्भीर बिरामी भएका दुई जनाको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाका अनुसार बिद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्यक्तिले बिष मिसाएको पाइएको छ । विद्यार्थीले धाराको पानी पिएलगत्तै वान्ता गरेपछि उनीहरुलाई उपचारको लागि उर्लावारीस्थित मंगलवारे प्राथमिक केन्द्र लगिएको थियो । बिरामी…

Read More

कारागारबाट दिउँसै भागे कैदी, प्रहरी मुखदर्शक

कारागारबाट दिउँसै भागे कैदी, प्रहरी मुखदर्शक

जिल्ला कारागार झापाबाट एक कैदी फरार भएका छन् । आइतबार दिउँसै ३ बजे एकाएक एकजना कैदी फरार भएका हुन् । कारागार प्रशासन र सुरक्षार्थ परिचालित प्रहरीबीच आवश्यक समन्वय नहुँदा कैदीले भाग्ने मौका पाएका हुन् । साविक जुरोपानी गाविस–९ हालको गौरादह नगरपालिका–८ का २५ वर्षीय उमेश माझी कारागारबाट सबैको अगाडि निस्किए । तर, उनी निस्किएर गएको दृश्य कसैले पनि देखेन । उनका अन्य गतिविधि सिसि क्यामेरामा भेटिए पनि उनी कसरी फरार भए त्यो ‘फुटेज’ भने कारागार प्रशासनसँग पनि छैन । कर्तव्य ज्यान र जबरजस्ती चोरी मुद्दामा माझीलाई अदालतले ३२ असार २०७१…

Read More

जलेश्वर कारागार डुबानमा

जलेश्वर कारागार डुबानमा

भीषण वर्षापछि महोत्तरी, धनुषा र केही दिनदेखि सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । जिल्लामा गएराति भएको मुसलधारे वर्षाको पानीले जलेश्वर कारागार आज बिहान डुबानमा परेको हो । एक सय ६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो कारागार पटकपटक डुबानमा पर्ने गरेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ । कारागारको भित्र कैदीबन्दी…

Read More

डच फायर ट्रयाक्टर अब कटारीमा

डच फायर ट्रयाक्टर अब कटारीमा

अभिमन्यु लामीछाने श्रावण,२८,उदयपुर डच फायर ट्रयाक्टरको सगरमाथा अञ्चलको लागि कटारीमै शो-रूम खुलेको छ।सगरमाथा अञ्चलको लागि आधिकारिक विक्रेता सूर्य एण्ड सूर्य सप्लायर्सले जिम्मा लिएको छ।आइतबार भएको सूर्य एण्ड सूर्य सप्लायर्स प्रालिको कार्यलय समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि कटारी नगरपालिकाको उप-प्रमुख भीम कुमारी राउतले रिबन काटेर शुरू गर्नु भएको थियो। उद्घाटन गर्दै राउतले युवा पुस्ता भनेको देशको मेरूदण्ड हो युवाले नै यसरी अग्रसर भएर अगाडि बढे बेरोजगारी समस्या हल हुने बताउदै सफलता को शुभकामना दिनु भयो। एस.डि. एफ. हेड डीलर प्रमुख मिलिन्द्र देशमुख ले आज डच फायर ट्रयाक्टर विश्वमै नम्बर एक ट्रयाक्टर कम्पनी…

Read More

महानगरपालिकामा बम विस्फोट, ९ जना व्यक्ति नियन्त्रणमा

महानगरपालिकामा बम विस्फोट, ९ जना व्यक्ति नियन्त्रणमा

विराटनगर महानगरपालिकामा बम विस्फोट भएको छ । अज्ञात समुहले महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यक्षेत्र नजिकैको प्यासेजमा आईतवार दिउँसो बम विस्फोट गराउँदा कार्यलयमा सामान्य क्षति पुगेको छ । महानगरपालिकाको मुख्य भवनका झ्यालका सिसा फुटेका छन् भने केही कुर्सी टेबुल, दराजमा क्षति पुगेको छ ।,विष्फोट लगत्तै प्रहरीले सुरक्षाकार्यमा कडाइ अपनाएको छ ।घटनामा जोडिएको आशंकामा प्रहरीले ९ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेको बताएको छन ।

Read More

बम विस्फोट गराएको आशंकामा नौजना पक्राउ

बम विस्फोट गराएको आशंकामा नौजना पक्राउ

विराटनगर आइतबार दिउँसो विराटनगर महानगरपालिका कार्यालयमा बम विस्फोट गराएको आशंका प्रहरीले नौजनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका सबैको नाम गोप्य राखिएको छ। राजनीतिक आवद्धता र विगत गोप्य राखेर अनुसन्धान अगाडि बढाएको मोरङका प्रहरी प्रमुख डीएसपी निशान थापाले जानकारी दिए। केही दिनअघि नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले महानगरसँग चन्दा मागरेको थियो। त्यसकै आधारमा विस्फोटमा नेकपाको संलग्नता रहेको आशंका समेत गरिएको छ। प्रहरीले भने यो विषयमा केही खुलाएको छैन।  बम विस्फोट भएको स्थानमा टिनका टुक्रा र धातु बाहेक अन्य केही कागजात फेला परेको छैन। बम विस्फोटपछि बसेको…

Read More