मन्त्रालयहरुमा प्रधानमन्त्री कार्यालयको अनलाई मनिटरिङ

मन्त्रालयहरुमा प्रधानमन्त्री कार्यालयको अनलाई मनिटरिङ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद को कार्यालयले मन्त्रालयहरुले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरुले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो । अनलाई मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यलयले सफटवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजनाअनुसार गरेको कामको विवरण अपडेट गर्न भनेको थियो । तर, केही मन्त्रालयलार्य सफट्वेयरमा कसरी प्रगति विवरण अपड्ट गर्ने भन्ने अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यसलाल भुसालले बताए ।

Read More

पानी छोएको भन्दै दलित युवालाई कुटपिटः वडाध्यक्षमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र

पानी छोएको भन्दै दलित युवालाई कुटपिटः वडाध्यक्षमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्र

पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलाई दलित भएर पानी छुने भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए । घटनाको भोलिपल्ट युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलगवामा गएर लिखित उजुर गरे । तर, घटना भएको एक महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै…

Read More

संविधान बनेको तीन वर्षः अब देखि राष्ट्रिय दिवसका रुपमा मनाइने

संविधान बनेको तीन वर्षः अब देखि राष्ट्रिय दिवसका रुपमा मनाइने

संविधान जारी भएको दिन असोज ३ गतेलाई अब ‘राष्ट्रिय दिवस’ का रुपमा मनाइने भएको छ। सरकारले सबै प्रकारका आन्दोलनका उपलव्धी संस्थागत भएको दिनका रुपमा संविधान जारी भएको दिनलाई चित्रित गरेको छ। लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र स्थापना भएका दिनभन्दा भव्य रुपमा बुधबार पहिलो पटक ‘राष्ट्रिय दिवस’ मनाइँदै छ। यसअघि कुनै पनि दिनलाई नेपालको ‘राष्ट्रिय दिवस’ मानिएको थिएन। प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय दिवस’ मनाउने गरी सरकारी कार्यक्रममा पाहुनालाई निमन्त्रणा पठाएका छन्। टुँडिखेलमा भव्य कार्यक्रम राखिएको छ।

Read More

बलात्कार र हत्या अभियुक्त पाँच जनालाई सफाइ

बलात्कार र हत्या अभियुक्त पाँच जनालाई सफाइ

साविकको सुन्दरपुर र हाल सोनमा गाउँपालिका घर भएकी १४ बर्षीया किशोरीलाई अपहरणपछि जबरजस्ती करणी गरी हत्या गरेको अभियोग लागेका पाँच जनालाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएको छ । सुन्दरपुरकी १४ बर्षीया किशोरी सबिताकुमारी राय यादवलाई २०७२ भदौ १२ गतेका दिन अपहरणपछि जबरजस्तीकरणी गरी हत्या गरेको अभियोग लागेका साबिकको सुन्दरपुरका रामजीवन राउत, गौरीशंकर राउत, दशरथ राउत, रामश्रेष्ठ महतो र नवीन महतोलाई महोत्तरी जिल्ला अदालतले अभियोगपत्रमा दाबी गरेअनुसार सबुत नभेटिएको भन्दै सफाइ दिएको हो । जिल्ला अदालत महोत्तरीले न्यायाधीश दण्डपाणि शर्माको इजलासले अभियोग दाबीअनुसार सबुत प्रमाणको अभावका कारण पाँचैजनालाई सफाइ दिएकोहो ।…

Read More

निर्मला हत्या काण्डःअनुसन्धानको दायरमा स्थानीय नेता, जनप्रतिनिधिसँगै प्रहरीकै अधिकारी

निर्मला हत्या काण्डःअनुसन्धानको दायरमा स्थानीय नेता, जनप्रतिनिधिसँगै प्रहरीकै अधिकारी

१३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना पुग्न लाग्दा पनि हत्यामा संग्लन भएकाहरुको पहिचान हुन सकेको छैन । प्रहरी अधिकारीकै मिलेमतो र प्रमाण नष्ट गर्ने कार्यका कारण निर्मला हत्याको कारण खुल्न नसकेको हो । निर्मला हत्याको अनुसन्धानमा गम्भीरता नदेखाएको र लापरवाही गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्टसहित ६ प्रहरी अधिकृत निलम्बनमा परेका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका २ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्त गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी थिइन् । भीमदत्तनगर १८ निम्बुखेडामा रहेको रोशनीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा मृत…

Read More

आजको दिनः राशि अनुसार कस्तो रहनेछ ?

आजको दिनः राशि अनुसार कस्तो रहनेछ ?

राशिफल वि.सं. २०७५ साल असोज ३ गते। बुधबार। संविधान दिवस इश्वी सन् २०१८ सेप्टेम्बर १९ तारिख। नेपाल संवत् ११३८ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, २२:५६ बजेउप्रान्त एकादशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अध्यात्मभाव जागृत हुनाले धर्मकर्म तथा समाजसेवामा प्रवृत्त भइनेछ। परिस्थितिवश रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ। सानो प्रयासले ठूलो काम बन्नेछ। तारिफयोग्य कामले मानसम्मान दिलाउनेछ। आलस्य गर्ने बानीप्रति अलि टीकाटिप्पणी हुन सक्छ, सजग रहनुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)…

Read More

एसिड आक्रमण बढ्दै, फेरि ६ महिने बालकमाथि प्रहार

एसिड आक्रमण बढ्दै, फेरि ६ महिने बालकमाथि प्रहार

अछाममा ६ महिनाका बालकमाथि एसिड प्रहार भएको छ । तुर्माखाद गाउँपालिका ४ चिसिका देवसरा बयकका छोरा मुस्कान बयकमाथि एसिड जस्तै मानिने ुकोरिसिभु केमिकल प्रहार भएको हो । मंगलबार बिहान ११ बजेतिर घरमा सुताइ राखेको अवस्थामा अपरिचित व्यक्तिले बालकको अनुहारमा एसिड फ्याँकेपछि उनको अवस्था गम्भीर छ । “घरमा छोरालाई छोडेको पाँच मिनेट मात्रै भएको थियो। अरु घरमा कोहि थिएन” आमा बयकले भनिन्, “म भैंसीलाई पानी खुवाउँदै थिएँ । छोरा रोएपछी घर आएँ । उसलाई निकै गाह्रो भैसकेको थियो।” श्रीमान् पनि खेतबारीको काममा निस्केको मौकामा छोरामाथी आक्रमण भएको उनको भनाइ छ। घरबाट…

Read More

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना, एकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना, एकको मृत्यु

राजविराज । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राजविराज–सखडा सडकअन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका–२ का ३५ वर्षीय चालक अशोक झाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । राजविराजबाट सखडातर्फ जाँदै गरेको को २५ प ४३८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका झाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका मृत सप्तरीको बिष्णुपुर गाउँपालिका–७ स्थित नहर चोकमा आज एक बालिका मृत अवस्थामा फेला परेको छ । नाम, थर, वतन खुल्न…

Read More

महोत्तरीमा एक व्यक्तिको पाँच लाख लुटियो

महोत्तरीमा एक व्यक्तिको पाँच लाख लुटियो

महोत्तरी । महोत्तरीको गौशालास्थित मरहानदीबाट एक व्यक्ति लुटिएका छन् । मोटरसाइकल चढी गौशालातर्फ आइरहेका समयमा मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट आज दिउँसो अज्ञात समूहले रु ५ लाख लुटेको हो । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार चौधरीलाई नदीमा एक्लो भएको मौका छोपी मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर उनीसँग रहेको रु ५ लाख लुटेर फरार भएको जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए ।

Read More

प्रदेश नं ३ : स्थायी राजधानी तोक्न माग

प्रदेश नं ३ : स्थायी राजधानी तोक्न माग

हेटौँडा । प्रदेश नं ३ को प्रदेशसभा बैठकको विशेष समयमा बोल्ने सदस्यले स्थायी राजधानी आग्रह गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनीहरुले प्रदेशका जनतालाई विकासको पूर्वाधारका साथै आर्थिक समृिद्धतर्फ लैजान आवश्यक भएकाले स्थायी राजधानीको प्रस्ताव बैठकमा ल्याई यथाशीघ्र छलफल गर्न सरकारसँग माग गरेका हुन् । उनीहरुले देशमा बढ्दै गएको बालबालिका, किशोरी र वृद्धालाई बलात्कार गरी हत्या गर्ने आपराधिक घटनालाई अनुसन्धान गरी कानूनी कारवाही हुनुपर्नेमा जोड दिए । अब प्रदेश सरकारले पनि त्यस्तो नराम्रा घटनालाई दोहोरिन नदिन प्रभावकारी ऐन कानून निमार्ण गर्नुपर्नेमा उनीहरुको जोड थियो । आजै बसेको दोस्रो बैठकले सामाजिक…

Read More