लिगका शीर्ष दुई क्लबको दाबी ‘तीन अङ्क जोड्न खेल्छौँ’

लिगका शीर्ष दुई क्लबको दाबी ‘तीन अङ्क जोड्न खेल्छौँ’

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष दुई स्थानमा रहेको क्लबहरू मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबले बिहीबारको खेल आ–आफ्ले जित्ने दाबी गरेको छन् । आज एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’मा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबका प्रशिक्षक सुमन श्रेष्ठ र मेघराज केसीले बिहीबारको खेल आफ्नै टोलीले जित्ने दाबी गरे । लिगको उपाधि दाबेदारका रुपमा हेरिएका यी दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेस सातदोबाटोमा बिहीबार दिउँसो २ बजे हुनेछ । लिगको दोस्रो चरण सकिँदा थ्री स्टार ६ अङ्क जोडेर लिगको शीर्ष स्थानमा छ । मनाङ पनि छ अङ्क…

Read More

पहिलाे टी-२० खेलमा भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित

पहिलाे टी-२० खेलमा भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित

अष्ट्रेलिया भ्रमणमा रहेको भारतलाई पराजित गर्दै अष्ट्रेलियाले ३ खेलको टी-२० सिरिजमा अग्रता लिएको छ । बुधबार भएको पहिलो टी–२० क्रिकेटमा भारत अष्ट्रेलियासँग ४ रनले पराजित भएको छ । अष्ट्रेलियाको व्रिस्बेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले डकवर्थ एण्ड लुइसको नियमका आधारमा भारतलाई एक सय ७४ रनको लक्ष्य दियो ।  उसका लागि ग्लेन म्याक्सवेलले ४६, क्रिस लियनले ३७ तथा स्टोनीसले ३३ रन बनाए । यस्तै आरोन फिन्चले २७ रन थपे । बलिङ तर्फ भारतका कुलदिप यादवले दुई विकेट लिए । जवाफमा भारतले १७ ओभरमा झारीएको खेलमा सात विकेट गुमाउदा एक…

Read More

शहीद स्मारक ‘ए’ डिभिजन लिग: बिहीबारबाट तेस्रो चरणका खेलहरु

शहीद स्मारक ‘ए’ डिभिजन लिग: बिहीबारबाट तेस्रो चरणका खेलहरु

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारबाट तेस्रो चरणका खेलहरु शुरु हुने भएका छन् । तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ । बिहीबार दुई खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ मस्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ । तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको विश्रामपछि पुनः १० गतेदेखि चौथो चरणका खेल शुरु हुनेछन् । दोस्रो चरणका खेल सकिँदासम्म शत प्रतिशत नतिजा निकाल्दै थ्री स्टार शीर्ष स्थानमा…

Read More

छात्रा भलिबलमा इर्खू प्रथम

छात्रा भलिबलमा इर्खू प्रथम

सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाको इर्खूमा भएको जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा इर्खू मावि प्रथम भएको छ । मङ्गलबार भएको फाइनलमा सिद्धीगणेश मावि सानु सिरुबारी दोस्रो र सरस्वती मावि ग्यानथुम तेस्रो भएको छ । प्रथम, द्वितीय, तृतीय हुने टोलीले क्रमशः नगद रु २० हजार, १५ हजार र पाँच हजारसहित पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्लाको १२ टोलीले भाग लिएको उक्त प्रतियोगितामा मङ्सिर १ गतेबाट शुरु भएको वडा नं ८ का वडाध्यक्ष तीर्थबहादुर क्षेष्ठले बताए ।

Read More

विश्वविजेता फ्रान्सद्वारा उरुग्वे पराजित

विश्वविजेता फ्रान्सद्वारा उरुग्वे पराजित

विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि जित हासिल गरेको छ ।बुधबार विहान पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो । फ्रान्सको जितमा ओलिभर जिराउडले गोल गरे ।पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । खेलअवधिभर उरुग्वेले निकै राम्रो प्रदर्शन गरेको थियो ।पहिलो हाफसम्म फ्रान्सलाई बराबरीमा रोकेको उरुग्वेले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५२ औं मिनेटमा जिराउडले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि विश्वविजेता फ्रान्सले १-० गोलले जित हात पारेको हो ।यो…

Read More

तेस्रो लिटिल फ्लावर प्रिमियर लिग: लिटिल फ्लावरलाई उपाधि

तेस्रो लिटिल फ्लावर प्रिमियर लिग: लिटिल फ्लावरलाई उपाधि

सिद्धराज भट्ट/धनगढी । निस्ट कलेज लिटिल फ्लावर प्रिमियर लिगको तेस्रो संस्करणको उपाधि घरेलु टोली लिटिल फ्लावर बोर्डिङ स्कूल धनगढीले जितेको छ । आज भएको फाइनलमा महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीलाई सात विकेटले पराजित गर्दै लिटिल फ्लावरले पहिलो पटक उपाधि जितेको हो । पहिलो पटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कूल धनगढीले उपाधिसँगै रु एक लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र तथा उपविजेता बनेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले रु ५५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । सङ्घीय प्रहरी कार्यालयको खेलमैदानमा आज भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको…

Read More

नेपालले साफ फुटबल आयोजना गर्ने

नेपालले साफ फुटबल आयोजना गर्ने

नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो । दक्षिण एशियाली फुटबल महासङ्घको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यसअघि उक्त प्रतियोगिता श्रीलङ्काले आयोजना गर्ने निर्णय भएकोमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने जनाएपछि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले निर्धारित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको बताइएको छ । यसअघि आगामी पुस २ गतेदेखि श्रीलङ्कामा शुरु हुनेगरी…

Read More

पाकिस्तान सुपर लिगः सन्दिपले कति पारिश्रमिक पाउँदैछन् ?

पाकिस्तान सुपर लिगः सन्दिपले कति पारिश्रमिक पाउँदैछन् ?

काठमाडौं । पाकिस्तान सुपर लिगका लागि सन्दीप लामिछाने ५० हजार डलरमा अनुबन्ध भएका छन् । लामिछानेलाई लाहोर कालान्दर्सले ५० हजार डलरमा आफ्नो टिममा अनुबन्ध गरेको हो । मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपलाई बोली लगाएको हो । सन्दीप लामिछानेसँगै लाहोरको टिममा दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डि भिलियर्स, फखर जमान, मोहम्मद सफिज, यासिर शाह, कार्लोस ब्राथ्वाइट, कोरी एन्डर्सन, एन्टोन डेभ्किच, रहत अली, शाहिन अफ्रिडी, अघा सलमान, सोहिइल अख्तर, हसन खान रहेका छन् । यता, पहिलो पटक पाकिस्तान सुपर लिगको ड्राफमा परेका सोमपाल कामीलाई भने कुनै पनि क्लबले लिएनन् ।

Read More

प्रथम प्रकाश स्मृति कप: काभ्रे र दोलखा विजयी

प्रथम प्रकाश स्मृति कप: काभ्रे र दोलखा विजयी

दोलखामा जारी प्रथम प्रकाश स्मृति कप खुल्ला फुटबल प्रतियोगितामा आज भएका खेलमा काभ्रे जिल्ला फुटबल सङ्घ र दोलखा जिल्ला फुटबल सङ्घ विजयी भएका छन् । काभ्रे र दीपशिखा रामेछापबीच भएको आजको पहिलो खेलमा ३–० गोल अन्तरले काभ्रेले जितेको छ । काभ्रेका लागि टिम क्याप्टेन समीर खड्काले पहिलो हाफको पाँच मिनेटमा एक र दोस्रो हाफको ५३औँ मिनेटमा एक गोल गरी दुई गोल गरेका थिए । खेलको ६८औँ मिनेटमा काभ्रेका रुमन श्रेष्ठले पुनः एक गोल गरेका थिए । आजै भएको दोस्रो खेलमा दोलखा र सानो गौचरण क्लब बीचको खेलमा ४–० गोल अन्तरले…

Read More

शहीद स्मारक ‘ए’ डिभिजन लिग: सशस्त्रको पहिलो जित

शहीद स्मारक ‘ए’ डिभिजन लिग: सशस्त्रको पहिलो जित

सशस्त्र प्रहरीको एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १– ० गोलअन्तरले पराजित गर्दै एपिएफले लिगमा पहिलो जित दर्ता गरेको हो । एपिएफको जितमा प्रविन स्याङतानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपिएफलाई महत्वपूर्ण जित दिलाए । फ्रेन्ड्सले पनि केही गोलका अवसर गुमाएको थियो । खेलमा ‘म्यान अफ दि म्याच’ एपिएफका प्रविन नै चुनिदै रु १० हजार प्राप्त गरे । जितसँगै एपीएफले २ खेलबाट चार अङ्क जोडेको छ…

Read More