त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश : ६ सय मेगावाट विद्युत् जोडिने

त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश : ६ सय मेगावाट विद्युत् जोडिने

रमेश लम्साल, रामहरि न्यौपाने/काठमाडौँ । रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल, युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडी, नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफरलगायतको उपस्थितिमा आज नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा सवस्टेशनको शिलान्याश गरे । सो सवस्टशेनको लागत ६५ दशमलव २५ मिलियन युरो रहेको छ । सवस्टशेनमा माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी,…

Read More

चार महिनामानै आयल निगमको घाटा पौने चार अर्ब

चार महिनामानै आयल निगमको घाटा पौने चार अर्ब

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र डलर बलियो हुँदा नेपाल आयल निगमले साढे चार महिनाको अवधिमा पौने चार अर्ब रुपैयाँ घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म करिब तीन अर्ब ८२ करोड रुपैयाँ घाटा भएको निगमले जनाएको छ । निगम स्वचालित मूल्य प्रणालीमा गए पनि चाडबाडको मौकामा मूल्य समायोजन हुँदा निरन्तर धेरै घाटा बेहोर्नुपरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।निगमलाई आइओसीबाट नोभेम्बर १६ मा प्राप्त मूल्य अनुसार पनि १५ दिनमा ४१ करोड ४० लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ । डिजेल र मट्टीतेलमामा प्रतिलिटर एक…

Read More

आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा

आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा

आइफोन एक्सएस, एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा पाइने भएका छन् । नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएका एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेशन .ले उक्त फोनहरु नेपालमा सार्वजनिक गर्ने भएको हो । आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक, रेड, एल्लो, कोरल, ब्लु, व्हाइट कलर अप्सनमा आउने नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु –म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले जनाएको छ । त्यसैगरि आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६…

Read More

नेप्सेमा ८ अंकको गिरावट

नेप्सेमा ८ अंकको गिरावट

लगातार तीनदिनदेखि घटिरहेको शेयर कारोबार मंगलबार पनि घटेर नै बन्द भएको छ । सुरुवातमा सामान्य अंकले घटेको बजार अन्तिम १५ मिनेटमा थप चार अंक घटेर बन्द भएको हो। यसदिन शेयर कारोबार मापक सूचक ८.५४ अंकले घटेर ११८१.६६ अंकमा सिमित भएको छ । सेन्सेटिभ सूचक १.९६ अंकले घटेर २५१.०८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ९६ अंकले घटेर २ सय ५१ दशमलव ०८ अंकमा पुगेर बन्द भएको छ । यस दिन कुल १ सय ४५ कम्पनीको ५ लाख ६ हजार ६६९ कित्ता शेयर खरिदबिक्री…

Read More

एडिबीले नेपाललाई ३९ अर्ब ३२ करोड आर्थिक सहायता दिने

एडिबीले नेपाललाई ३९ अर्ब ३२ करोड आर्थिक सहायता दिने

एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो । त्यसैगरी बैंकले एक करोड ५० लाख अमेरिकी डलर अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । अनुदान रकम प्रकोप सहनशील विद्यालय निर्माण परियोजनामा खर्च हुनेछ । विकास सहायतासम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा…

Read More

पूँजीगत खर्च बढाऊ, गैरबजेटरी शीर्षकमा रकम नमाग: अर्थ समिति

पूँजीगत खर्च बढाऊ, गैरबजेटरी शीर्षकमा रकम नमाग: अर्थ समिति

प्रतिनिधिसभा, अर्थ समितिले पूँजीगत खर्च बढाउन तथा गैरबजेटरी शीर्षकमा बजेट माग गर्ने प्रवृत्तिको अन्त्य गर्न विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका नेतृत्वलाई सुझाव दिएको छ । समितिको आजको बैठकमा अर्थ, भौतिकपूर्वाधार तथा यातायात, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपछी विकास मन्त्रालयको चार महीनाको पूँजीगत खर्चको अवस्था र गैरबजेटरी शीर्षकमा माग गरिएको बजेटको आँकडा सुनेपछि समितिले उक्त सुझाव प्रस्तुत गरेको हो । आयोजना कार्यान्वयन अघि बढाउने सन्दर्भमा देखिएका चुनौतीलाई सम्बोधन गर्न कानून, संरचना, ढाँचा, समन्वय, विधि, प्रक्रियामा सुधार गरेर लक्ष्य प्राप्तिका लागि सार्थक प्रयास आवश्यक…

Read More

शेयर बजारः ६ अङ्कले घट्यो

शेयर बजारः ६ अङ्कले घट्यो

धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको सात लाख नौ हजार ३७९ कित्ता शेयर रु २१ करोड २९ लाख १७ हजार २२ मा खरीद बिक्री भएका थिए । कारोबार भएका कूल नौ उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोबारमा…

Read More

रसुवागढी विद्युत् गृहको निर्माण तीब्रगतिमा

रसुवागढी विद्युत् गृहको निर्माण तीब्रगतिमा

भूमिगत संरचनाबाट उत्तरी क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृहको संरचना बनाउने काम धमाधम अगाडि बढेकोे छ । एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत् गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले बताउनुभयो ।रसुवागढी नजिक भोटेकोशीमा बाँधबाँधी तातोपानी नजिक गोसाइँकुण्ड गापा– १ थुमनको भूभागमा १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ बाट रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढेको र समग्र रुपमा काम ७० प्रतिशत…

Read More

अन्ततः पप्पु कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा

अन्ततः पप्पु कन्स्ट्रक्सन कम्पनी कालो सूचीमा

नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कालोसूचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको छ ।आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसकेको भन्दै कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो । पिपिएमओ कार्यालयले आयोजनाको मागबमोजिम कालोसूचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन । सम्झौता गरी हाल काम गरिरहेका आयोजनामा भने कालोसूचीको निर्णयले कनै असर गर्ने छैन । आयोजनाका सिनियर…

Read More

यातायात विभागको मनोमानीमा ट्रायल सेन्टर १० बर्ष भाडामा

यातायात विभागको मनोमानीमा ट्रायल सेन्टर १० बर्ष भाडामा

सवारी दर्ता तथा सवारी चालक अनुमतिपत्र लाईसेन्स दिने काम कानुनअनुसार प्रदेश सरकारको हो । तर, यातायात व्यवस्था विभागले उपत्यकाका केही कार्यलयको ट्रायल सेन्टर १० बर्षका लागि भाडामा लिने प्रक्रिया अघि बढाएको छ । प्रदेश ३ को सरकारले गर्नुपर्ने काम यातायात व्यवस्था विभागले मनोमानी ढंगमा लिजमा लिन लागकेो भिवागका एक अधिकारीले बताए । विभागले यो काम गर्नु सरासर गलत हो, ती अधिकारीले भने, प्रदेश सरकारले गर्ने कामग विभागले त्यति लामो समयका लागि आफैँ गर्न मिल्दैन ।

Read More