बुढानिलकण्ठ नगरपालिकामा सेवाभन्दा सास्ती बढी, मेयर भन्छन कर्मचारीले टेरेनन(भिडियोसहित)

बुढानिलकण्ठ नगरपालिकामा सेवाभन्दा सास्ती बढी, मेयर भन्छन कर्मचारीले टेरेनन(भिडियोसहित)

विनोद देवकोटा, टिभी अन्नपूर्ण ।  संघीयतामा जाँदा प्रशासनिक र संरचनात्मक रुपमा देशले नयाँ प्रणाली अवलम्बन गर्यो । २० वर्षदेखी हुन नसकेको स्थानीय निकायको चुनाव भयो । जनप्रतिनिधी चुनिए । सिंहदरवारका अधिकार गाउँगाउँमा पुगे । तर अपेक्षाकृत रुपमा जनताले सहज र सुलभ रुपमा सिंहदरवारको सेवा पाउनुको साटो कर्मचारी र जनप्रतिनिधीको मनोमानिका कारण झन सास्ती भोग्दै छन । सुशासन र जवाफदेहिता स्थानीय तहमा पटक्कै छैन । कर्मचारीको पुरानै मानसिकता र कुहिरोका कागजस्तै जनप्रतिनिधीका कारण संघीयता तातो दुध निल्नु न ओकल्नुको त्रासमा छ सरकार । देशको दुरदराजका कुरा छाडौं केन्द्रीय राजधानी काठमाण्डौभित्रै स्थानीय…

Read More

ओलीजी घोडा चढ्नुभयो तर हाँक्न सक्नुभएन यसले जनतालाई निराश बनायो: पशुपति शमशेर(भिडियोसहित)

ओलीजी घोडा चढ्नुभयो तर हाँक्न सक्नुभएन यसले जनतालाई निराश बनायो: पशुपति शमशेर(भिडियोसहित)

हामीले एउटा सुत्र बनाएका छौ राजतन्त्रवादी  र गणतन्त्रको बिचबाट जाने । यहि नै तीन राप्रपबिचको मिलनबिन्दु हो । लामो समयदेखि छलफलमा रहेका तीन वटा राप्रपाबीचको एकता तत्कालका लागि टरेको छ । एकता घोषणा गर्ने मिति समेत तय गरिसकेपछिको अवस्थामा उनीहरूको एकता भाँडिएको हो । कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)बीच एकताको तयारी र छलफल चलेको थियो । थापा र जबरा नेतृत्वका दुई राप्रपाबीचको एकता घोषणाको तयारी भइरहँदा अन्तिम समयमा आएर रोकियो । एकता प्रक्रिया अवरुद्ध भएपछि दुवै नेताहरू एक…

Read More

सरकारको कार्यशैलीले जनता निराश छन्, नारामा भन्दा काममा ध्यान दिनुपर्छ: भरत मोहन अधिकारी(भिडियोसहित)

सरकारको कार्यशैलीले जनता निराश छन्, नारामा भन्दा काममा ध्यान दिनुपर्छ: भरत मोहन अधिकारी(भिडियोसहित)

एउटा यस्तो व्यक्तित्व । जसले २००७ सालको परिवर्तन देखे । त्यसपछिका प्रत्येक परिवर्तनमा सक्रिय सहभागी भए । परिवर्तनका अङ्ग बने । २०४७ सालको संविधान निर्माण होस या २०७२ को नेपालको संविधान । उनको सक्रियता निरन्तर रह्यो । चार पटकसम्म अर्थमन्त्रीको जिम्मेवारी र एक पटक उपप्रधानमन्त्रीको जिम्मेवारी समेत उनले सम्हाले । यो बिचमा परिवर्तनका लागि उनी भूमिगत, बन्दी जीवन र निर्वासनमा समेत बस्नु पर्यो । उमेरले ८३ पुगेका उनी अहिले पनि नेपाली राजनीतिमै चिन्ता र चासो राख्छन् । तत्कालीन एमालेका प्रभावशाली नेता । मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारको अर्थमन्त्री बनेर…

Read More

तिहारमा मैले टिका लगाइदिने सबै परिवारकै दाजुभाई जस्तो लाग्छः अञ्जली मास्के (भिडियोसहित)

तिहारमा मैले टिका लगाइदिने सबै परिवारकै दाजुभाई जस्तो लाग्छः अञ्जली मास्के (भिडियोसहित)

२० वर्षदेखि दिदीबहिनी नभएका दाजुभाइलाई सामूहिक भाइटिका लगाइँदै आएकी अञ्जली मास्के धर्मकर्ममा विश्वास गर्छिन् । सानै उमेर देखि मानव सेवा तथा धर्ममा आस्था राख्ने मास्के आफ्नो भन्दा अरुकोबारे बढी सोच्ने गर्छिन् । यही ऊर्जा र निस्वार्थ भावनाले हजारौँ दाजुभाइकी प्यारी दिदी वा बहिनीको रूपमा उनलाई धेरैले चिन्छन् । उनका आफ्नै माइती नभएका भने होइनन् । तर चेली नभएका दाजुभाइको निधार खाली नहोस् भनेर सामूहिक भाइटिका लगाउन सुरुवात गरेको उनी बताउँछिन् । नेपालीहरूको दोस्रो ठुलो चार्ड तिहार नजिकिँदै गर्दा यसै विषयमा केन्द्रित रहेर टिभी अन्नपूर्णकर्मी तुल्सी अर्यालले सबैकी दिदी अञ्जली मास्केसँग…

Read More

कार्यान्वयन नहुने सम्झौताको समाचार छपाएर श्रममन्त्री सेलिब्रेटि हुन खोजेः गुरुङ(भिडियो सहित)

कार्यान्वयन नहुने सम्झौताको समाचार छपाएर श्रममन्त्री सेलिब्रेटि हुन खोजेः गुरुङ(भिडियो सहित)

खुट्टामा कहाँनिर बिझाउँछ भन्ने कुरा त जुत्ता लाउने मान्छेलाई थाहा हुन्छ । छलफल त गर्नु पर्यो नि हामीसँग  !   गएको जेठ ३ गतेदेखि बन्द रहेको मलेसियाको श्रम बजार नेपाली श्रमिकहरूका लागि खुल्ला हुने भएको छ । नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौता भएसँगै मलेसिया जाने बाटो खुलेको हो । कामदारको आपूर्ति, रोजगारी र फिर्ता पठाउने सम्बन्धमा सम्झौता उल्लेख गरिएको छ । समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछन् । कामदारलाई लेभी…

Read More

नेपाली कामदार ठगी प्रकरण : मलेशियामा कारबाही, नेपालमा राजनीतिक संरक्षणमा ‘फरार’

नेपाली कामदार ठगी प्रकरण : मलेशियामा कारबाही, नेपालमा राजनीतिक संरक्षणमा ‘फरार’

गरीब नेपाली कामदार ठगिएको मामिलामा मलेशियाले आफ्ना पूर्व गृहमन्त्रीलाई समेत पक्राउ गरेर छानबिन थालेको छ तर नेपालमा भने यो कसुरमा संलग्न कोही अदालतबाट नाम मात्रको धरौटीमा छुटेका छन् भने मुख्य व्यक्तिहरू राजनीतिक संरक्षणमा ‘फरार’ छन् । १ कात्तिकमा मलेशियाको भ्रष्टाचार विरुद्धको आयोग (मलेशियन एन्टी करप्सन कमिसन) ले मलेशियाका पूर्व उप–प्रधानमन्त्री एवम् आन्तरिक मामिला मन्त्री अहमद जाहिद हमिदीलाई पक्राउ ग-यो । पक्राउ गरेको भोलिपल्ट प्रहरीले हमिदीलाई क्वालालम्पुरको उच्च अदालतमा पेश ग-यो । आयोगले हमिदीलाई आन्तरिक मामिला मन्त्री हुँदा ११ करोड ४१ लाख ४६ हजार ७५१ मलेशियन रिंगिट बराबरको रकम अवैधानिक रूपमा…

Read More

ऋणले बाँधिएको गाउँ : दलित र गरीब माथि बँधुवा श्रम यथावत, हलियामाथि बलियाको रजाइँ

ऋणले बाँधिएको गाउँ : दलित र गरीब माथि बँधुवा श्रम यथावत, हलियामाथि बलियाको रजाइँ

बझाङ । थलारा गाउँपालिका वडा नम्बर ६, विस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका नेपालीको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो । त्यसबेला गोपाल ४५ वर्षका थिए । गोपालको मृत्यु भएको दुई वर्षपछि २१ भदौ २०६५ मा सरकारले हलिया–प्रथा अन्त्य भएको घोषणा ग¥यो । यो घोषणासँगै कसैले हलिया राख्न नपाउने, ऋण तिर्न नसकी पुस्तौंदेखि साहुको हलो जोतिरहेका हलियाहरूको सम्पूर्ण ऋण आफैंले तिरिदिने र पूर्व हलियाहरूको पुनस्र्थापनाका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा सरकारले ग¥यो । गोपालको…

Read More

सरकारी कार्यक्रममा चरम बेथिति : पूर्वमन्त्री र जनप्रतिनिधिलाई पनि ‘गरीबी परिचय पत्र’

सरकारी कार्यक्रममा चरम बेथिति : पूर्वमन्त्री र जनप्रतिनिधिलाई पनि ‘गरीबी परिचय पत्र’

सुविधा पाइने लालचले पूर्वमन्त्री, जनप्रतिनिधि र प्रधानाध्यापक लगायत समाजका हुनेखानेहरू पनि ‘गरीब हुँ’ भनेर परिचय पत्र लिन अघिसरेका छन् । बाजुरा, बझङ लगायत २५ जिल्लामा वितरण गर्न ठिक्क पारिएको ‘गरीब घरपरिवार पहिचान परिचय पत्र’ को कथा । गरीबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न गरीब घरपरिवार पहिचान र परिचय पत्र वितरण गर्ने सरकारी कार्यक्रम अहिले कार्यान्वयनको प्रारम्भिक चरणमा छ । कार्यक्रम अनुसार, घरको छानो, जग र गारोदेखि खाना पकाउने इन्धनको प्रकार, घरायसी सुविधाको उपलब्धता, शैक्षिक र सामाजिक अवस्था लगायतका १८ वटा सूचकका आधारमा २५ जिल्लामा गरीब घरपरिवारको पहिचान गरिएको छ ।…

Read More

पानी बोक्ने ट्याङकरका कारण बालाजुमा १५ जनाको मृत्यु (भिडियोसहित)

पानी बोक्ने ट्याङकरका कारण बालाजुमा १५ जनाको मृत्यु (भिडियोसहित)

विमल खड्का/टिभी अन्न्पूर्ण । उपत्यकाको बालाजु गंगाहल आसपासको सडकमा दैनिक ४ देखि ६ वटा सवारी दुर्घटना हुने गरेका छन् । नयाँ बसपार्क त्यसैमा लामो दुरि तथा छोटा दुरीका सवारी साधन गुड्ने व्यस्त सडकमा दैनिक दुर्घटना हुदाँ मानिसले आकालमै ज्यान गुमाउनुपरेको छ । चक्रपथ परिक्रमाको मुख्य सडक गंगाहल क्षेत्र आसपासमा रहेको पानीका उधोगबाट पानी बोक्ने ट्याङकरका कारण दैनिक दुर्घटना हुने गरेको प्रहरी बताउँछ । महानगरीय ट्राफिक प्रहरी वृत नयाँबसपार्कका प्रहरी नायव निरिक्षक जे जङ्ग कार्कीका अनुसार पहिलेको भन्दा सडक दुर्घटना बढेको र पानीको ट्याङकरहरुका कारण पनि मानिसले ज्यान गुमाउनुपरेको हो । उनी…

Read More

युवा पुस्ताको बढ्दो ‘हुक्का’ मोह, असरबारे अनविज्ञ (भिडियोसहित)

युवा पुस्ताको बढ्दो ‘हुक्का’ मोह, असरबारे अनविज्ञ (भिडियोसहित)

आजकल हुक्का युवामाझ निकै लोकप्रिय भएको छ । साथीभाईबीच भेटघाट हुँदा होस् या चाडपर्वको बेला, कलिलो उमेरका युवा युवती बार तथा रेस्टुरेन्टमा हुक्का तानिरहेको दृश्य देख्नु खासै नौलोे लाग्दैन । बालबालिका देखि वयस्कसम्मले यसको प्रयोग बढाएपछि यसले विकृतिको रुप लिएको हो । पछिल्लो समय नेपाली समाजमा परिवारको जेष्ठ सदस्यले सुर्ती जन्य पदार्थ प्रयोग गर्ने परम्परा भने घटेको छ तर विभिन्न स्वादमा उपलब्ध हुने हुक्काको प्रयोगमा युवा पुस्ता फस्न थालेका छन् यसले स्वास्थमा पार्ने असरबारे भने उनीहरु बेखबर छन् । चिकित्सक प्रताप नारायण प्रसाद हुक्का चुरोट भन्दा कम खतरनाक नभएको बताउछन्…

Read More