सुनसरीको कालाबन्जरमा ग्लोबल आइएमर्इ बैंकको शाखारहित बैंकिङ सेवा शुरु

सुनसरीको कालाबन्जरमा ग्लोबल आइएमर्इ बैंकको शाखारहित बैंकिङ सेवा शुरु

ग्लोबल आइएमर्इ बैंकले सुनसरीको कालाबन्जरमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। यो बैंकको सयौं शाखारहित बैंकिङ सेवा हो। सुनसरी जिल्ला वराह नगरपालिका- ५मा रहेको कालाबन्जर शाखाको १ सय ५ वर्षिय वृद्धा अनरुपा विष्ट र बैंकका रेमिटेन्स,क्रेडिट कार्ड बिक्री तथा बजार प्रवर्द्धन मिडिया एवं ब्राण्डिङ र शाखारहित बैंकिङ सेवा प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा गरे।बैंकले ०६९ साल असार २० गते वर्दियाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ संचालनमा ल्याएको थियो। शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन । बैंकका अनुसार यो शाखाबाट…

Read More

ग्लोबल आइएमईको  ८५औँ शाखारहित बैकिङ्ग सेवा बैतडीमा

ग्लोबल आइएमईको  ८५औँ शाखारहित बैकिङ्ग सेवा बैतडीमा

ग्लोबल आइएमई बैंकले ज्येष्ठ ९ गतेदेखि बैतडी जिल्लाको सुरेना गाउँपालिका ६, मोतीनगरमा ८५औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १२९ शाखा, ४ एक्सटेन्सन काउण्टर, १३१ एटिएम, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Read More

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच बैंकास्योरेन्स सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच बैंकास्योरेन्स सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्झौता भएको छ । सम्झौता भए पश्चात अब देखि बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न  सक्ने बताएको छ। आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउनु भयो । बैंकका सबै ग्राहकहरुले आफूले सेवा लिईरहेका बैंकको शाखा मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्ने छन्…

Read More

ग्लोबल आइएमई बैंक र आइएफसीबीच कर्जा लेनदेन सम्झौता

ग्लोबल आइएमई बैंक र आइएफसीबीच कर्जा लेनदेन सम्झौता

ग्लोबल आइएमई बैक लि. र विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम आइएफसी बीच कर्जा लेनदेन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपालमा पछिल्लो समयमा देखिएको वित्तिय तरलताको समाधानमा यो सम्झौताले योगदान पु¥याउने लक्ष्यका साथ उक्त सम्झौतामा हस्ताक्षर भएको हो । उक्त कर्जा सापटी सहमती नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लागु हुनेछ । त्यस्तै विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम आइएफसीले ग्लोबल आइएमई बैक लि.लाई ग्लोबल ट्रेड…

Read More

आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने

आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता हुने

आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस’ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता यहि जेष्ठ ६ देखि १२ गतेसम्म हुने आइएमईले जनाएको छ । टेनिस खेलको दिगो विकासमा सहयोग पुगोस् भन्ने मूख्य उद्देश्यका साथ उक्त प्रतियोगिता आयोजना गरिएको आइएमइले बताएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित खेलकुद पत्रकार मंचको सभाहलमा आयोजित पत्रकार भेटघाटका अवसरमा सो कुराको जानकारी दिइएको हो । काठमाडौंस्थित नाउलिङ्ग स्पोर्टस भिल्ला र मण्डीखाटार टेनिस क्लबमा आठ, नौ, दश,…

Read More

ग्लोबल आइएमई बैंकको ५४ औँ शाखारहित बैकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकको ५४ औँ शाखारहित बैकिङ्ग सेवा

ग्लोबल आईएमई बैंकको ५४ औँ शाखारहित बैंकिङ सेवा सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ३, पोखरी बजारमा सुरु भएको छ । सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ३, पोखरी बजारमा सुरु गरिएको सेवाको लागि स्थानिय मनमाया लिम्बुलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको पोखरी बजारका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको वैंकले जनाएको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा स्थानिय स्तरका समाजसेवि, सुरक्षा निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । २०७४…

Read More