फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा नै यथावत, दक्षिण एसियामा तेस्रो

फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा नै यथावत, दक्षिण एसियामा तेस्रो

काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जारी गरेको नयाँ फुटबल वरियतामा नेपाल १ सय ६१ औं स्थानमा नै यथावत रहेको छ । नयाँ वरियताअनुसार दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत ९६ औं स्थानमा र माल्दिभ्स १ सय ५० औं स्थानमा रहेको छ । यस्तै भुटान १ सय ८३ औं, बंगलादेश १ सय ९४ औं, श्रीलंका २ सयौं र पाकिस्तान २ सय १ औं स्थानमा छन् । विश्वकप विजेता फ्रान्स ६ स्थान माथि उक्लँदै शीर्ष स्थानमा पुगेको छ भने जर्मनी १४ स्थान तल झरेर…

Read More

यसपटक विगतको भन्दा धेरै पदक भित्रिने

यसपटक विगतको भन्दा धेरै पदक भित्रिने

राष्ट्रिय खेलकुद परिषद्ले आशन्न एसियाली खेलकुदमा विगतको भन्दा धेरै पदक भित्रिने दाबी गरेको छ । एसियाडबारे जानकारी गराउन राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बुधबार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा सदस्य सचिव केशवकुमार विष्टले विगतको भन्दा यसपटकको तयारी राम्रो भएकाले पदकको संख्यामा बृद्धि हुने दाबी गरे । सदस्य सचिव विष्टले नेपालले मार्सल आर्टमा पदक भित्रिने आँकलन गर्दै पहिलो पटक समावेश प्याराग्लाईडिङबाट पनि पदकको अपेक्षा गरिएको बताए । एसियाडका लागि २९ मध्ये २१ खेलका खेलाडीहरुलाई बैदेशिक प्रशिक्षणमा पठाइएको र उनीहरुको मेहनतले गर्दा पनि नतिजामा सकारात्मक प्रभाव पार्ने समेत जिकिर गरे । सेफ द मिसन…

Read More

नेपालले आज भियतनामको सामना गर्दै

नेपालले आज भियतनामको सामना गर्दै

एशियाली खेलकुद अन्र्तगत पुरुष फुटबलमा नेपालले आफ्नो दोश्रो खेलमा बिहिबार (आज) भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । खेल, ईन्डोनेसियाको जाकार्ता विबावा मुक्ति स्टेडियममा नेपाली समयानुसार साँझ साढे ६ बजे पछि सुरु हुनेछ । उत्कृष्ट तेस्रा टिमले समेत अघिल्लो चरणमा प्रवेश पाउने भएकाले नेपाल आजको खेलमा सुखद नतिजाको खोजीमा  रहनेछ । नेपालले अर्को खेलमा  आइतवार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । भियतनामले पहिलो खेलमा पाकिस्तान विरुद्ध ३ शुन्यको जित हात पारेको थियो । समुह डी मा रहेको नेपाल आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी जापानसँग एक शुन्य गोल अन्तरले पराजित भएको थियो । एशियाली खेलकुदको १८…

Read More

हेर्नुहोस यी ११ खेलाडी परे उत्कृष्ट गोलको नोमिनेसनमा

हेर्नुहोस यी ११ खेलाडी परे उत्कृष्ट गोलको नोमिनेसनमा

काठमाडौं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र डेनमार्कका क्रिष्टियन इरिकसनसहित ११ जना ‘युईएफए गोल अफ दि सिजन’ का लागि नोमिनेसनमा परेका छन् । गएको १२ महिनामा भएका युईएफएका प्रमुख प्रतियोगिताका आधारमा युईएफएका प्राविधिक निरिक्षकहरुले छानेका आधारमा ११ खेलाडीको गोल नोमिनेसनमा परेको हो । रोनाल्डोले रियल मड्रिडबाट च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध हानेको होभरहेड गोल नोमिनेसनमा परेको हो । को को परे नोमिनेसनमा ? – क्रिष्टियानो रोनाल्डो, च्याम्पियन्स लिग क्वाटरफाइनलमा रियल मड्रिडबाट युभेन्टसविरुद्ध गरेको गोल । – लुसी ब्रोन्ज, महिला च्याम्पियन्स लिग सेमिफाइनलमा लायोनबाट म्यानचेस्टर सिटीविरुद्ध गरेको गोल । – ओल्गा कारमोना,…

Read More

एसियाडमा नेपाल जापान संग १-० गोल अन्तरले पराजित

एसियाडमा नेपाल जापान संग १-० गोल अन्तरले पराजित

इन्डोनेसिया जकार्तामा जारी १८ औं संस्करणको एसियन गेम्स एसियाड मा नेपाल जापान संग १-० गोल अन्तरले पराजित भएको छ । पहिलो हाफमा जापानले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो । एसियाको पावर हाउस मानिएको जापान विरुद्ध खासै नेपाल जम्न सकेन ।खेलमा नेपालबाट सिनियर टोलीका तीन खेलाडी मैदान उत्रेका हुन्। जसमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डरहरु रोहित चन्द र बिशाल राईले टिममा रहँदा किरणले नेपालको कप्तानी गरेका हुन्। नेपालले एसियन गेममा जापानसंग तीन पटक प्रतिष्पर्धा गर्दा एकपटकपनि गोल गर्न सकेको छैन्। सन् २०८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल जापानसंग…

Read More

नेपाली फुटबल टोली आज जापानसँग भिड्दै

नेपाली फुटबल टोली आज जापानसँग भिड्दै

इन्डोनेसिया जकार्तामा नेपाली फुटबल टिमले १८ औं संस्करणको एसियन गेम्स एसियाड मा आज आफ्नो पहिलो खेल खेल्दै छ। थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टिमले एसियाको पावरहाउस जापानविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ। नेपाल र जापानबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बाट सुरु हुने छ। एसियाडको औपचारीक उदघाटन भने शनिबारबाट हुने छ। ओलम्पिक टोलीले खेल्न पाउने एसियन गेम्समा नेपालबाट सिनियर टोलीका तीन खेलाडी मैदान उत्रँदै छन्। जसमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डरहरु रोहित चन्द र बिशाल राईले टिममा रहँदा किरणले नेपालको कप्तानी समाल्नेछन्। नेपालले एसियन…

Read More

आइसिसीको र्याङकिङमा तीन जना नेपाली क्रिकेटर

आइसिसीको र्याङकिङमा तीन जना नेपाली क्रिकेटर

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगत्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी र ज्ञानेन्द्र मल्ल परेका छन् । सन्दीप २१७ औँ स्थानमा छन् भने सोमपाल २२९ औँ तथा ज्ञानेन्द्र २३६ औँ बरियतामा छन् । ज्ञानेन्द्र र सोमपालले नेदरल्यान्ड्सविरुद्धको सिरिजमा अर्धशतक प्रहार गरेका थिए । सन्दीपले नेदरल्यान्ड्सविरुद्ध चार विकेट लिएका थिए । साउन दोस्रो साता नेदरल्यान्ड्ससँग पहिलो अन्तर्राष्ट्रि एकदिवसीय प्रतियोगिता खेलेपछि नेपाली खेलाडी आइसिसिको बरियतामा समावेश भएका हुन् । यसअघि यही साउन २३ गते आइसिसिले…

Read More

स्पेनका मिडफिल्डर डेभिड सिल्भाद्वारा सन्यासको घोषणा

स्पेनका मिडफिल्डर डेभिड सिल्भाद्वारा सन्यासको घोषणा

स्पेनिस राष्ट्रिय टिमका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका छन् ।सिल्भाले सामाजिक सञ्जालमार्फत् औपचारिक रुपमा सन्यासको घोषणा गरेका हुन् । हाल इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीमा आवद्ध ३२ वर्षीय सिल्भाले स्पेनिस टिमबाट सन् २०१० मा विश्वकपको ट्रफि जिताउन महत्वपूर्ण योगदान दिएका थिए । यस्तै उनले सन् २००८ र २०१२ मा युरो कप जितेका थिए । सन् २००६ मा राष्ट्रिय टिममा डेब्यू गरेका सिल्भाले १ सय २५ खेल खेल्दै ३५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । यस्तै, गत शनिबार बार्सिलोनाका ३१ वर्षीय सेन्टर ब्याक जेरार्ड पिकले पनि अन्तर्राष्ट्रिय खेलबाट संन्यास…

Read More

साफ यू–१५ महिला फूटबल : नेपाल सेमिफाइलमा

साफ यू–१५ महिला फूटबल : नेपाल सेमिफाइलमा

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलअन्तर्गत आज आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको छ । बंगलादेशसँग पराजित भए पनि नेपालले सेमिफाइनलको यात्रा भने तय गरेको छ । भर्खरै थिम्पुमा सम्पन्न समूहचरणको अन्तिम खेलमा नेपाल पराजित भएको हो । बंगलादेशको जितमा पहिलो हाफको इन्जुरी समय ९४६औँ मिनेट०मा तोहुरा खातुनले गोल गरिन् । त्यस्तै ५१औँ मिनेटमा मारिया मान्डा र ६७औँ मिनेटमा सजिदा खातुनले एक÷एक गोल गर्दै ३–० को अग्रता कायम गर्न सफल भए । त्यसपछि खेलमा गोल हुन सकेन र बंगलादेशले खेल ३–०ले जित्यो । हारका बाबजूद…

Read More

आईसीसीको नयाँ एकदिवसीय वरियतामा नेपाली खेलाडी, को को कतिमा परे हेर्नुहोस्

आईसीसीको नयाँ एकदिवसीय वरियतामा नेपाली खेलाडी, को को कतिमा परे हेर्नुहोस्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बनाएको नयाँ एकदिवसीय वरियतामा नेपाली खेलाडी पनि समावेश भएका छन् ।वरियतामा बलिङमा सन्दीप लामिछाने साथै ब्याटिङमा सोमपाल कामी र ज्ञानेन्द्र मल्ल समावेश भएका छन् । बलिङमा सन्दीप २१७ औं स्थानमा छन् । ब्याटिङमा सोमपाल २२९ औँ र ज्ञानेन्द्र २३६ औं स्थानमा समावेश छन् ।नेदरल्याण्ड्ससँगको एकदिवसीयका आधारमा नेपाली खेलाडीहरुलाई वरियतामा समावेश गरिएको आईसीसीले जनाएको छ ।नेदरल्याण्ड्ससँग दुईवटा मात्रै एकदिवसीय खेल खेलेको नेपाल टिम वरियता अब दुई खेलपछि मात्रै समावेश हुने भएपनि खेलाडीलाई अहिले नै वरियतामा समावेश गरिएको हो ।केही दिनअघि आएको टी ट्वान्टी वरियतामा पनि ब्याटिङमा नेपालका…

Read More