एनआईसीले ल्यायो मिस्ड कल बैंकिङ्ग सेवा

एनआईसीले ल्यायो मिस्ड कल बैंकिङ्ग सेवा

एन आई सी एशिया बैङ्क लिमिटेडले मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरूमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले यो सेवा सञ्चालनमा ल्याएको बैङक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सेवाको सुरुवात सँगै अब बैङ्कका ग्राहकहरूले ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने मोबाइल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सकिने र मोबाईलनं–९८०१२२७७५५ मा मिस्ड कल…

Read More

एनआईसीकोे एकैसाथ दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा

एनआईसीकोे एकैसाथ दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा

एनआईसी एशिया बैंकले तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा आफ्नो चौधौँ र पन्धौँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन शुक्ला गण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राम चन्द्र भण्डारी र वडा नं. ११ का वडा अध्यक्ष दल बहादुर थापाले संयुक्त रुपमा गरेका हुन ।यसैगरि बैंकले व्यास नगरपालिकाको कलेस्तीमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सोहि नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सतिश चन्द्र न्यौपानेद्वारा गरेका हुन् ।शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण…

Read More

एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको चारपानेमा

एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको चारपानेमा

एन आई सी एशिया बैंकको बिर्तामोड नगरपालिका वडा नं २, चारपाने, झापामा बिर्तामोड नगरपालिकाका मेयर श्री ध्रुव कुमार शिवाकोटीज्यूबाट विधिवत् रुपमा समुद्घाटन भएको छ । बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दामुलुकभर २२५ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू १७६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १५० अर्बपुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब…

Read More

एनआईसी एसियाले पुनः ल्यायो १२ प्रतिशत ब्याज सहितको  निक्षेप योजना

एनआईसी एसियाले पुनः ल्यायो १२ प्रतिशत ब्याज सहितको  निक्षेप योजना

एन आई सी एसिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राखी सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ । धनवर्षा मुद्दती निक्षेप योजना नाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैङ्कले जनाएको छ ।धनबर्षा मुद्दती योजनाबाट बढी भन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहकहरूले लाभ लिन सकुन भन्ने उदेश्यले सञ्चालन गरिएको यो योजना देशभर रहेका एनआई सी एसिया बैङ्कको कुनै पनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने जनाएको छ । एक वर्षको अवधिको लागी खोल्न…

Read More

एनआईसी एसिया बैंककोे शाखा भोक्राहामा

एनआईसी एसिया बैंककोे शाखा भोक्राहामा

सहरी तथा ग्रामीण जिल्लाहरूमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे एनआईसी एसिया बैंकले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा बैंकले आठौ शाखारहित बैंकिङ सेवा जेठ ६ गतेबाट सञ्चालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ सेवाको समुद्घाटन प्रदेश नं २ का प्रदेश सभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले संयुक्त रूपमा गरे । सो शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिको रूपमा मतिबुल राईनलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका…

Read More

पोखराको लेकसाइडमा एनआईसी एशिया बैंकको नयाँ शाखा

पोखराको लेकसाइडमा एनआईसी एशिया बैंकको नयाँ शाखा

३१ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडमा सोमबार उद्घाटन गरिएको छ । शाखाको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सबै स्थानीय तहमा वाणिज्य बै‌ंकको शाखा खोल्ने सरकार र राष्ट्र बंैकको अभियानमा सहभागी भई ३३ वटा शाखा स्थापना गर्ने प्रतिवद्धता जनाएकोमा एनआईसी एशिया बैंकको प्रशंसा गरे । यस बैंकको हालसम्म २१० शाखा कार्यालय, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर, ६ वटा शाखारहित बैंकिङ रहेको छ । बैंकको वासलातको आकार १५८ अर्ब भन्दा बढी पुगिसकेको र ११० अर्ब कर्जा पुुगेको बैंकले जनाएको…

Read More

एनआईसी एशियाले सुरु गर्यो क्यानडा र युएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात

एनआईसी एशियाले सुरु गर्यो क्यानडा र युएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात

एन आई सी एशिया बैंक लिमिटेडले रेमिट वयर पेईमेन्ट ईन्कर्पाेरेशन सँगको सहकार्यमा क्यानडा र युएईबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा रेमिट वयर पेईमेन्ट ईन्कर्पाेरेशन, क्यानडा सँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट  स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।उक्त सम्झौता अनुसार रेमिट वयर पेईमेन्ट ईन्कर्पाेरेशन मार्फत रेमिट वयर पेईमेन्ट ईन्कर्पाेरेशन र युएईबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २०० वटा शाखाहरु तथा ५,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी…

Read More

एन आई सी एशियाले ल्यायो आफ्नो ग्राहकलाई बर्ष भरी छुटैछुटको बहार

एन आई सी एशियाले ल्यायो आफ्नो ग्राहकलाई बर्ष भरी छुटैछुटको बहार

एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ वर्षको उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको सुविधा दिने उद्देश्यका साथ बैंकको आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा÷वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ । २०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० सम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहक महानुभावहरुलाई अत्याधिक लाभ पुग्ने बैंकले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकको ३० वटा भन्दा…

Read More

गैंडाकोटमा एनआईसी एसियाको नयाँ शाखा

गैंडाकोटमा एनआईसी एसियाको नयाँ शाखा

एनआईसी एसिया बैंकले आफ्नो शाखा विस्तारको क्रममा नवलपुर जिल्लाको गैंडाकोटस्थित कांग्रेस चोकमा नयाँ शाखा विस्तार गरेको छ । मंगलबार गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले रिबन काटेर नयाँ शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन ।सो अवसरमा बोल्दै मेयर छत्रराजले स्थानीय कियामा बैंकिङ सेवा नपुगेको अवस्थामा क वर्गको बैंक गैंडाकोट आउनु आर्थिक समृद्धिका लागि नयाँ कोसेढुंगा भएको बताए । अब एनआईसी बैंकका कारण यहाँका व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई सहज पुग्ने विश्वाससमेत व्यक्त गरेका थिए ।बैंकको १७४ औं शाखाका रूपमा कांग्रेसचोकमा एटीएमसहित सेवा औपचारिक रूपमा…

Read More

इलामको गोदकमा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ् सेवा

इलामको गोदकमा एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ् सेवा

एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । सोहि क्रममा बैंकले चौैंथो शाखारहित बैंकिङ्ग सेवा घट्टाबजार, गोदक, इलामबाट संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन इलाम नगरपालिका, वडा नं. १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ । यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधि मार्फत…

Read More