यसबर्ष घट्यो ठुला करदाताले तिर्ने राजश्व

यसबर्ष घट्यो ठुला करदाताले तिर्ने राजश्व

स्थानीय तहमा करको भार बढेको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेका बेला ठुला करदाताको सुचीमा रहेका करदाताले बुझाउने राजस्वमा भने उल्लेख्य कमी आएको छ ।ठुला करदाता कार्यलय मार्फत झण्डै डेढ खर्ब रुपैयाँ राजस्व संकलन भए पनि ठुला करदाताको सुचीमा रहेका प्रमुख १० करदातामध्ये अधिकांशको राजस्व घटेको पाईएको हो ।सरकारले उठाउने राजस्वको ८० प्रतिशत हिस्सा ठुला करदाता कार्यालयमार्फत संकलन हुने गरेको छ । यस कार्यालयमार्फत १२ सयभन्दा बढी करदाताले राजस्व बुझाउने गरेका छन्

Read More

ज्योति रेमिट सेवाका लागि ज्योति विकास बैंक र देव: विकास बैंक बीच सम्झौता

ज्योति रेमिट सेवाका लागि ज्योति विकास बैंक र देव: विकास बैंक बीच सम्झौता

ज्योति विकास बैंक लि. र देव: विकास बैंक लि. बिच रेमिट सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा देव: विकास बैंकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका थिए । ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा देव: विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने ज्योति विकास बैँकका वरिष्ठ प्रबन्धक मदन कुमार महतले जनाएका छन् । उक्त सम्झौतापश्चात देव: विकास बैँकका ५१ वटा शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा…

Read More

केरुङ–काठमाडौँ रेलमार्ग नौ वर्षमा, ९८ प्रतिशत पुल र सुरुङ 

केरुङ–काठमाडौँ रेलमार्ग नौ वर्षमा, ९८ प्रतिशत पुल र सुरुङ 

सरकारले वार्षिक २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ। रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत दुई खर्ब ५७ अर्ब हुने देखिएको छ। सोही आधारमा वार्षिक २८ अर्ब ५५ करोड लगानी गर्नुपर्ने देखिएको हो। चिनियाँ कम्पनीले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिन नेपाली र चिनियाँ अधिकारी छलफलमा जुटेका छन। शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीन प्रस्थान गरेको छ। नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा रसुवागढीदेखि काठमाडौँसम्मको दूरी ७२.२५ किमी…

Read More

साताको पहिलो दिनमा नै नेप्सेमा दोहोरो अंकको गिरावट, दुई ब्रोकर कम्पनी निलम्बन

साताको पहिलो दिनमा नै नेप्सेमा दोहोरो अंकको गिरावट, दुई ब्रोकर कम्पनी निलम्बन

अघिल्लो साता सुधारको संकेत देखिएको शेयर बजार यस साताको शुरुवात खासै सकारात्मक देखिएको छैन । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा कारोबार शुरू भएदेखि नै निरन्तर ओरालो लागेको परिसूचक अन्तत १४ दशमलव शून्य ३ अंकले घट्दै ११९६ दशमलव २९ बिन्दूमा पुगेर कारोबार बन्द भएको छ । यस दिन १६० कम्पनीको ३२ करोड ५२ लाखको सेयर किनबेच भयो। सबै समूहहरु यस दिन झरेका छन्। बैंकिङ ११, होटल २३, विकास बैंक २०, जलविद्युत ११, फायनान्स ५, निर्जीवन बिमा १०३, उत्पादन १८, अन्य ५,…

Read More

हालसम्मकै उच्च अमेरिकी डलरः कुन देशको कति ?

हालसम्मकै उच्च अमेरिकी डलरः कुन देशको कति ?

अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च भएको छ । विगत केही दिनदेखि बढिरहेको डलरको मूल्य आइतबार १ डलरको खरिददर १ सय ११ रुपैंयाँ ९५ पैसा छ भने बिक्रिदर १ सय १२ रुपैयाँ ५५ पैसा कायम भएको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ। युरोपियन युरोको खरिददर १ सय २७ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १ सय २८ रुपैयाँ २४ पैसा कायम भएको छ। पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ४२ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर १ सय ४३ रुपैयाँ १६ पैसा कायम…

Read More

सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रियो

सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रियो

नेपालमा गत आर्थिक वर्ष सात खर्ब ३० अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो परिमाण अघिल्लो आवभन्दा ३५ अर्ब बढी हो। पछिल्ला वर्ष रेमिटेन्स वृद्धिदर घट्दै गए पनि आव २०७४/०७५ मा अघिल्लो आवको तुलनामा केही सुधार आएको छ। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आव २०७३/०७४ मा ४.५१ प्रतिशतले बढेको रेमिटेन्स गत आवमा सुधार भएर ५.०३ प्रतिशत बढेको जानकारी दिए। आवमा २०७२/७३ मा ७.७७ प्रतिशत रेमिटेन्स बढेको थियो। खासगरी भूकम्पयता बाहिर रोजगारीमा जाने कामदारको संख्या घट्दा रेमिटेन्स वृद्धिदर घटेको हो। देशमा लामो समय पश्चात स्थायी सरकार बनेको र देशभित्रै रोजगारीका अवसरहरू खोजिदै…

Read More

आइएमई लाइफ र ग्लोबल आइएमई बीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ र ग्लोबल आइएमई बीच बैंकास्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्लोबल आइएमई बैङ्क लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र ग्लोबल आइएमई बैङ्क का तर्फबाट कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरेको बैक द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौता पश्चात् सर्वसाधारण तथा बैङ्कका ग्राहकहरूले ग्लोबल आइएमई बैङ्कको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनका साथै जीवन बिमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट…

Read More

लक्ष्यभन्दा बढी माछा बिक्री

लक्ष्यभन्दा बढी माछा बिक्री

अनिल पोखरेल, सप्तरी । सप्तरीको फत्तेपुर स्थित मत्स्य विकास केन्द्रले लक्ष्य भन्दा बढी माछाका भुरा बिक्री गरेको छ । आर्थिक बर्ष ०७४/७५ मा १ करोड ३५ लाख माछाका भुरा बेच्ने लक्ष्य राखेको केन्द्रले विभिन्न प्रजातीका १ करोड ६० लाख ६४ हजार ७ सय ८९ माछाका भुरा बिक्री गरेको मत्स्य विकास केन्द्रका प्रमुख जगेश्वर यादवले जानकारी गराएका छन् । प्रमुख यादवका अनुसार केन्द्रले लक्ष्यभन्दा २५ लाख ८४ हजार ३ सय ३४ रुपैयाँ बढी आम्दानी गरेको बताए । २०२९ सालमा स्थापना भएको मत्स्य विकास केन्द्रले पूर्वका झापा ,मोरङ, सुनसरी ,सप्तरी, उदयपुर, खोटाङ,…

Read More

आयल निगमको मासिक घाटा ५० करोड

आयल निगमको मासिक घाटा ५० करोड

नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन ९आईओसी० ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ । गत ३० असारमा आईओसीले पठाएको मूल्य सूचीमा पनि निगमको घाटा २५ करोड रुपियाँ नै थियो । नयाँ मूल्यसूची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य सावितकै मूल्य राखेकाले निगमको घाटा…

Read More

सेयर बजारमा सुधारको संकेतः कारोबारमा वृद्दी भएपछि लगानीकर्ता हर्षित

सेयर बजारमा सुधारको संकेतः कारोबारमा वृद्दी भएपछि लगानीकर्ता हर्षित

यो साता कारोबार रकममा उल्लेख्य सुधार भएको छ । पूँजीबजारमा कारोबारमा वृद्दी भएपछि लगानीकर्ताहरु भने हर्षित भएका छन् । साताभर भएको कारोबार फलदायी बन्न नसके पनि लगानीकर्ताहरुका लागि यो साताको अन्तिम दुई दिनको कारोबारले आशा भने जगाएको छ । लामो समयदेखि ओरालो लागेको बजारमा साताको अन्तिम दुई दिन अर्थात बुधबार र बिहीबार भने उकालो लाग्यो । बुधबार दोहोरो अंकले बढेको नेप्से परिसूचक बिहीबार झिनो अंकले नै भए पनि उकालो लागेपछि लगानीकर्ताहरु हर्षित देखिएका हुन् । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ८५ कम्पनीहरुको कारोबार भएको छ । आइतबारदेखि बिहीबारसम्म…

Read More