भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन भएको छ । ९३ वर्षीया बाजपेयीको बिहीवार आज भारतीय समय अनुसार ५ बजेर ५ मिनेटमा निधन भएको भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले जनाएको छ । आज नै भारतीय प्रधानमन्त्री प्रधानमंत्री नरेंद्र मोदी, बीजेपी अध्यक्ष अमित शाह, गृहमंत्री राजनाथ सिंह समेतले उनको स्वस्थ्य अवस्था बारे जानकारी लिएका थिए । अटल बिहारी वाजपेयी डिमेंशिया नामको गंभीर बीमारीबाट ग्रसीत थिए । उनी ९ वर्षदेखि व्हीलचेयर मा थिए । केही साल अघि उनलाई चारत सरकारले भारत रत्नबाट पुरस्कृत गरेको थियो ।

Read More

इक्वेडरमा बस दुर्घटना हुँदा १२ जना कोलम्बियालीको ज्यान गयो

इक्वेडरमा बस दुर्घटना हुँदा १२ जना कोलम्बियालीको ज्यान गयो

इक्वेडरमा एउटा बस दुर्घटना हुँदा १२ जना कोलम्बियाली नागरिकको ज्यान गएको छ । इक्वेडरमा भएको यस दुर्घटनामा परी आफ्ना १२ जना नागरिकको ज्यान गएको कोलम्बिया सरकारले बुधबार जानकारी दिएको छ । त्यस दुर्घटनामा परी कूल १९ व्यक्तिको मृत्यु भएको थियो । मृत्यु हुनेमा १२ जना कोलम्बियाली, चार भेनेजुएली र तीन जना इक्वेडरका नागरिक छन् । यस दुर्घटनाग्रस्त बसमा २३ व्यक्ति सवार रहेका इक्वेडरको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो बसलाई पर्यटकहरु बोक्ने अनुमति नरहेको कोलम्बियाको यातायात मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । उक्त बसमा रहेका दुई जना सवारी…

Read More

भारतीय पूर्व प्रधानमन्त्री बाजपेयी आइसीयुमा

भारतीय पूर्व प्रधानमन्त्री बाजपेयी आइसीयुमा

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। गत ९ सातादेखि अस्पतालमा उपचार गराइरहेका बाजपेयीको स्वास्थ्य गम्भीर बनेको र जीवनरक्षाका लागि उनलाई एम्स अस्पतालको आइसीयुमा भेन्टिलेटरमा राखिएको खबर भारतीय मिडियाहरूले लेखेका छन्। मिर्गौला खराब भएपछि बाजपेयी गत जुन ११ मा अस्पताल भर्ना भएका थिए। उनको पिसाब तथा छातिमा पनि संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एम्स अस्पताल पुगेर बाजपेयीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। उनले त्यहाँ ५० मिनेट बिताएका थिए। सन् १९२४ मा जन्मेका बाजपेयी सन् १९९६ मा १३ दिन र…

Read More

दुई वर्षभित्रै अन्तरिक्षमा मानव पठाउने मोदीको घोषणा

दुई वर्षभित्रै अन्तरिक्षमा मानव पठाउने मोदीको घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको देशले सन् २०२० वा त्योभन्दा अगाडि नै मानवसहितको अन्तरिक्ष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। भारतको ७२ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीस्थित लालकिलाबाट परम्परागत सम्बोधन गर्ने क्रममा उनले महिला वा पुरुष अन्तरिक्षयात्रीले भारतको राष्ट्रिय झन्डा सो अभियानमा साथै लैजाने बताए। यदि उक्त अभियान सफल भए अमेरिका, रुस र चीनपछि मानवसहितको अन्तरिक्ष यात्रा सञ्चालन गर्ने भारत चौथो देश हुनेछ। भारतको अन्तरिक्ष निकायले चन्द्रमा तथा मङ्गल ग्रहको कक्षमा अन्तरिक्षयान पठाइसकेको छ। उसले नियमित रूपमा भू-उपग्रहहरूको प्रक्षेपण समेत गर्दै आएको छ। सो निकायले अन्तरिक्षको जानकारी लिने मात्र होइन…

Read More

पत्नीको हत्या गर्न घरमै हवाईजहाज दुर्घटना

पत्नीको हत्या गर्न घरमै हवाईजहाज दुर्घटना

अमेरिकाको ऊटामा डुएन युड नामका एक व्यक्तिले आफ्नी पत्नीको हत्याका लागि घरमै हवाईजहाज दुर्घटना गराएका छन् । घटनामा यी युवाको पनि ज्यान गएको छ । पत्नी र छोरा घर भित्रै भएर पनि उनीहरु बाँच्न सफल भएका छन् । पुलिसका अनुसार आरोपीले पत्नीलाई कुटपिट गरेका थिए । पुलिसले उनलाई सोमबार घरेलू हिंसाको आरोपमा गिरफ्तार गरेको थियो । यसबाट दु:खी भएका डुएनले पत्नीसँग बदला लिने योजना बनाए । प्रहरीको हिरासतबाट छुटेपछि ती युवाले हवाईजहाज चोरी गरेर आफ्नै घरमा दुर्घटना गराइदिए । पुलिस सार्जेन्ट नोएमी स्यानडोवालका अनुसार डुएन एक व्यावसायिक पाइलट थिए ।…

Read More

मलेसियाले फेरि नेपाली कामदार लैजाने

मलेसियाले फेरि नेपाली कामदार लैजाने

मलेसियाले फेरि नेपालबाट कामदार लैजाने भएको छ । यसबारेको जानकारी यहाँका प्रधानमन्त्री महाथिर मोम्मदले मंगलबार बसेको संसद बैठकमा दिएका हुन् । बंगलादेशसँग सन् २०१६ फेब्रुअरीमा भएजस्तै श्रम सम्झौता गरेर कामदार लैजाने तयारी भइरहेको प्रधानमन्त्री मोहम्मदले जानकारी दिए । बंगलादेशसँग गरिए जस्तै सरकारी तहमा श्रम सम्झौता गरेर पुन: कामदार लैजान थालिने उनले जानकारी दिए । मंगलबार बसेको संसद्को विशेष समितिमा विदेशी कामदारबारे छलफलका क्रममा प्रम महाथिरले यस्तो बताएपछि नेपाली कामदारले चाँडै रोजगारी गर्न मलेसिया जान पाउने भएका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री महाथिरले विगतमा रहँदै आएका सबै स्रोत मुलुकबाट कामदार लिन…

Read More

रेस्टुरेन्टमा भएको विस्फोटमा एकको ज्यान गयो दश घाइते

रेस्टुरेन्टमा भएको विस्फोटमा एकको ज्यान गयो दश घाइते

चीनको एउटा रेस्टुरेन्टमा भएको विस्फोटमा एकको ज्यान गएको छ । सेन्याङ सहरमा भएको घटनामा दश जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजेर ३२ मिनेट विस्फोट भएको हो । घटना स्थलमा उद्धारकर्मीहरूले पुगी घाइते हरेको उद्धार गरेका छन् । विस्फोटका ग्यासको टयाङकी विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Read More

भारतले ७२ औं स्वतन्त्रता दिवस मनाउँदै

भारतले ७२ औं स्वतन्त्रता दिवस मनाउँदै

भारतले आफ्नो ७२ औं स्वतन्त्रता दिवस मनाइरहेको छ। अंग्रेज शासनबाट मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ मा भारतले स्वतन्त्रता दिवस मनाउने गरेको छ। भारत सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको थियो। त्यसपछि नै आधुनिक भारतले स्वतन्त्र राष्ट्रका रुपमा काम गर्न थालेको हो। भारत स्वतन्त्र भएको ७१ वर्ष पूरा भएर ७२ वर्ष लागेको छ। उक्त अवसरका राजधानी दिल्लीमा विशेष समारोह हुँदैछ। स्वतन्त्रता दिवसको अवसरमा हुने विशेष कार्यक्रमका लागि दिल्लीमा ७० हजारभन्दा बढी प्रहरी तथा १० हजारको हाराहारीमा सेना परिचालन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। स्वतन्त्रता दिवसको अवसरमा शुभकामना…

Read More

अफगानिस्तानमा ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण परि ४८ को मृत्यु

अफगानिस्तानमा ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण परि ४८ को मृत्यु

अफगानिस्तानको एक ट्युसन सेन्टरमा आत्मघाती बम आक्रमण भएको छ । राजधानी काबुलमा रहेको एक ट्युसन सेन्टरमा आक्रमण हुँदा ४८ जनाको ज्यान गएको छ भने ६७ जना घाइते भएका छन् ।अफगानी प्रहरीले सिया मुस्लिमको बाहुल्य रहेको काबुलको ट्युसन सेन्टरमा पढाइ चलिरहेका बेला आत्मघाती प्रवेश गरेर विस्फोट गराएको जनाएको छ ।विस्फोटमा परी ज्यान गुमाउनेमा अधिकांश किशोर–किशोरीहरु छन् । उनीहरु विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी कक्षा लिइरहेका थिए ।दुर्घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएका छैनन् । तालिवानले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ ।त्यसैगरी, पूर्वी बागलन प्रान्तमा भएको अर्को छुट्टै आक्रमणमा कम्तीमा ४४…

Read More

पादरी द्वारा चर्चमै यौनहिंसा

पादरी द्वारा चर्चमै  यौनहिंसा

अमेरिकाको पेनसिलभेनियामा क्याथोलिक चर्चमा हुने गरेको यौनहिंसासम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ। पेनसिलभेनियाको सर्वोच्च अदालतले गठन गरेको जुरीले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ। प्रतिवेदनमा यौनहिंसामा संलग्न भएको आरोप लागेका तीन सय भन्दा बढी पादरीको नाम उल्लेख छ। पेनसिलभेनियाका क्याथोलिक चर्चमा पछिल्लो ७० वर्षमा एक हजार भन्दा बढी बालिबालिकामाथि यौनहिंसा भएको विस्तुत जुरीले गरेको अनुसन्धानबाट खुलेको छ। यौनहिंसाका घटनालाई क्याथोलिक चर्चले व्यवस्थित रूपमा ढाकछोप गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्। विश्वभरका क्याथोलिक चर्चमा यौनहिंसा हुने गरेको आरोप रहेको छ। पेनसिलभेनियाको प्रतिवेदन त्यसकै पछिल्लो प्रमाण हो। विस्तृत…

Read More