दलीय पेसागत संगठन बन्द गरौं या समृद्धिको भाषणबाट भ्रममा नपारौं

दलीय पेसागत संगठन बन्द गरौं या समृद्धिको भाषणबाट भ्रममा नपारौं

दलीय पेसागत संगठन पूर्णरूपमा बन्द नगर्ने हो भने विकासका फाट्टफुट्ट झिल्काहरू देखिए पनि समग्र देशको रूपान्तरणकारी समृद्धि सम्भव छैन त्यो दिन बीबीसी विश्व सेवाको लन्डन मुख्यालयमा हडताल थियो। सो हडताल राष्ट्रिय पत्रकार संघ (न्यासनल युनियन अफ जर्नालिस्टस्) को विश्व सेवा शाखाले कर्मचारी कटौतीको विरोधमा आयोजना गरेको थियो। त्यहाँ त्यस्ता हडताल कहिलेकाहीं हुने गर्छन्– कहिले कर्मचारी कटौतीको विरोधमा, कहिले वार्षिक तलब वृद्धि नपुगेको विरोधमा र कहिले अन्य कुनै विषयमा। तर हरेकपटकको हडताल कर्मचारी र संस्थाको हितसँग जोडिएको हुन्छ, त्यो कहिल्यै पनि राजनीति उत्प्रेरित हुँदैन। त्यहाँ पार्टीगत प्रतिनिधित्व या गुटका आधारमा राष्ट्रिय…

Read More

नयाँ संविधानपछिका जटिलता र समाधानको उपाय

नयाँ संविधानपछिका जटिलता र समाधानको उपाय

हाम्रो संविधानको प्रस्तावना यसै पनि निकै लामो छ, त्यसमा मधेस आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन भनेर थप्दा के बिग्रन्थ्यो ? एकापट्टि हामीलाई गर्व छ– लामो समयपछि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाएका छौँ । अर्कोपट्टि उत्तिकै चिन्ता र आशंका पनि छ– समाजको एउटा ठूलो तप्काले अहिले पनि अन्तरहृदयदेखि यो संविधानको स्वामित्व र अपनत्व ग्रहण गरेको छैन । कानुनी रूपमा मात्रै, शाब्दिक रूपमा मात्रै ती असन्तुष्टिहरू अभिव्यक्त हुँदैनन्, मुखाकृतिबाट, भावावेशबाट, भावुकताबाट पनि ती अभिव्यक्त हुन्छन् । हामीले त्यसलाई बुझ्नुपर्छ । यो संविधान बनाउन संविधानसभाका निम्ति लड्ने अवसर मैले पाएँ । मलाई पनि गर्व छ । कति योगदान गर्न…

Read More

मानिसको जीवन बचाउने व्यक्तिले हडताल गर्नुले मानव अधिकारको संरक्षण हुन्छ र ?

मानिसको जीवन बचाउने व्यक्तिले हडताल गर्नुले मानव अधिकारको संरक्षण हुन्छ र ?

डा. युवराज संग्रौला सभ्य बन्न समाजलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने कानुन आवश्यक हुन्छ। बेलायतमा बेन्थमले भनेका थिए, ‘बेलायती समाजलाई अव्यवस्थाबाट जोगाउने हो भने कानुनमा आमूल सुधार गर्नुपर्छ। त्यसका लागि अलिखित र अनिश्चित कानुनलाई एकीकृत ढंगले संहिताबद्ध गर्नुपर्छ।’ उता फ्रान्समा नेपोलियनले सत्ता हातमा लिँदाको समयमा समाज क्रान्ति-प्रतिक्रान्तिका घटनाबाट विशृंखलित भइसकेको थियो। त्यस अराजक र अनुशासनहीन समाज व्यवस्थित गर्न उनले नागरिक कानुन संहिता निर्माण गरे, जसलाई ‘नेपोलियन कोड’ भनिन्छ। नेपालमा १९१० सालबाट राज्यले विशुद्ध कानुन संहिताद्वारा समाज व्यवस्थापन गर्न थालेको हो। मुलुकी ऐनका रूपमा आएको संहिता २०२० सालमा नयाँ मुलुकी ऐन बन्यो, तर…

Read More

नयाँ मुलुकी ऐनमा पञ्चायतकालिन कानुनको छायाँ देखियो :मोहन विक्रम सिंह

नयाँ मुलुकी ऐनमा पञ्चायतकालिन कानुनको छायाँ देखियो :मोहन विक्रम सिंह

२०७५ भाद्र १ गतेदेखि मुलुकी (संहिता) ऐन लागू भएको छ । सामान्यतः त्यसलाई महत्वपूर्ण कदम मान्न सकिन्छ । तैपनि त्यसमा कैयौँ गम्भीर प्रकारका कमजोरीहरू छन् । मुलुकी ऐनका ती दुवै पक्षहरूबारे ने।क।पा। (मसाल) महामन्त्री मोहन विक्रम सिंहले पछिल्लो पटक लागु भएको मुलुकी ऐनका सवल र कमजोर पक्षलाई यसरी बिश्लेषण गरेका छन । १ . मुलुकी ऐनको भाग १ को प्रारम्भिकमा सार्वजनिक हित विपरित हुने गरी काम गर्न नपाइने सिद्धान्तलाई प्रतिपादन गरिएको छ । कुनै पनि राज्य व्यवस्थाको लागि त्यो सिद्धान्तले अत्यन्त ठूलो महत्व राख्दछ । तर के प्रस्तुत ऐन र…

Read More

मुलुक भन्दा पार्टी बनाउनेमा ओलीको ध्यान

मुलुक भन्दा पार्टी बनाउनेमा ओलीको ध्यान

हृदयेश त्रिपाठी पार्टी निर्माण गर्न मात्रै सबै ऊर्जा खर्च गर्ने हो भने देश निर्माण कसले, कसरी र कहिले गर्ने रु पार्टी निर्माण गर्यौँ भनेर पुलकित र प्रफुल्लित भइरहने हो भने मुलुक निर्माण कसको जिम्मामा छोड्ने ? राज्यको बनोटसँग जोडिएका धेरै मुद्दामध्ये मधेसको मुद्दा एउटा हो । देश हाम्रो हो, राज्य हाम्रो हुन सकेन भन्ने विभिन्न सामाजिक समूह, आदिवासी र अल्पसंख्यक वा राज्यबाट वञ्चित गराइएकाको मनोविज्ञान र सोच, त्यसै प्रकारको राज्यको सोच र व्यवहारले गर्दा मधेसको मुद्दा बलवान् हुँदै गयो । बहुदलीय व्यवस्थाको आन्दोलनमा मधेसले मधेसप्रति हुने दुव्र्यवहार र विभेद अन्त्य…

Read More

सकसमा सङ्घीयता, अमिल्दा सीमारेखाहरू

सकसमा सङ्घीयता, अमिल्दा सीमारेखाहरू

विजय ज्ञवाली १९१८ को दशकतिर फ्रान्सेली दार्शनिक रावर्ट फ्रष्टले भनेका थिए,“मेहनत गर्दा आई पर्ने समस्याको चिन्ताले धेरै मानिस मर्ने गर्दछन्। कारण, संसारमा काम गर्ने मानिस भन्दा चिन्ता लिने मानिस बढी छन् ।“ उनको यो सुझबुझार्थ वाक्यांश अति सान्दर्भिक मान्ने गरिन्छ । गणतान्त्रिक व्यवस्था लागू गरिएको तत्कालीन भियतनाम अमेरिका युद्धताका अमेरिकी साम्राज्य द्वारा गरिएका बमवारिका खाडलहरूमा धेरै भियतनामी बालबच्चाहरू सहजै भासिन थालेपछि भियतनामकै एक उच्च सरकारी अधिकारीले भनेका थिए,“आर्थिक अवस्थामा जर्जर भैसकेको भियतनामले अब तिनै खाल्डा पुर्ने र जनधनको क्षतिपूर्तिको हैसियत पनि राख्न सक्नेछैन“ भन्ने चिन्तासाथ सरकारी सेवाबाट राजीनामा दिएका थिए।…

Read More

यसकारण नेपाल – चीन रेलमार्ग समृद्धिको संवाहक बन्न सक्छ

यसकारण नेपाल – चीन  रेलमार्ग समृद्धिको संवाहक बन्न सक्छ

– शशिधर गौतम  / भौगोलिक रूपमा नेपाल जस्तै अवस्थामा रहेको स्विटजरन्याण्डमा १८४७ मा रेलमार्ग सुरु भएको थियो । तर त्यो रेलमार्ग व्यावहारिक रूपमा उपयोगी हुनका लागि एक सय वर्षभन्दा बढी समय लाग्यो । १९६० को दशकमा आएपछि मात्र स्विटजरल्यान्डको रेलमार्गले गुणात्मक फड्को मार्न पुगेको थियो । आज स्विटजरल्यान्डमा रेलमार्गको सञ्जाल निकै व्यापक बनाइएको छ । रेलमार्गको स्तर उन्नति गर्न स्ीिटजरल्यान्ड सरकारले प्रत्येक वर्षमा करिब एक अरब युरो खर्च गरिरहेको छ । यसले रेलमार्ग अत्यावश्यक तर महङ्गो मार्ग हो भन्ने देखिन्छ । भारतमा इस्ट इन्डिया कम्पनी सरकारको हातमा शासन सत्ता भएको…

Read More

पूँजीवादी अर्थतन्त्रमा आर्थिक बृद्धिको आंकडा रोजगारी बृद्धिसँग जोडेर हेरिन्छ

पूँजीवादी अर्थतन्त्रमा आर्थिक बृद्धिको आंकडा रोजगारी बृद्धिसँग जोडेर  हेरिन्छ

हरि रोका  सामान्य जीवनयापन, जीवनका आवश्यकता परिपूर्ति गर्न र केही बढी आर्थिक आय आर्जन गरी आफ्नो बुढेसकाललाई सुरक्षित गर्ने हेतुले गरिने कुनै पनि कामलाई नेपालीमा ‘रोजगारी’ भनिन्छ । रोजगारीको शब्द आफैँ रोज प्लस गारी, अर्थात् दैनिक गरिने काम वा क्रियाकलाप भन्ने अर्थसँग जोडिएको छ । गाउँमा खेती किसानी गर्नु, शिक्षक हुनु, सरकारी ओहोदा वा पदमा रहनु, उद्योग र उत्पादन कार्यमा सहभागी हुनु, ब्यापार गर्नु, वा होटल वा रेष्ट्रुरेन्टमा काम गर्नु आदि यी सवै कार्य रोजगारीसँग सम्वन्धित छन् । यी सवै कामको उद्देश्य आफ्नो जीवनलाई सन्तुष्टि दिलाउँदै वा प्राप्त गर्दै, अलि…

Read More

आशा, उत्साह र उत्सवलाई केपी ओलीले जब निराशामा बदलिदिए …

आशा, उत्साह र उत्सवलाई  केपी ओलीले जब निराशामा बदलिदिए …

 विनोद देवकोटा , टिभी अन्नपूर्ण । मङ्गलवार साँझ टिभीमा जनतासङ्ग प्रधानमन्त्री कार्यक्रमको पहिलो अङ्क हेर्ने अवसर मिल्यो । कार्यक्रम सञ्चालकले आशा, उत्साह र उत्सवलाई केन्द्रमा राखेर कार्यक्रमको ओपेनिङ गरे । दुई तिहाइ बहुमतको सरकारका शक्तिशाली मानिएका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक टिभी कार्यक्रमको पर्दामा देख्दा अलि अलि आशा मलाई पनि लाग्नु स्वभाविक थियो । तर करिब पौने १ घण्टा भन्दा बढीको कार्यक्रम हेरिसकेपछि उत्साह र उत्सव भने पटक्कै पलाएन । कार्यक्रममा प्रस्तुत विषय र प्रस्तुतिले कतै पनि उत्साह र उमङ्ग दिने कुरै आएन । हुन त एउटा टेलिभिजनको कार्यक्रमले मात्रै सबै कुरा…

Read More

मार्सीवाद ! जिन्दावाद !

मार्सीवाद ! जिन्दावाद !

बिजय ज्ञवाली । मार्सीवाद नझुक्किनुहोला, मार्सीभात होईन, मासुभात पनि होईन, यो हो एक्काईसौं शताव्दीमा नेपाल खण्डमा आफ से आफ प्रतिस्थापित नौलो तर कम्यूनिष्ट जस्तै जस्तै देखिने, सामन्तको गन्ध जस्तै जस्तै आऊने, तर सामन्तवाद भने होईन है, ठ्याक्कै भन्नुभन्दा मार्सीवाद आजकल टोल चौतारो, चियापसल, गल्ली, खेत खलियान जहाँ तँही नयाँ वादको प्रतिस्थापन भएको छ मार्सीवाद त्यसैले आऊनुहोस सवैले एकैस्वरमा भनौं मार्सीवाद जिन्दावाद सानो दुःखले आर्ज्या र साना कष्टले प्रतिस्थापन गर्या होईन मार्सीवादलाई दक्षिणायनकोणवाट हेर्दा राणावाद, राजावाद, कांग्रेसवादसंग गम्सागम्सी गर्दै मार्सीवादसम्मको यात्रा तय गरेको देखिएतापनि यसो उत्तरायणतिरवाट सोंचिल्याऊँदा मार्सीवादसम्मको यात्रा झनै रोमाञ्चक…

Read More